मिति गुज्रिएको पाउडर दुधमा मख्खन घोलेर बेच्ने गरेको खुलासा

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २८, २०७५
|
१
|
५५ पटक हेरिएको
Shares
मिति गुज्रिएको पाउडर दुधमा मख्खन घोलेर बेच्ने  गरेको खुलासा

सारांश

  • काठमाडौँ ,  २८ जेठ ।
  •   काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेका दुईवटा डेरीका चारवटा गोदाममा कृषि मन्त्रालयले शिलबन्दी गरेको छ ।
  • कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालसहितको टोलीले सोमबार अनुगमन गर्दै ४ वटा गोदाममा शिलबन्दी गरेको छ ।

काठमाडौँ ,  २८ जेठ ।  काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेका दुईवटा डेरीका चारवटा गोदाममा कृषि मन्त्रालयले शिलबन्दी गरेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालसहितको टोलीले सोमबार अनुगमन गर्दै ४ वटा गोदाममा शिलबन्दी गरेको छ । आधुनिक डेरी पोड्क्ट प्रालिका तीन वटा गोदाम र पुष्प डेरीमा शिलबन्दी गरिएको हो ।

भारतबाट आयात गरिएका मिति गुज्रिएको पाउडर दुधमा मख्खन घोलेर बेच्ने गरेको पाइएपछि शिलबन्दी गरिएको हो । उद्योगको गोदाममा मिति गुज्रिएको पाउडरका बोरा भेटिएका थिए ।

भारतबाट एक बोरा किन्दा अर्को एक बोरा सित्तैमा पाइने पाउडर मिसाउँदै दुधका प्याकेट बनाएर गुणस्तरहिन दूध बेच्ने गरेको पाइएको छ ।

सामूहिक कृषक लिमिटेडको उत्पादन सुलभ डेरी र सरकारी स्वामित्वको नेपाल दुग्ध विकास संस्थान (डिडिसी)मा पनि मन्त्रीको टोलीले अनुगमन गरेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले परिणाम नआउँदासम्म अनुगमन जारी राखिने बताए । यसअघि सोमबार बिहान काठमाडौँका सबै डेरीबाट दुग्धजन्य पदार्थको ३० वटा नमुना संकलन गरेर गुणस्तर तथा नापतौल विभागमा परीक्षणका लागि पठाइएको छ । त्यसको परिणाम बेलुकी सम्म दिन मन्त्री खनालले निर्देशन दिएका छन् ।केही दिन यता मन्त्री खनालले अनुगमनलाई निरन्तरता दिइरहेका छन् । यसअघि कालिमाटी र बालाजुका ९९ वटा फलफूल, तरकारी र माछा व्यापारीलाई कारबाहीको सूचिमा राखिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Milan Xr

    Jantalahi anaya garnya byaparilahi tiparnu parxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिका नेपालको वृहत्तर हित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद
अमेरिका नेपालको वृहत्तर हित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद
सडक सुरक्षामा मेट्रो ट्राफिक एफएमको योगदान उच्च: चौधौँ वार्षिकोत्सवमा साङ्गठनिक सहकार्यको साझा प्रतिबद्धता
सडक सुरक्षामा मेट्रो ट्राफिक एफएमको योगदान उच्च: चौधौँ वार्षिकोत्सवमा साङ्गठनिक सहकार्यको साझा प्रतिबद्धता
एयरपोर्ट सुनकाण्डमा समातिएका एसएसपी खत्री २ लाख धरौटीमा छुटे
एयरपोर्ट सुनकाण्डमा समातिएका एसएसपी खत्री २ लाख धरौटीमा छुटे
सामाखुसीबाट हराएका बालकको शव दक्षिणकालीमा भेटियो
सामाखुसीबाट हराएका बालकको शव दक्षिणकालीमा भेटियो
सहयोद्धाहरु सत्तामा, ‘जिउँदा शहीद’ पानी चुहिने झुपडीमा
सहयोद्धाहरु सत्तामा, ‘जिउँदा शहीद’ पानी चुहिने झुपडीमा
रोनाल्डो ‘गोल मेसिन’मा लागेको खिया
रोनाल्डो ‘गोल मेसिन’मा लागेको खिया
जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले  नयाँ राजनैतिक नक्सा जारी गऱ्यो
जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले नयाँ राजनैतिक नक्सा जारी गऱ्यो
राष्ट्रियसभा निर्वाचनः आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदै
राष्ट्रियसभा निर्वाचनः आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदै
नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई
नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई
बूढानीलकण्ठ नगरपालिकामा २१ जनामा आरडिटी पोजेटिभ
बूढानीलकण्ठ नगरपालिकामा २१ जनामा आरडिटी पोजेटिभ

तपाईंले छुटाउनुभयो कि?