सरकारको योजनामा प्रमुख बाधक नै मुख्यसचिव ?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ २२, २०७५
|
४
|
५८ पटक हेरिएको
Shares
सरकारको योजनामा प्रमुख बाधक नै मुख्यसचिव ?

सारांश

  • काठमाडौं,  २२ जेठ ।
  • प्रधानमन्त्री केपी शर्मा ओली प्रशासनमा सुधार र समृद्धिको नारा लिएर अघि बढेका छन् ।
  • थोरै भए पनि केही काम भएको छ ।

काठमाडौं,  २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली प्रशासनमा सुधार र समृद्धिको नारा लिएर अघि बढेका छन् ।

थोरै भए पनि केही काम भएको छ । तर, कर्मचारीतन्त्र नै सरकारको योजनामा प्रमुख बाधक हुने देखिएको छ ।

कुनै भिजन र अडान नभएका मुख्यसचिव लोकदर्शन रेग्मीका कारण सरकारले गति लिन नसकेको प्रधानमन्त्री कार्यालयका कर्मचारीहरु बताउँछन् । प्रधानमन्त्रीको अत्याधिक चाकडी गर्ने तर कर्मचारीलाई परिचालन गर्न नसक्ने मुख्यसचिवका कारण पनि सरकारले अपेक्षाअनुसार काम गर्न सकेको छैन ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले रेग्मीलाई मुख्यसचिव बनाएका हुन् । गृहमन्त्रालयमा हुँदा उनी तत्कालीन गृहमन्त्री बिमलेन्द्र निधिलाई समेत बाइपास गरी सिधैं देउवा पत्नी आरजुको निर्देशनमा काम गर्दथे । आइजीपी बढुवा प्रक्रियामा निधि नवराज सिलवालको पक्षमा रहेकोमा रेग्मी सिलवालविरुद्ध लागेका थिए ।

त्यही कारण उनी मुख्यसचिव भए । मुख्यसचिव भए पनि देउवा सरकारका अनाधिकृत निर्णयहरुमा उनले हस्ताक्षर गरे । नयाँ सरकार बनेलगत्तै ती निर्णयहरु गायब बनाए ।

विवादास्पद पृष्ठभूमिका व्यक्ति भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई हटाउने योजना बनाए । तर, रेग्मीले बिहानै, बेलुकी बालुवाटार धाएर अहिलेसम्म मुख्यसचिवमा टिकेका छन् । दृष्टि साप्ताहिकका अनुसार  रेग्मीको चाकडीको शैली देखेर अन्य कर्मचारीहरु समेत चकित छन् । सचिवहरुको बैठकमा रेग्मीले प्रधानमन्त्री ओलीले महान् सोच लिएर अघि बढेको भन्दै प्रशंसा गर्दछन् । कुनै सिर्जनशील काममा मुख्यसचिव रेग्मीको सुझाव हुँदैन । बरु केही सचिवहरुले लिएको सुझावलाई उनले आफन्ै सुझाव जस्तो मानेर प्रधानमन्त्रीलाई सुनाउने गरेका छन् ।

प्रधानमन्त्री ओलीले रेग्मीलाई अझै विश्वास गरिसकेका छैनन् । तर, ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमाल, महासचिव विष्णु पौडेललगायतलाई हात लिएर पद जोगाउन रेग्मी लागिपरेका छन् । तर, रेग्मीलाई मुख्यसचिवमा निरन्तरता दिएमा कर्मचारी प्रशासनमा कुनै सुधार नहुने र त्यसले सरकार नै असफल हुने जोखिम रहेको कुराप्रति प्रधानमन्त्री ओली बेलैमा सचेत हुनुपर्छ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Tilak Raj Khanal

    Hataunu parena Sakti Sali Sarkarle?

    Comment Author

    Tilak Sunari

    KP hosiayar!

    Comment Author

    Bomjan Bomjan

    Rip rip

    Comment Author

    Bijendra Kumar Rai

    Asakschhyem buaktilai kina rakhne ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?