निर्मला पन्त हत्या प्रकरण: शंकास्पद एसपीका छोरा र मेयरका भतिजामाथि अनुसन्धान

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र ९, २०७५
|
|
३५ पटक हेरिएको
Shares
निर्मला पन्त हत्या प्रकरण: शंकास्पद एसपीका छोरा र मेयरका भतिजामाथि  अनुसन्धान

सारांश

  • काठमाडौं, ९ भदौ ।
  • कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डमा आशंका गरिएका एसपीका छोरा र मेयरका भतिजामाथि पनि अनुसन्धान हुने भएको छ ।
  • कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा र भिमदत्तनगरका नगर प्रमुख सुरेन्द्र विष्टका भतिजालाई पनि अनुसन्धानको दायरामा ल्याउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

काठमाडौं, ९ भदौ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डमा आशंका गरिएका एसपीका छोरा र मेयरका भतिजामाथि पनि अनुसन्धान हुने भएको छ । कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा र भिमदत्तनगरका नगर प्रमुख सुरेन्द्र विष्टका भतिजालाई पनि अनुसन्धानको दायरामा ल्याउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

यो विषयमा प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल भएको स्रोतले जनाएको छ । यसअघि पक्राउ गरेर तारेखमा छाडिएका दुई युवालाई पनि पक्राउ गरेर थप अनुसन्धान गर्न गृहले निर्देशन दिएको छ ।यसैवीच हत्यारालाई तीन हप्तासम्म खोजविन र कारवाही नगरेको आरोप लागेका एसपी, डीएसपी र मुद्दा फाँटका प्रहरीलाई गृहमन्त्रालयले कारवाही गर्ने भएको छ । उनीहरुलाई गरिने कारबाही प्रक्रिया समेत अघि बढाईएको गृह मन्त्रालय स्रोतले जनाएको छ तर उनीहरुलाई के कारबाही हुने भन्ने चाहीँ खुलेको छैन ।

उनीहरुलाई गृह मन्त्रालयमै बोलाएर बयान लिईने भएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?