मानव बेचबिखन अन्त्यका लागि जिम्मेवार, सहकार्यसहित गरौं खबरदार

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २८, २०७५
|
|
३७ पटक हेरिएको
Shares
मानव बेचबिखन अन्त्यका लागि जिम्मेवार, सहकार्यसहित गरौं खबरदार

सारांश

  • काठमाडौँ ।
  • ‘सङ्घीयताको महत्वपूर्ण सार : मानव बेचबिखन अन्त्यका लागि जिम्मेवार र सहकार्यसहित गरौं खबरदार’ भन्ने नारासहित दिवस मनाउन लागिएको छ ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका, नगरपालिकाहरुले मानव बेचविखन तथा ओसारपसारविरुद्धको १२ औँ राष्ट्रिय दिवस मनाउन निर्देशन दिइसकेको छ ।

काठमाडौँ । ‘सङ्घीयताको महत्वपूर्ण सार : मानव बेचबिखन अन्त्यका लागि जिम्मेवार र सहकार्यसहित गरौं खबरदार’ भन्ने नारासहित दिवस मनाउन लागिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका, नगरपालिकाहरुले मानव बेचविखन तथा ओसारपसारविरुद्धको १२ औँ राष्ट्रिय दिवस मनाउन निर्देशन दिइसकेको छ ।

स्थानीय तहबाट मानव बेचविखन तथा ओसारपसारमा सचेतना अपनाउन आगामी भदौ २० गते दिवस मनाउन लागिएको म्नत्रालयले जनाएको छ ।

दिवसको आदर्श वाक्य मन्त्रालयले दिवस स्थानीय तहलाई मानव बेचविखन तथा ओसारपसार जस्तो जघन्य अपराध नियन्त्रण गर्नका लागि सहयोग पुग्ने बताइएको छ ।

नेपालमा अशिक्षा, गरिबीको कारणले दैनिक रुपमा मानव बेचविखन तथा ओसारपसार हुने गरेको पाइएको छ । नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनअन्तर्गतको यौन शोषणका लागि महिला तथा बालबालिका बेचविखन रोकथाम तथा न्यूनीकरण गर्ने महासन्धि अनुमोदन गरेको सम्झनामा दिवस मनाउन थालिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?