क्युवामा दुई दिन शोक मनाइने, मृत्यु हुनेको संख्या १०७

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ ६, २०७५
|
|
६७ पटक हेरिएको
Shares
क्युवामा दुई दिन शोक मनाइने, मृत्यु हुनेको संख्या १०७

सारांश

  • क्युवा, ६ जेठ ।
  • क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा परी निधन भएकाहरुको सम्झनामा दुई दिन शोक विदा मनाइने भएको छ ।
  • विमान दुर्घटनामा परी निधन हुने १०७ जनाको सम्झनामा शोेक मनाइने शनिबार सरकारले जनाएको हो ।

क्युवा, ६ जेठ । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा परी निधन भएकाहरुको सम्झनामा दुई दिन शोक विदा मनाइने भएको छ ।
विमान दुर्घटनामा परी निधन हुने १०७ जनाको सम्झनामा शोेक मनाइने शनिबार सरकारले जनाएको हो ।
क्युवाको राष्ट्रिय ध्वजाबहाक कम्पनी ‘क्युवना दे एभियसन’ ले मेक्सिकोको हवाई कम्पनी ग्लोबल एअरसँग भाडामा लिई चलाउँदै आएको करिब ४० वर्ष पूरानो बोइङ ७३७ मा यात्रारत चालकदलका सदस्यसहित ११० जना यात्रारत विमान दुर्घटना हुँदा विमानका १०७ जनाको मृत्यु भएको बताइएको छ । विमानबाट तीन जना महिलालाई सख्त घाइते अवस्थामा उद्धार गरिएको थियो ।

विमान हवानास्थित जोस मार्टी विमानस्थलबाट आन्तरिक उडानमा पूर्वी होलगुइका लागि उडेको केही समयमा दुर्घटनाग्रस्त भएको थियो ।

क्युवाले शनिबार बिहानैदेखि आइतबार मध्यरातसम्म मृतकको सम्झनामा शोक मनाउने घोषणा गरेको, क्युवाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व राष्ट्रपति राहुल क्यास्ट्रोले बताए ।

विमानमा दुई अजेन्टिनी नागरिकसहित पाँचजना विदेशी थिए भने अन्य प्राय सवै क्युवाली नागरिक रहेका थिए । विमान चालक दलका छ जना सदस्य भने मेक्सिकोका नागरिक भएको बताइएको छ । विमानको दुर्घटनाबारे अनुसन्धानका लागि प्राविधिकसहितको टोली बनाई अनुसन्धान शुरु गरिएको राष्ट्रपति दायज केनलले बताए ।
केनल दुर्घटनापछि उद्धार भइरहँदा दुर्घटनास्थलमा पुगेर उद्धार कार्यको प्रत्यक्ष निरीक्षण गनुभएको स्थानीय सञ्चारमाध्यमले देखाएका थिए ।

(https://editorialrm.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान
बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान
१८ बुंदे घोषणा पत्र जारी गर्दै बिमस्टेक शिखर सम्मेलन सम्पन्न
१८ बुंदे घोषणा पत्र जारी गर्दै बिमस्टेक शिखर सम्मेलन सम्पन्न
निर्वाचन विरोधी गतिविधि गर्ने भारतीय  नगरिक पक्राउ !
निर्वाचन विरोधी गतिविधि गर्ने भारतीय नगरिक पक्राउ !
वर्ल्डलिंककाे ठगि धन्दा, पैसा २० एमबीपीएसकाे लिने सेवा एकतिहाइ एमबीपीएस मात्र !
वर्ल्डलिंककाे ठगि धन्दा, पैसा २० एमबीपीएसकाे लिने सेवा एकतिहाइ एमबीपीएस मात्र !
ई–चुरोटले मस्तिष्कका तन्तुलाई नष्ट गर्छ
ई–चुरोटले मस्तिष्कका तन्तुलाई नष्ट गर्छ
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
बालविवाह सम्बन्धी अभिभावकलार्इ तालीम
कोशी प्रदेशको नीति तथा कार्यक्रमः जनताको जलविद्युतदेखि ‘स्वस्थ्य नागरिक’ अभियानसम्म (पूर्णपाठ)
कोशी प्रदेशको नीति तथा कार्यक्रमः जनताको जलविद्युतदेखि ‘स्वस्थ्य नागरिक’ अभियानसम्म (पूर्णपाठ)
पारस खड्काले लिए सन्यास
पारस खड्काले लिए सन्यास
लिम्बूवानको प्रदर्शन,प्रदेश १ को प्रदेशसभा बाहिर धर्ना दिने कार्यक्रम सुरक्षाकर्मी ले हुन् दिएनन
लिम्बूवानको प्रदर्शन,प्रदेश १ को प्रदेशसभा बाहिर धर्ना दिने कार्यक्रम सुरक्षाकर्मी ले हुन् दिएनन

तपाईंले छुटाउनुभयो कि?