मोटरसाइकल दुर्घटनामा केन्द्रीय सदस्य शाहीको मृत्यु
सारांश
- काठमाडौं ।
- बाँकेको कोहलपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीकी केन्द्रीय सदस्य गोमा शाहीको मृत्यु भएको छ ।
- कोहलपुरमा शाही चढेको मोटरसाइकललाई बुधबार राति भ्यानले ठक्कर दिएको थियो ।
काठमाडौं । बाँकेको कोहलपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीकी केन्द्रीय सदस्य गोमा शाहीको मृत्यु भएको छ ।
कोहलपुरमा शाही चढेको मोटरसाइकललाई बुधबार राति भ्यानले ठक्कर दिएको थियो । उनी मोटरसाइकलको पछाडि बसेकी थिइन् ।
कोहलपुर विद्युत्रोडमा मोटरसाइकललाई एक भ्यानले ठक्कर दिएपछि घाइते भएकी शाहीको कोहलपुर शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भे१च १६७२ नंको निजी मालवाहक भ्यानले शाही चढेको भे२प ३०२ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक अञ्जिल शाही गम्भीर घाइते भएका छन् । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया