नारायणगढ-मुग्लिन सडकमा दुर्घटना रोक्न राडार गन प्रयोग

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ ४, २०७५
|
|
५८ पटक हेरिएको
Shares
नारायणगढ-मुग्लिन सडकमा दुर्घटना रोक्न राडार गन प्रयोग

सारांश

  • चितवन, ४ असार ।
  • चितवनको नारायणगढ-मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान शुरु गरेको छ ।
  • तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर कारबाही अभियान थालिएको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिनुभयो ।

चितवन, ४ असार । चितवनको नारायणगढ-मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान शुरु गरेको छ ।

तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर कारबाही अभियान थालिएको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिनुभयो ।

उहाँको अनुसार आइतबार प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको नेतृत्वमा गएको टोलीले स्थलगत अनुगमनसमेत गरेको थियो । सो क्रममा तीव्र गतिमा सवारी चलाउने, मापसे गरेर चलाउने र ओभरटेग गर्ने ३५ जना चालकलाई नियन्त्रणमा लिइएको थियो ।

प्रहरी उपरीक्षक राठोरका अनुसार ठाउँठाउँमा चेकजाँच गर्ने, सम्झाउने काममा प्रहरीलाई आइतबारदेखि नै खटाइएको छ ।

उक्त सडकमा अहिले सबै क्षेत्रमा बार बनिनसकेको, पुलसमेत जीर्ण रहेको र माथिबाट पहिरो खस्ने हुँदा जोखिम कायमै छ । सवारी चालकले ट्राफिक नियम जान्दाजान्दै पनि लापर्बाही गर्नु विडम्बना भएको राठोर बताउनुहुन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ मुग्लिक सडकखण्डमा ‘समय कार्ड’ नै उपलब्ध गराएर गाडी पास गराउने तयारी गरिएको छ । यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रहरीको भनाइ छ ।

नारायणगढ मुग्लिन सडकको ३६ किलोमिटर क्षेत्रमा अहिले सडक चौडा बनाई कालोपत्रे गर्ने काम सकिएपछि सवारी तीव्र गतिमा हिँड्ने गरेका छन् ।

तीव्र गतिकै कारण आइतबार एउटा मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुईजनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्दै
नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्दै
धितोपत्र बोर्डका वार्षिक योजना : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म
धितोपत्र बोर्डका वार्षिक योजना : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म
श्रीहजुर म तिम्रै हुँ, अरु कसैको हुन सक्दिन ः स्वेता खड्का
६१ केजी सुन तस्करी प्रकरण: २९ जना प्रतिवादी, एकीकृत कसुरसहितको अभियोग
६१ केजी सुन तस्करी प्रकरण: २९ जना प्रतिवादी, एकीकृत कसुरसहितको अभियोग
साढे छ वर्षपछि कर्णालीमा माओवादी प्रतिपक्षमा
साढे छ वर्षपछि कर्णालीमा माओवादी प्रतिपक्षमा
यस्ता छन् नेता शेखर कोइरालाले कांग्रेस बैठकमा राखेका १५ बुँदे धारणा (पूर्णपाठसहित)
यस्ता छन् नेता शेखर कोइरालाले कांग्रेस बैठकमा राखेका १५ बुँदे धारणा (पूर्णपाठसहित)
कोलम्बियासँग ३-० गोलपछि पोल्याण्ड विश्वकपबाट बाहिरियो
कोलम्बियासँग ३-० गोलपछि पोल्याण्ड विश्वकपबाट बाहिरियो
एसिया कप छनोटः नेपाललाई चाैँथाे सफलता, सन्दिपले मात्र लिए ३ विकेट !
एसिया कप छनोटः नेपाललाई चाैँथाे सफलता, सन्दिपले मात्र लिए ३ विकेट !
सुनसरीमा आगलागी, २५ परिवारका घर जले
सुनसरीमा आगलागी, २५ परिवारका घर जले
प्रधानमन्त्री कप क्रिकेट : कोशी प्रदेशलाई एक सय ४० रनको लक्ष्य
प्रधानमन्त्री कप क्रिकेट : कोशी प्रदेशलाई एक सय ४० रनको लक्ष्य

तपाईंले छुटाउनुभयो कि?