ऊर्जा मन्त्रालयको श्वेतपत्र : अब ‘हरेक नेपाली विद्युतका सेयरधनी’

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २६, २०७५
|
|
५९ पटक हेरिएको
Shares
ऊर्जा मन्त्रालयको श्वेतपत्र : अब ‘हरेक नेपाली विद्युतका सेयरधनी’

सारांश

  • २०७५–२०८५ ऊर्जा तथा जलस्रोत दशक घोषणा- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७५–२०८५ लाई ‘ऊर्जा तथा जलस्रोत दशक’ घोषणा गरेको छ ।
  • मंगलबार श्वेतपत्र सार्वजनिक गर्दै मन्त्रालयले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई प्रभावकारी बनाउन यस्तो घोषणा गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए ।
  • हरेक नेपाली जनतालाई जलविद्युतमा लगानीको अवसर प्रदान ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयर धनी’ कार्यक्रम अभियानको रुपमा सञ्चालन गरिनेछ ।

२०७५–२०८५ ऊर्जा तथा जलस्रोत दशक घोषणा-

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७५–२०८५ लाई ‘ऊर्जा तथा जलस्रोत दशक’ घोषणा गरेको छ । मंगलबार श्वेतपत्र सार्वजनिक गर्दै मन्त्रालयले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई प्रभावकारी बनाउन यस्तो घोषणा गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए ।

हरेक नेपाली जनतालाई जलविद्युतमा लगानीको अवसर प्रदान ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयर धनी’ कार्यक्रम अभियानको रुपमा सञ्चालन गरिनेछ । वैदेशिक रोजगारीमा गएकाहरूलाई सम्बन्धित देशबाटै शेयर आवेदन दिने व्यवस्था गरिनेछ । अपर अरुण, अरुण–४, तल्लो अरुण, किमाथाङ्का अरुण भेरी बबई डाईभर्सन, फुकोट कर्णाली, र तामाकोशी–५ जस्ता नाफामुलक जलविद्युत आयोजनाहरू यसै अभियान अन्तर्गत सञ्चालन गरिने श्वेतपत्रमा उल्लेख छ । प्रदेश सरकार एवम् स्थानीय तहको समेत शेयर रहने गरी हरेक प्रदेशबाट कम्तीमा एउटा मझौला क्षमताको आकर्षक जलविद्युत आयोजनाको निर्माण कार्य अगाडि बढाइने पनि मन्त्री पुनले जानकारी दिए ।

सबै प्रदेशमा जलाशययुक्त आयोजना
श्वेतपत्रले हरेक प्रदेशमा कम्तीमा एउटा जलाशययुक्त आयोजना निर्माण गर्ने बताएको छ । अन्तरजलाधार जल स्थानान्तरणका आयोजनाहरूका सम्बन्धमा नीतिगत व्यवस्था गरी कार्यान्वयन गरिने उल्लेख छ । त्यस्तै, प्रादेशिक सन्तुलन, माग र आपूर्ति, उत्पादन सम्मिश्रण तथा ऊर्जा सुरक्षालाई प्राथमिकता दिइने भएको छ । ठूला जलाशययुक्त र बहुउद्देश्यीय आयोजनाहरूको विकास गर्न सरकारी लगानी मात्र पर्याप्त नहुने भएकाले सहुलियतपूर्ण ऋण तथा साझेदारीलगायत वैकल्पिक लगानीका मोडल कार्यान्वयन गरिनेछ ।

१० वर्षभित्र प्रतिव्यक्ति ऊर्जा खपत १५ सय युनिट
श्वेतपत्रले आगामी १० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत १ हजार ५ सय युनिट (किलोवाट प्रतिघन्टा) पु¥याउने लक्ष्य राखेको छ । त्यस्तै, आगामी ५ वर्षभित्र ७ सय युनिट पु¥याउने भएको छ । यसका लागि घरायसी, सार्वजनिक एवं निजी संस्था, यातायात र औद्योगिक क्षेत्रमा प्रयोग भइरहेका ऊर्जाका अन्य स्रोतलाई विद्युत् ऊर्जाले प्रतिस्थापन गर्ने गरी आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गरिने भएको छ ।

