भाषा आयोग अध्यक्षलाई शङ्खमूलमा औपचारिक बिदाइ
काठमाडौं। नेपाल सरकार मन्त्रीपरिषद्को २०७९ चैत ६ गते (मार्च २०, २०२३) को निर्णयअनुसार भाषा आयोगका अध्यक्षमा नियुक्त भई २०७९ चैत १३ गतेदेखि पदबहाल गरेका अध्यक्षले उमेर सीमा पूरा भएपछि २०८३ वैशाख ९ गते (अप्रिल २२, २०२६) अन्तिम हाजिरी दिएका छन्। उनकाे बिदाइ कार्यक्रम काठमाडौं शङ्खमूलस्थित भाषा आयोगको मुख्य कार्यालयमै विशेष समारोहका बीच सम्पन्न भएको हो।
सो अवसरमा आयोगबाट अन्य निकायमा सरुवा भएका पूर्व निमित्त सचिव डा. लोकबहादुर लोप्चन र उपसचिव कुमार भट्टराईको ‘फेर भेटौँला ’ कार्यक्रम पनि आयोजना गरिएको थियो।
कार्यक्रममा भाषा आयोगका सदस्यहरू कृष्णप्रसाद न्यौपाने, मातृका प्रसाद पोखरेल र डा. पुष्करराज भट्ट; सल्लाहकारद्वय प्रा. डा. रामअवतार यादव र आयोगका पूर्व अध्यक्ष डा. लवदेव अवस्थी, सचिव रमेशप्रसाद मैनाली सहित आयोगका कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अध्यक्षले आफ्नो चार वर्षे कार्यकालमा साथ र सहयोग पुर्याएको भन्दै तत्कालीनदेखि वर्तमानसम्मका नेपाल सरकारका मन्त्रीपरिषद् प्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

