यसकारण मिडिया सोसाइटी नेपालका अध्यक्षले दिए राजिनामा

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ ६, २०७५
|
|
६४ पटक हेरिएको
Shares
यसकारण मिडिया सोसाइटी नेपालका अध्यक्षले दिए राजिनामा

सारांश

  • काठमाडौ,  ६ असार  ।
  •   पत्रकारितालाई राजनीतिबाट मुक्त गर्न नसकेको जनाउँदै ‘मिडिया सोसाइटी नेपाल’का अध्यक्ष पुष्करलाल श्रेष्ठले पदबाट राजिनामा दिएका छन् ।
  • बुधबार प्रेस विज्ञप्तिमार्फत सोसाइटीको अध्यक्ष पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् ।

काठमाडौ,  ६ असार  ।  पत्रकारितालाई राजनीतिबाट मुक्त गर्न नसकेको जनाउँदै ‘मिडिया सोसाइटी नेपाल’का अध्यक्ष पुष्करलाल श्रेष्ठले पदबाट राजिनामा दिएका छन् ।

बुधबार प्रेस विज्ञप्तिमार्फत सोसाइटीको अध्यक्ष पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् ।
मिडिया सोसाइटीको संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठले ‘आफ्नाे दोस्रो कार्यकालमा पनि आफुले सोचेको र संस्थाको उद्देश्य अनुसार संस्थालाई अघि बढाउन नसकिएको महसुस भएपछि वैठक राखेर राजीनामाको प्रस्ताव राख्दासमेत स्वीकृत नभएको अवस्था’मा राजिनामा दिएको उल्लेख गरेका छन् ।

मिडिया सोसाइटीका सदस्यहरुको अनुरोधमा निर्वाचन जितेर पुनः अध्यक्षको पदभार ग्रहण गरेका थिए ।

कामना प्रकाशनका समूहका अध्यक्ष तथा प्रधान सम्पादक समेत रहेका श्रेष्ठद्वारा जारी विज्ञप्ति भनिएको छ, ‘यसवीचमा मुलुकमा धेरै राजनीतिक व्यवस्था परिवर्तन भइसकेको छ । यति हुँदाहुँदै पनि न राजनीतिक प्रभावबाट पत्रकारितालाई मुक्त गर्न सकिएको छ न त स्वतन्त्र पत्रकारितालाई प्रवद्र्धन र संरक्षण गर्नुपर्ने दायित्व बोकेका राज्य संचालकहरुको सोचमा कुनै परिवर्तन ल्याउन सकिएको अवस्था छ ।

झन पछिल्लो समयमा पत्रकारितामा झांगिदै गएको डरलाग्दो राजनीतिक सिन्डिकेट र राज्यले समेत स्वतन्त्र पत्रकारितालाई प्रोत्साहित गर्नुको साटो राजनीतिक पार्टीसँग आवद्ध पत्रकारहरुलाई प्रोत्साहित र प्रश्रय दिने प्रचलन बढेपछि स्वतन्त्र पत्रकारको हैसियतले पत्रकारितासँग सवन्धित संघ–संस्थामा रहेर कार्य सम्पादन गर्न नसकिने महसुस गर्दै यही प्रेस विज्ञप्ति मार्फत राजिनामा दिने घोषणा गरेको छु ।’

मिडिया सोसाइटी नेपाल पत्रकारितालाई मर्यादित, व्यावसायिक र संस्थागत बनाउने उद्देश्यसहित प्रकाशकहरुको व्यावसायिक हकहितको संरक्षण र सम्वद्र्धनका लागि करिब १५ वर्षअघि स्थापना गरिएको संस्था हो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा निषेधाज्ञा एक साता थपियो
परीक्षामा अमर्यादित कार्य गर्ने दुई निरीक्षक निष्कासित
परीक्षामा अमर्यादित कार्य गर्ने दुई निरीक्षक निष्कासित
बलात्कारको अभियोगमा वडाध्यक्ष थुनामा
बलात्कारको अभियोगमा वडाध्यक्ष थुनामा
बिराटनगरमा अवैधानिक  झण्डा, नेपाल सरकारको अनुमतिविना भारतले यो झण्डा  फहराएको हो ।
बिराटनगरमा अवैधानिक झण्डा, नेपाल सरकारको अनुमतिविना भारतले यो झण्डा फहराएको हो ।
सेतो गुम्बाका ल्होसार विशेष सांस्कृतिक कार्यक्रम हुने
सेतो गुम्बाका ल्होसार विशेष सांस्कृतिक कार्यक्रम हुने
श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने
श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने
मनाेरञ्जन : चर्चित सुपरस्टार प्रकाश राजले धर्म परिवर्तन गरेकै हुन्?
मनाेरञ्जन : चर्चित सुपरस्टार प्रकाश राजले धर्म परिवर्तन गरेकै हुन्?
फ्रान्सेली बैंकद्वारा एक हजार ६०० कर्मचारी कटौती गर्ने घोषणा
फ्रान्सेली बैंकद्वारा एक हजार ६०० कर्मचारी कटौती गर्ने घोषणा
बामदेव भन्छन्, ‘ठूलै षड्यन्त्र भयो’, रामचन्द्र भन्छन् ‘अन्तर्घात’
बामदेव भन्छन्, ‘ठूलै षड्यन्त्र भयो’, रामचन्द्र भन्छन् ‘अन्तर्घात’
रसुवा-नुवाकोट बाढी क्षेत्रमा विद्युत् पुनःस्थापना तीव्र: वैकल्पिक ऊर्जाबाट बस्ती उज्यालो बनाइँदै
रसुवा-नुवाकोट बाढी क्षेत्रमा विद्युत् पुनःस्थापना तीव्र: वैकल्पिक ऊर्जाबाट बस्ती उज्यालो बनाइँदै

तपाईंले छुटाउनुभयो कि?