मदन भण्डारीको नाममा बन्ने भो राजमार्ग

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ ७, २०७५
|
१
|
५३ पटक हेरिएको
Shares
मदन भण्डारीको नाममा बन्ने भो राजमार्ग

सारांश

  • काठमाडौं, ७ जेठ- तत्कालीन एमालेका महासचिव तथा लोकप्रिय नेता मदन भण्डारीको नाममा राजमार्ग निर्माण हुने भएको छ ।
  • सोमबार बसेको मन्त्रीपरिषदको वैठकले मदन भण्डारी राजमार्ग निर्माणसम्बन्धी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्ताव पारित गरेको छ ।
  • झापाको शान्तिनगरदेखि चतरा–गाईघाट–कटारी–सिन्धुलीमाढी–हेटौँडा–गैँडाकोट–रामपुर– तम्घास–सिमलटारी, प्यूठान, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बट्टचौर–सीमचौर, बिपीनगर, सहजपुर,जोगबुढा र रुपालसम्म पुग्नेगरी १२ सय किलोमिटरको चुरे तथा भित्रीमधेश जोड्ने गरी मदन भण्डारी राजमार्ग निर्माणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो ।

काठमाडौं, ७ जेठ- तत्कालीन एमालेका महासचिव तथा लोकप्रिय नेता मदन भण्डारीको नाममा राजमार्ग निर्माण हुने भएको छ ।

सोमबार बसेको मन्त्रीपरिषदको वैठकले मदन भण्डारी राजमार्ग निर्माणसम्बन्धी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्ताव पारित गरेको छ ।

झापाको शान्तिनगरदेखि चतरा–गाईघाट–कटारी–सिन्धुलीमाढी–हेटौँडा–गैँडाकोट–रामपुर– तम्घास–सिमलटारी, प्यूठान, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बट्टचौर–सीमचौर, बिपीनगर, सहजपुर,जोगबुढा र रुपालसम्म पुग्नेगरी १२ सय किलोमिटरको चुरे तथा भित्रीमधेश जोड्ने गरी मदन भण्डारी राजमार्ग निर्माणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो ।

मदन भण्डारी र अर्का नेता जीवराज आश्रितको २०५० साल जेठ ३ मा सवारी दुर्घटनामा परी निधन भएको थियो ।

त्यसैगरी, वैठकले मुख्यमन्त्री तथा प्रदेश मन्त्रालयका कर्मचारीसम्बन्धी परिमार्जित संगठन संरचना प्रस्ताव पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको सूचना प्रविधि तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kumar Bastola

    सडक निर्माण हुनु गौरबको कुरा हो ।तर मदन आश्रीत दुबैको नामबाट हुनु अझ राम्रो ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विधेयक प्रकृयाबाट गएकोछ, पास हुन्छ : प्रवक्ता बास्कोटा
विधेयक प्रकृयाबाट गएकोछ, पास हुन्छ : प्रवक्ता बास्कोटा
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिदै
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिदै
चाडपर्वसँगै सार्वजनिक यातायातमा निगरानी
चाडपर्वसँगै सार्वजनिक यातायातमा निगरानी
जय नेपाल क्रिकेटकाे उपाधि लालसलाम टाेलीलाइ
जय नेपाल क्रिकेटकाे उपाधि लालसलाम टाेलीलाइ
उपरथी हमाल फोर्स कमान्डरमा नियुक्त
उपरथी हमाल फोर्स कमान्डरमा नियुक्त
हावाहुरी वितण्डा : घाइतेहरु भोकभोकै रात गुजारे, उद्दारका लागि सुरक्षाकर्मी पुगे, अन्नबाली सोत्तर (अपडेट)
हावाहुरी वितण्डा : घाइतेहरु भोकभोकै रात गुजारे, उद्दारका लागि सुरक्षाकर्मी पुगे, अन्नबाली सोत्तर (अपडेट)
आजबाट सुपर लिगः उदघाटन खेलमा काठमाडौं र इलाम आमुन्ने सामुन्ने
आजबाट सुपर लिगः उदघाटन खेलमा काठमाडौं र इलाम आमुन्ने सामुन्ने
दुईतर्फी एयर रुट दिन भारत सहमत
दुईतर्फी एयर रुट दिन भारत सहमत
रकम असुली गरेको आरोपमा दोलखाका सीडीओ काठमाडौं तानिए
रकम असुली गरेको आरोपमा दोलखाका सीडीओ काठमाडौं तानिए
यी हुन्, जीतको दाबेदारी गर्ने तर ५ सय मत पनि नल्याउने उम्मेदवार
यी हुन्, जीतको दाबेदारी गर्ने तर ५ सय मत पनि नल्याउने उम्मेदवार

तपाईंले छुटाउनुभयो कि?