किन?भित्रिए माओवादी केन्द्रका सबै जिल्ला इन्चार्ज राजधानी ‘,,

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण १, २०७४
|
|
५९ पटक हेरिएको
Shares
किन?भित्रिए माओवादी केन्द्रका सबै जिल्ला इन्चार्ज राजधानी ‘,,

सारांश

  • साउन १।
  • नेकपा माओवादी केन्द्रका सबै जिल्ला इन्चार्ज राजधानी भित्रिएका छन् ।
  • सोमबार स्थानीय तहको निर्वाचनको समीक्षा र देशैभरि पार्टी संगठनको अवस्थाबारे छलफल गर्न आयोजना गरिएको बैठकमा भाग लिन सबै जिल्लाका इन्चार्ज र मुख्य नेताहरु राजधानी आएका हुन ।

साउन १। नेकपा माओवादी केन्द्रका सबै जिल्ला इन्चार्ज राजधानी भित्रिएका छन् । सोमबार स्थानीय तहको निर्वाचनको समीक्षा र देशैभरि पार्टी संगठनको अवस्थाबारे छलफल गर्न आयोजना गरिएको बैठकमा भाग लिन सबै जिल्लाका इन्चार्ज र मुख्य नेताहरु राजधानी आएका हुन ।

मतका आधारमा संविधानसभाको दोश्रो निर्वाचन भन्दा बढी मत प्राप्त गरेपनि स्थानीय तहमा तेश्रो भएपछि माओवादीले संगठन र निर्वाचनबारे छलफल गर्न सचिवालयसहितको बिस्तारित बैठक आव्हान गरेको हो ।

बैठकमा सबै जिल्ला इन्चार्जहरुले जिल्लाको अवस्था, चुनावको समिक्षा र भावी दिनमा केन्द्र र स्थानीय तहमा गरिनुपर्ने काम कारवाहीबारे रिपोर्ट गर्ने माओवादी केन्द्रले जनाएको छ ।

यसअघि सम्पन्न सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले जनस्तरमा आफ्ना एजेण्डा स्थापना गर्न नसकेको र संगठनलाई समेत गुणात्मक ढंगल परिचालन गर्न नसकेको निष्कर्ष निकालेको थियो । पार्टीको वर्ग आधार रहेका समुदायबाट संसदीय निर्वाचन जित्न कठीन भएको निष्कर्षसहित उक्त बैठकले जिल्लास्तरबाटै रिपोर्टिङ गर्ने गरी इन्चार्जसहितको बैठक गर्नुपर्ने निर्णय गरेको थियो ।

भोलि साउन २ गतेदेखि पार्टी हेडक्वार्टर पेरिसडाँडामा बस्ने बैठकका लागि सबैजसो जिल्ला इन्चार्जहरुले जिल्लाको रिपोर्ट तयार गरिसकेको पार्टीले जनाएको छ । अध्यक्ष पुष्रपकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राजनीतिक एजेण्डा माओवादीको हुने तर निर्वाचनमा भने माओवादीका पक्षमा जनलहर सिर्जना हुन नसक्नु, पार्टी र संगठन पद्धतीगत ढंगले परिचालन नहुनु, अन्तर्घातको अवस्था, चुनावी अभियान एकीकृत र प्रभावकारी नहुनु, बिरोधीहरुको भ्रम चिर्न र आफ्नै वर्ग आधारको मत समेत जोगाउन नसक्नु जस्ता कतिपय कारणले चुनावमा सोचेजस्तो प्रतिफल प्राप्त नभएको माओवादीको निष्कर्ष रहेको छ ।

भोलिदेखि शुरु हुने बैठकपछि पार्टीले प्रदेश र केन्द्रको निर्वाचन तथा संगठनको रणनीति तय गर्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनको बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई गरे भव्य स्वागत
चितवनको बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई गरे भव्य स्वागत
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?
दुई नम्बर प्रदेशमा माओवादी पहिलो पार्टी बन्छ, भन्छन्- पुष्पकमल दाहाल ‘प्रचण्ड’
दुई नम्बर प्रदेशमा माओवादी पहिलो पार्टी बन्छ, भन्छन्- पुष्पकमल दाहाल ‘प्रचण्ड’
ओम्नी ग्रुपसँगको सम्बन्ध प्रमाणित गर्न गोबिन्द थापाको चुनौती
ओम्नी ग्रुपसँगको सम्बन्ध प्रमाणित गर्न गोबिन्द थापाको चुनौती
भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्व राष्ट्रपतिलाई तीन वर्षको जेल सजाय
भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्व राष्ट्रपतिलाई तीन वर्षको जेल सजाय
असोज १२ गते सोमवारको राशिफल यस्तो छ
असोज १२ गते सोमवारको राशिफल यस्तो छ
राष्ट्रियसभामा एमाले–माओवादीबीच भागवण्डा मिल्यो, एमाले २९ माओवादी १४
राष्ट्रियसभामा एमाले–माओवादीबीच भागवण्डा मिल्यो, एमाले २९ माओवादी १४
छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ
छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ
लुम्बिनी विकास कोषलाई दिएकाे बिजुलि बस साझा यातायातलाइ कसरी?
लुम्बिनी विकास कोषलाई दिएकाे बिजुलि बस साझा यातायातलाइ कसरी?
इमरानकाे शपथ कार्यक्रमबाट नरेद्र मोदी अाउट

तपाईंले छुटाउनुभयो कि?