Sunday, May 5
Shadow

विप्लव नेतृत्वकाे नेकपाद्वारा एमसीसीविरुद्ध देशव्यापी विरोध प्रदर्शन


  • -इ
  • इ+

काठमाडौँ । अमेरिकी परियोजना एमसीसीविरुद्ध नेकपाले शुक्रवार देशभर विरोध प्रदर्शन गर्दैछ । अमेरिकी परियोजना एमसीसी सम्झाैतालाइ राष्ट्रघाती भन्दै नेकपाले गत २२ गते विज्ञप्तिमार्फत सार्वजनिक गरिएकाे कार्यक्रम अनुसार देशव्यापी विरोध प्रदर्शन गर्न लागेकाे हाे । घाेषित कार्यक्रम अनुसार  बुधबार देशव्यापी कोणसभा गरिसकेकाे छ । “भाेलिकाे देशव्यापी विरोध प्रदर्शन सशक्त बनाउन देशैभरीका पार्टी सदस्य र समर्थक एवं जनसमुदायलाइ अपिल गर्दछाैं”, सचिवालय सदस्य हेमन्तप्रकाश अाेली सुदर्शनले बताए ।  त्यस्तै २६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने, २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका विरुद्ध बेलुन उडाउने र भदौ २८ गते विरोध प्रदर्शनसहित काठमाडौँमा जनसभा आयोजना गरिनेछ ।

सरकारले यसै साता संसद्‌बाट एमसीसी पारित गर्ने षड्यन्त्र गर्दै राष्ट्रियतामाथि घात र वाक्स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने धम्की दिएपछि देशभक्त र क्रान्तिकारी शक्ति आन्दोलित बनेका छन् ।

यसै सन्दर्भमा नेकपाको अन्तर्राष्ट्रिय विभागले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध गत मंगलबार अपराह्न काठमाडौँमा अन्तरक्रिया आयोजना गरेको थियाे । विभिन्न पार्टीका नेता र विश्लेषकहरूले राष्ट्रघाती एमसीसीविरुद्ध मन्तव्य दिने कार्यक्रम सार्वजनिक गरिएको छ ।

एमसीसीविरुद्ध नेकपा, पार्टीको अन्तर्राष्ट्रिय विभाग र केन्द्रीय जनपरिषद्ले विज्ञप्तिमार्फत आन्दोलन र कार्यक्रमहरू सार्वजनिक गरिसकेका छन् । नेकपाले लामो समयदेखि एमसीसीविरुद्ध देशव्यापी सङ्घर्ष गर्दै र जनचेतना जगाउँदै आएको छ । नेकपाका जनवर्गीय सङ्गठन र मोर्चाहरू लामो समयदेखि एमसीसीविरुद्ध सडकमा आन्दोलित छन् ।

एमसीसीविरुद्ध नेकपाकाे साताव्यापी सङ्घर्षका कार्यक्रम

२३ गते बुधबार देशव्यापी कोणसभा
२५ गते देशव्यापी विरोध प्रदर्शन
२६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने
२७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका विरुद्ध बेलुन उडाउने
२८ गते विरोध प्रदर्शनसहित काठमाडौँमा जनसभा

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्