मोदी सिधै जनकपुर आएर, मुक्तिनाथसम्म पुग्ने- यस्तो छ तालिका

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १९, २०७५
|
|
४३ पटक हेरिएको
Shares
मोदी सिधै जनकपुर आएर, मुक्तिनाथसम्म पुग्ने- यस्तो छ तालिका

सारांश

  • जनकपुरधाम – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा वैशाख २८ गते भारतबाट हेलिकोप्टर चढेर सोझै जनकपुर अवतरण गर्ने कार्यतालिका बनेको छ।
  • जनकपुरस्थित जानकी मन्दिर र त्यसपछि मुक्तिनाथ मन्दिरमा पुगेर दर्शनगरी काठमाडौं पुग्ने मोदीको भ्रमण तालिका निर्धारण भएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।
  • मोदी भ्रमणको लागि भइरहेको पूर्व तयारीको स्थलगत अनुगमन गर्न मंगलबार जनकपुर आएका गृहमन्त्री थापाले स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा मोदीको भ्रमण रुटवारे खुलाएका हुन् ।

जनकपुरधाम – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा वैशाख २८ गते भारतबाट हेलिकोप्टर चढेर सोझै जनकपुर अवतरण गर्ने कार्यतालिका बनेको छ।

जनकपुरस्थित जानकी मन्दिर र त्यसपछि मुक्तिनाथ मन्दिरमा पुगेर दर्शनगरी काठमाडौं पुग्ने मोदीको भ्रमण तालिका निर्धारण भएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।
मोदी भ्रमणको लागि भइरहेको पूर्व तयारीको स्थलगत अनुगमन गर्न मंगलबार जनकपुर आएका गृहमन्त्री थापाले स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा मोदीको भ्रमण रुटवारे खुलाएका हुन् । भारत, विहारको राजधानी पटनाबाट हेलिकोप्टर चढेर मोदी जनकपुर आउने कार्यक्रम तय भएको उनले बताए।

‘भारतीय प्रधानमन्त्रीजीले जानकी मन्दिर र मुक्तिनाथ मन्दिरको दर्शन गर्ने योजना पुरानै हो । त्यसबेला केही प्राविधिक कठिनाइको कारण त्यो सम्भव हुन नसकेपछि यतिबेला धार्मिक भ्रमणको रुपमा उहाँको आगमन हुँदैछ’ जिल्ला प्रहरी कार्यालय, धनुषामा सञ्चारकर्मीसँग मन्त्री थापाले भने, ‘यस पटक हुन लागेको मोदीको भ्रमण नितान्त धार्मिक यात्राको रुपमा हुँदैछ।

’प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेपछि दुई देशबीचको सम्बन्ध थप मजबुत भएको सन्देश दिन पनि भारतीय प्रधानमन्त्री मोदीको यो धार्मिक भ्रमण अर्थपूर्ण हुने थापाले विश्वास व्यक्त गरे ।जनकपुरस्थित रंगभूमि मैदान बाह्रविघामा हेलिकोप्टर अवतरणपछि मोदीले त्यहाँबाट करिब आधा किलोमिटर दुरीमा रहेको जानकी मन्दिर पुगेर पूजापाठ गर्नेछन् ।

जानकी मन्दिरबाट पुनः बाह्रविघा मैदानमा फर्केपछि नागरिक अभिनन्दन गरिने र सोही अवसरमा मोदीले सहभागीलाई सम्बोधन गर्ने कार्यतालिका बनाइएको उनले बताए । जनकपुरबाट सोझै मुक्तिनाथ मन्दिर पुग्ने र त्यहाँ पूजापाठ गरिसकेपछि काठमाडौं पुगेर एक रात विश्राम गर्ने मन्त्री थापाले जानकारी दिए।संघीय सरकारको समन्वयमा प्रदेश सरकारले मोदी भ्रमणको सम्पूर्ण तयारी गरिरहेको गृहमन्त्री थापाले बताए।

‘मोदीजीको जनकपुर भ्रमण सम्बन्धी सम्पूर्ण तयारी प्रदेश सरकारले गरिरहेको छ’ थापाले भने, ‘उहाँ (मोदी) जनकपुरहुँदै नेपाल आउन लाग्नु भएकाले स्वागतका लागि हाम्रा प्रधानमन्त्रीजी आफै आउने सम्भावना छ तर यसवारे स्पष्ट कार्यक्रम बनिसकेको छैन ।’ मोदीको यो भ्रमण नेपालको गौरवसँग सरोकार राख्ने बताउँदै उनले उनको सम्मानमा सरकारले भरपुर व्यवस्थापन गर्न लागेको उल्लेख गरे।भ्रमण तयारीको अनुगमनमा आएका थापाले बाह्रविघा मैदान, जानकी मन्दिर र उक्त बाटोको अवस्था बुझेका छन् ।

जानकी मन्दिरमा करिब दश मिनेट पूजापाठ गरेपछि जिल्ला प्रहरी कार्यालयमा पुगेर मातहतका सुरक्षा निकायका प्रमुखहरुलाई सुरक्षा व्यवस्थापनमा गम्भिर हुन निर्देशन दिए । ‘वर्षाको कारण बाह्रविघा मैदानमा पानी जमेको देखियो । निर्माण क्रममा रहेको बाटोघाटोको अवस्था पनि ठीक छैन । यी सबै भौतिक व्यवस्थापनका लागि प्रदेश सरकारलाई आग्रह र सुरक्षाको लागि सुरक्षा प्रमुखहरुलाई निर्देशन गरेको छु’ सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशनपछि उनले सञ्चारकर्मीसँग भने।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तर कोरियाले २ अर्ब डलर चोरेको राष्ट्रसंघको आरोप
उत्तर कोरियाले २ अर्ब डलर चोरेको राष्ट्रसंघको आरोप
गत आवको कामपाको राजस्व दश अर्ब २५ करोड
गत आवको कामपाको राजस्व दश अर्ब २५ करोड
एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु : नवनियुक्त श्रममन्त्री
विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु : नवनियुक्त श्रममन्त्री
भुटानमा पाँच देखि २१ दिनसम्म राष्ट्रव्यापी लकडाउन
भुटानमा पाँच देखि २१ दिनसम्म राष्ट्रव्यापी लकडाउन
Exactly what the Benefits of CBD?
अव एकल पुरुषलाई पनि मासिक भत्ता
अव एकल पुरुषलाई पनि मासिक भत्ता
उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित
उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित
टपरी गाँस्ने प्रतियोगिता
टपरी गाँस्ने प्रतियोगिता
पत्नीको विहे प्रेमीसँग गराउँदै छोरा पनि उपहारमा
पत्नीको विहे प्रेमीसँग गराउँदै छोरा पनि उपहारमा