एउटै कार्यक्रममा ४ प्रकारको भत्ता वितरण

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ ५, २०७५
|
|
५६ पटक हेरिएको
Shares
एउटै कार्यक्रममा ४ प्रकारको भत्ता वितरण

सारांश

  • अस्बिन खडका, उदयपुर, ५ असार।
  •   गृह मन्त्रालयले सोमबार सप्तरीमा गरेको प्रदेश १ को उदयपुर र प्रदेश २ को सप्तरीका कार्यक्रममा भत्तामा विभेद गरेको सहभागीहरु ले बताएका छन ।
  • ७५ जना सहभागी कार्यक्रममा ५ हजार, ३ हजार ५ सय, १ हजार ५ सय र १ हजार गरी ४ प्रकारको भत्ता वितरण गरिएको सहभागीहरुले बताएका हुन।

अस्बिन खडका, उदयपुर, ५ असार।  गृह मन्त्रालयले सोमबार सप्तरीमा गरेको प्रदेश १ को उदयपुर र प्रदेश २ को सप्तरीका कार्यक्रममा भत्तामा विभेद गरेको सहभागीहरु ले बताएका छन ।

७५ जना सहभागी कार्यक्रममा ५ हजार, ३ हजार ५ सय, १ हजार ५ सय र १ हजार गरी ४ प्रकारको भत्ता वितरण गरिएको सहभागीहरुले बताएका हुन। एउटै कार्यक्रममा सहभागी भएकालाई फरक–फरक व्यवहार गरिएको र कसैलाई बढि कसैलाई कम रकम दिएको भन्दै उनीहरुले बिरोध  जनाएका थिए

प्रदेश १ को उदयपुर र प्रदेश २ को सप्तरीका सरोकारवाला लाई कार्यक्रममा बोलाइएको थियो ।जसमा स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, रेडक्रस लगायतका प्रतिनिधिहरु थिए। तर अधिकांश स्थानीय तहका प्रमुखहरु कार्यक्रममा सहभागी थिएनन्।

बाढीको पूर्वानुमान, पूर्वतयारी, कार्यविधि निर्माण तथा कृत्रिम अभ्यासका लागि तयार भएका कार्यक्रम समेत औपचारिकतामा मात्रै सीमित भएकोले यो कुरामा सरोकारवाला हरुको पनि गुनासो थियो । नदी नियन्त्रणका लागि भइरहेका काम समेत गुणस्तर युक्त नभएको नदी तटीय क्षेत्रका सर्वसाधारणहरु बताउँछन्।

बाँध मर्मत हुन नसकेको र भएका कामसमेत प्रभावकारी हुन नसक्दा यस वर्षको बाढीले सप्तरीमा ठूलो क्षति गर्न सक्ने बताउँछन्। गत वर्षायाममा मात्रै बाढीका कारण उदयपुर र सप्तरीमा गरी ७ जनाले ज्यान गएको थियो भने २अर्ब रुपैयाँ भन्दा बढीको क्षति भई ४० वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भए।

८ सय घरमा आंशिक क्षति पुग्यो भने १२सय परिवार विस्थापित भएका थिए।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने आफूले संयोजनको काम मात्र गरेकाले भत्ता वितरणको विषय जानकारी नभएको बताए। तर, उदयपुर र सदरमुकाम बाहिरबाट आउने सहभागीलाई यातायात खर्च दिनुपर्ने भएकाले केही तलमाथि भएको हुन सक्ने उनको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट चाँदीको जलहरी र दानपेटिका चाेरी
प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट चाँदीको जलहरी र दानपेटिका चाेरी
महाकाली माथिको झोलुंगे पुल चुँडिन थाल्यो
महाकाली माथिको झोलुंगे पुल चुँडिन थाल्यो
राज्यमन्त्रीकाे रिसर्च सेन्टरमा झडप, एकजनाकाे अाँखा फुट्याे
राज्यमन्त्रीकाे रिसर्च सेन्टरमा झडप, एकजनाकाे अाँखा फुट्याे
देशको बेईज्जत गरेपछी डा सोमलाललाई एमाले र मजदुर किसान पार्टिले दिए यस्तोअल्टिमेटम
देशको बेईज्जत गरेपछी डा सोमलाललाई एमाले र मजदुर किसान पार्टिले दिए यस्तोअल्टिमेटम
मेस्सीको जादु चलेन.अर्जेन्टिना सिधै विश्वकपमा छनोट हुन असफल,
मेस्सीको जादु चलेन.अर्जेन्टिना सिधै विश्वकपमा छनोट हुन असफल,
बाह्र दिनदेखि हराएका गुरुङ मृत भेटिए
बाह्र दिनदेखि हराएका गुरुङ मृत भेटिए
मानव बेचबिखन अन्त्यका लागि जिम्मेवार, सहकार्यसहित गरौं खबरदार
मानव बेचबिखन अन्त्यका लागि जिम्मेवार, सहकार्यसहित गरौं खबरदार
निर्माण थालिएको १२ वर्ष बित्दासमेत पुरा भएन तमोरको पुल निर्माण
निर्माण थालिएको १२ वर्ष बित्दासमेत पुरा भएन तमोरको पुल निर्माण
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
वायु प्रदूषण- नेपाल विश्वकै पाँच खराब मुलुकभित्र
वायु प्रदूषण- नेपाल विश्वकै पाँच खराब मुलुकभित्र

तपाईंले छुटाउनुभयो कि?