कालिकोटमा पत्रकार पक्राउ ,कारण् विप्लव

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ५, २०७४
|
|
४३ पटक हेरिएको
Shares
कालिकोटमा पत्रकार पक्राउ ,कारण् विप्लव

सारांश

  • कालिकोट, मंसिर ५  निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोटका सदस्य  जगदिशनाथ योगी र  कालीबहादुर महतारालाई पक्राउ गरेको छ।
  • पत्रकार योगीलाई नेकपाले जारी गरेको प्रेस विज्ञप्ति सामाजिक सञ्जाल फेसवुकमा सेयर गरेको आरोपमा गिरफ्तार गरिएको हो भने महतारालाई निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
  • चुनाव विरोधी गतिवधिमा संलग्न व्याक्तिको पोष्टलाई सेयर लाइक गर्ने जो कोहीलाई पनि गिरफ्तार गर्ने कालीकोटका  प्रहरी प्रमुखडिएसपी सुवासचन्द्र वोहराले बताए।
कालिकोट, मंसिर ५  निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोटका सदस्य  जगदिशनाथ योगी र  कालीबहादुर महतारालाई पक्राउ गरेको छ।
पत्रकार योगीलाई नेकपाले जारी गरेको प्रेस विज्ञप्ति सामाजिक सञ्जाल फेसवुकमा सेयर गरेको आरोपमा गिरफ्तार गरिएको हो भने महतारालाई निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
चुनाव विरोधी गतिवधिमा संलग्न व्याक्तिको पोष्टलाई सेयर लाइक गर्ने जो कोहीलाई पनि गिरफ्तार गर्ने कालीकोटका  प्रहरी प्रमुखडिएसपी सुवासचन्द्र वोहराले बताए। ‘निर्वाचन विरोधी गतिविधि गर्ने जो कोहीलाई पनि प्रहरीले समात्न सक्छ’ ‘उनीहरुलाई त्यसै आरोपमा पक्राउ गरिएको हो। पत्रकार हुन भनेर हैन।’ उनले भने ।
पत्रकारलाई गैर न्यायिक गिरफ्तार गरेको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखाको टोलीले मंगलवार विहान प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख डिएसपीको ध्यानाकर्षण गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?