साथै, विद्युत् ऊर्जा बढी खपत गर्ने उद्योग स्थापना एवं विद्युतीय सवारीसाधन सञ्चालन गर्न जोड दिइनेछ । औद्योगिक, व्यापारिक र गार्हस्थ ग्राहकका लागि मौसम र समयअनुसार फरक–फरक विद्युत् महसुल निर्धारण गरिने श्वेतपत्रमा उल्लेख छ ।

ट्रान्समिसन लाइन निर्माण उच्च प्राथमिकतामा
पूर्व–पश्चिम ४०० केभीस्तरको उच्च भोल्टेज प्रसारण लाइन र सोहीस्तरको मध्य–पहाडी तथा नदी बेसिन करिडोर प्रसारण लाइन निर्माण गरिनेछ । दीर्घकालीन विद्युत् प्रसारण र अन्तर्देशीय विद्युत् व्यापारको आवश्यकतालाई समेत लक्षित गरी ७६५ केभीस्तरको उच्च भोल्टेज प्रसारण लाइनको अध्ययन कार्य अघि बढाइने भएको छ ।

३ वर्षभित्र विद्युत्मा आत्मनिर्भर
श्वेतपत्रमा आगामी ३ वर्षभित्र देशलाई विद्युत्मा आत्मनिर्भर बनाउन निर्माणाधीन उत्पादन, प्रसारण तथा वितरण लाइन आयोजनालाई समयभित्र सम्पन्न गरिने उल्लेख छ ।

बूढीगण्डकी प्रतिस्पर्धाबाट निर्माण गरिने
मन्त्रालयले बूढीगण्डकी आयोजना प्रतिस्पर्धामार्फत निर्माण गर्ने भएको छ । त्यसका लागि आगामी आर्थिक वर्ष (०७५/७६)भित्र बोलपत्र प्रक्रिया सुरु गरिने भएको छ । जग्गा अधिग्रहण, पुनर्वास तथा पुनस्र्थापनासम्बन्धी कार्यलाई दु्रत गतिमा अगाडि बढाइने श्वेतपत्रमा उल्लेख छ ।

ठूला सिँचाइ आयोजना ०७८/७९ भित्र सम्पन्न
निर्माणाधीन भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ, बाँध र विद्युत्गृहसहितको संरचना निर्माण कार्य आर्थिक वर्ष ०७८/७९ भित्र सम्पन्न गरिने भएको छ । सुनकोसी–कमला डाइभर्सन तथा सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाहरूको तुलनात्मक अध्ययन एवं विश्लेषण गरी उपयुक्त आयोजनाको आगामी आर्थिक वर्षबाट कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ । आगामी आर्थिक वर्षमा कोसी, गण्डकी तथा कर्णाली नदी हुँदै समुद्रसम्मको जलमार्गको सम्भाव्यता अध्ययन गरिने श्वेतपत्रमा उल्लेख छ ।

१० वर्षमा १५ हजार मेवा विद्युत् उत्पादन
नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र यसका सहायक कम्पनीहरू तथा निजी क्षेत्रबाट समेत गरी आगामी ३ वर्षभित्र ३ हजार मेगावाट, ५ वर्षभित्र ५ हजार मेगावाट विद्युत् उत्पादन गरिने भएको छ । त्यस्तै, १० वर्षभित्र आन्तरिक खपतका लागि १० हजार मेगावाटसहित १५ हजार मेगावाट विद्युत् आयोजनाहरूको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ । आगामी आवमा राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना (४५६ मेगावाट) सम्पन्न गरिने भएको छ ।

ऊर्जा, जलस्रोत र सिँचाइको वर्तमान अवस्था

हाल कुल विद्युत् उत्पादन जडित क्षमता १ हजार ७३ मेगावाटमध्ये नेपाल विद्युत् प्राधिकरणबाट ५६२ मेगावाट र निजी क्षेत्रबाट ५११ मेगावाट रहेको छ । राष्ट्रिय विद्युत् प्रणालीमा उच्चतम माग करिब १ हजार ३०० मेगावाट छ ।

