Sunday, May 5
Shadow

यी हुन् माओवादी केन्द्रका चुनावी कमाण्डर !


  • -इ
  • इ+

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले चुनाव केन्द्रीत निर्णय गरेको छ । स्थानीय चुनावपछि फेरि केन्द्रीय समिति बैठक बसेर एमसीसीलगायत बाँकी विषयमा छलफल गर्ने समेत माओवादी केन्द्रले निर्णय गरेको छ ।

पदाधिकारी चयन नगरी सम्पन्न बैठकले सातवटै प्रदेशमा इन्चार्ज तोकेको छ । प्रदेश इन्चार्जको कमाण्डमा प्रदेशभित्रका जिल्ला मिलाएर चुनावी कमाण्ड बनाउने पनि निर्णय गरेको छ ।

बैठकले प्रदेश १ को इन्चार्ज राम कार्की, मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लीलामणि पोखरेललाई इन्चार्जको जिम्मा दिएको छ ।

प्रदेश इन्चार्जकै नेतृत्वमा चुनाव कमाण्ड बनाउने र केन्द्रीय सदस्यलाई त्यसको इन्चार्ज बनाउने निर्णय समेत बैठकले गरेको छ । बैठकमा अध्यक्ष प्रचण्डले ९७ जनालाई केन्द्रीय समितिमा थप गर्ने प्रस्ताव समेत गरेका थिए ।

त्यसैगरी नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेलले एमसीसीबारे राखेको ‘नोट अफ डिसेन्ट’ माथि पनि चुनावपछि बस्ने केन्द्रीय समिति बैठकमै छलफल गर्ने निर्णय बैठकले गरेको छ ।

व्याख्यात्मक घोषणासँगै एमसीसी पास गर्ने पार्टी निर्णयविरुद्ध तीनै नेताले केन्द्रीय कार्यालयमा फरक मत दर्ज गराएका थिए । त्यस्तै नेता नारायणकाजी श्रेष्ठले पनि एमसीसीलाई दिएर सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । यो विषयमा चुनावपछि छलफल  गर्ने र अहिले एमसीसीबारे साँझा धारणा बनाएर जनतामा जाने निर्णय पनि बैठकले गरेको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्