संघीय संसदका नवनियुक्त सचिवको शपथ

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १९, २०७५
|
३
|
५१ पटक हेरिएको
Shares
संघीय संसदका नवनियुक्त सचिवको शपथ

सारांश

  • काठमाडौं, १९ बैशाख ।
  • संघीय संसदका नवनियुक्त दुई सचिवलाई आज (बुधबार) पद तथा गोपनीयताको शपथ खुवाइएको छ ।
  • संसद सचिवालय सिंहदरबारमा आज एक समारोहको आयोजना गरी प्रतिनिधि सभाको सचिवमा नियुक्त गोपालनाथ योगी र राष्ट्रिय सभाको सचिवमा नियुक्त राजेन्द्र फुँयाललाई पद तथा गोपनीयताको शपथ खुवाइएको हो ।

काठमाडौं, १९ बैशाख । संघीय संसदका नवनियुक्त दुई सचिवलाई आज (बुधबार) पद तथा गोपनीयताको शपथ खुवाइएको छ ।

संसद सचिवालय सिंहदरबारमा आज एक समारोहको आयोजना गरी प्रतिनिधि सभाको सचिवमा नियुक्त गोपालनाथ योगी र राष्ट्रिय सभाको सचिवमा नियुक्त राजेन्द्र फुँयाललाई पद तथा गोपनीयताको शपथ खुवाइएको हो ।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको सचिवमा नियुक्त गोपालनाथ योगीलाई शपथ खुवाएका थिए । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको सचिवमा नियुक्त राजेन्द्र फुँयाललाई शपथ खुवाएका थिए ।

संविधानको धारा १०६ बमोजिम योगीलाई सभामुखको सिफारिसमा र फुँयाललाई राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले क्रमशः प्रतिनिधि सभा र राष्ट्रिय सभाको सचिवमा नियुक्त गरेकी हुन् ।

शपथ ग्रहण समारोहमा सभामुख र अध्यक्षका साथै उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, सत्ता पक्ष तथा विपक्षी दलका प्रमुख सचेतकहरु, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो । सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लका अनुसार नवनियुक्त सचिवद्वय गोपालनाथ योगी र राजेन्द्र फुँयालले आजै कार्यभार सम्हालेका छन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Lekhnath Shivakoti

    Speaker of the house (KB Mahara) looks great in Daura, Suruwal, Coat and Dhaka topi. Please keep it up.

    Comment Author

    Lekhnath Shivakoti

    Speaker of the house (KB Mahara) looks great in Daura, Suruwal, Coat and Dhaka topi. Please keep it up.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?