हालसम्म कुल ४ हजार ६ सय ४२ मेगावाट क्षमताका १ सय ७२ वटा आयोजना विद्युत् उत्पादन अनुमतिपत्र जारी भई निर्माणको चरणमा छन् ।

०७४ को अन्तसम्ममा निजी क्षेत्रका विद्युत् प्रवद्र्धक कम्पनीहरू र प्राधिकरणबीच कुल जडित क्षमता ४ हजार १ सय ३८ मेवाबराबरका २ सय ४४ वटा आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भएको छ । जसमध्ये कुल जडित क्षमता ५ सय ११ मेवाबराबरका ७३ वटा आयोजनाबाट व्यापारिक उत्पादन सुरु भई राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा आबद्ध भइसकेका छन् ।

नवीकरणीय ऊर्जाको स्रोतबाट ५५ मेगावाटभन्दा बढी विद्युत् उत्पादन भई हालसम्म ३६ लाखभन्दा बढी घरधुरी नवीकरणीय ऊर्जाबाट लाभान्वित भएका छन् । लघु तथा साना जलविद्युत् र सौर्य विद्युत्को माध्यमबाट देशका करिब १८ प्रतिशत जनतामा विद्युत्को पहुँच पुगेको श्वेतपत्रमा उल्लेख छ ।

विद्युत् प्राधिकरणका ज्यालादारी कर्मचारी आन्दोलनमा
नेपाल विद्युत् प्राधिकरणमा कार्यरत ज्यालादारी कर्मचारीले आन्दोलन सुरु गरेका छन् । देशभरका ज्यालादारी कर्मचारी काठमाडौंमा भेला भएर आन्दोलन थालेका हुन् । १ देखि ३ तहसम्मका कर्मचारीलाई सेवा करारमा लिने निर्णयको विरोध गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । दैनिक ज्यालादारी कर्मचारीलाई म्यादी वा करारमा राख्नुपर्ने, नेपाल विद्युत् प्राधिकरणले नै ज्याला भुक्तानी गर्नुपर्ने, औषधोपचार खर्च तथा बिमाको सुविधा दिनुपर्नेलगायत माग उनीहरूले राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्पले टोक्दा एक महिलाको मृत्यु
मेरै प्रस्तावमा एमालेका तीनजना प्रधानमन्त्री हुनुभएको हो : अध्यक्ष दाहाल
मेरै प्रस्तावमा एमालेका तीनजना प्रधानमन्त्री हुनुभएको हो : अध्यक्ष दाहाल
ट्रेड युनियनको पक्षमा प्रधानमन्त्री ओली
ट्रेड युनियनको पक्षमा प्रधानमन्त्री ओली
‘छाती भरि ब्यथा बोकी’ सार्वजनिक (हेर्नुहोस् भिडियो)
‘छाती भरि ब्यथा बोकी’ सार्वजनिक (हेर्नुहोस् भिडियो)
भिसा पाएपछि आजै अमेरिका जाँदै सन्दीप
भिसा पाएपछि आजै अमेरिका जाँदै सन्दीप
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
सुरु भयो तिहार, काठमाडौमा तिहारको सामाग्री किन्नेको भिडभाड
सुरु भयो तिहार, काठमाडौमा तिहारको सामाग्री किन्नेको भिडभाड
प्रदेश नम्बर २ : १५ स्थानीय तहको नतिजा आउँदा कांग्रेस र एमालेको बराबरी
प्रदेश नम्बर २ : १५ स्थानीय तहको नतिजा आउँदा कांग्रेस र एमालेको बराबरी
लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत
लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत
सरुवा रोगले भन्दा नसर्ने रोगका कारण मृत्यु हुने संख्यामा बृद्धि

तपाईंले छुटाउनुभयो कि?