बार्सिलोनाद्धारा आर्सनल २–१ ले पराजित, स्वारेज नायक

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २०, २०७६
|
|
४८ पटक हेरिएको
Shares
बार्सिलोनाद्धारा आर्सनल २–१ ले पराजित, स्वारेज नायक

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

स्पेनिस जायन्ट बार्सिलोनाले घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा जित निकालेको छ । आइतबार राति नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले इंग्लिस क्लब आर्सनललाई २–१ ले पराजित गरेको हो । प्रि–सिजनको अन्तिम खेलमा आर्सनलले बलियो टिम मैदानमा पठाएको थियो।पहिलो हाफमा पियर एमरिकको गोलबाट आर्सनलले अग्रता लियो । दोस्रो हाफमा बार्सिलोना खेलमा फर्कियो । आर्सनलका एइन्स्ली माइट्ल्याण्ड–निल्सले आत्मघाती गोल गरेपछि खेलमा बार्सिलोना बराबरीको अवस्थामा आयो ।अन्तिम समयमा लुइस स्वारेजले आफ्नो पूर्व क्लबविरुद्ध गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए। बार्सिलोनाका नियमित कप्तान लियोनल मेस्सी भने उक्त खेलमा बेञ्चमै बसेका थिए । एजेन्सीको सहयोगमा

मेस्सीलाई अन्तराष्ट्रिय फुटबलमा प्रतिबन्ध

विश्व प्रसिद्ध अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सीलाई तीन महिनासम्म अन्तराष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ। अर्जेन्टिनाको फुटबल टोलीका कप्तान मेस्सीले हालै सम्पन्न कोपा अमेरिका फुटबल प्रतियोगिता ’भ्रष्ट’ रहेको टिप्पणी गरेका कारण उनीमाथि प्रतिबन्ध लगाइएको हो।

   अर्जे्न्टिनाका र चिलीबीच तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धाका क्रममा रातो कार्ड देखाइएपछि उनले मैदान छोड्नु परेको थियो। बार्सिलोनाबाट खेल्दै आएका ३२ वर्षीय मेस्सीले त्यसपछि प्रतियोगिताको ’कप ब्राजिलका लागि पहिले नै सुरक्षित गरिएको’ टिप्पणी गरेका थिए। प्रतिबन्धसँगै उनलाई दक्षिण अमेरिकी फुटबल सङ्घले ५० हजार अमेरिकी डलर जरिबाना समेत गरेको छ। उक्त निर्णयविरुद्ध अपिल गर्न मेस्सीसँग एक हप्ताको समय छ। प्रतिबन्धका कारण आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेलमा सहभागी हुनबाट उनी वञ्चित हुनेछन्।सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताको छनौट खेल अर्जेन्टिनाले सन् २०२० को मार्च महिनाबाट शुरू गर्दैछ। कोपा अमेरिका प्रतियोगिताको सेमिफाइनलमा ब्राजीलसँग २(० को अन्तरले पराजित भएपछि अर्जेन्टिनाको फुटबल सङ्घले उक्त खेलमा ’रेफ्रिले गम्भीर त्रुटि गरेको’ गुनासो गरेको थियो।

  दक्षिण अमेरिकी फुटबल सङ्घले भने आफ्नो निष्ठामाथि लगाइएको आरोप ’निराधार’ रहेको टिप्पणी गरेको थियो। चिलीका ग्यारी मेडलसँग मेस्सी भिडेपछि खेलको ३७ औ मिनेटमा दुवै जनालाई रातो कार्ड देखाइएको थियो। “हामी यो भ्रष्टाचारको हिस्सा बन्न जरुरी छैन,“ मेस्सीले भनेका थिए।“उनीहरूले हामीमाथि सम्मानको कमी प्रतियोगिताभर देखाउँदै आएका छन्। भ्रष्टाचार र रेफ्रिहरूले दर्शकलाई खेलको आनन्द लिन दिँदैनन्। बिबिसीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?