फनपार्कको जग्गा सित्तैमा दिंदा भ्रष्टाचार मुद्दामा मुछिए पूर्वमन्त्रीदेखि नेतासम्म

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २२, २०७५
|
|
५७ पटक हेरिएको
Shares
फनपार्कको जग्गा सित्तैमा दिंदा भ्रष्टाचार मुद्दामा मुछिए पूर्वमन्त्रीदेखि नेतासम्म

सारांश

  • काठमाडौं ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाज कल्याण परिषदले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रकृया विपरीत गरी अनियिमतता गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
  • तत्कालिन महिला, बालबालिका तथा समाज कल्याण मन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष बद्री प्रसाद न्यौपानेसहितलाई भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाज कल्याण परिषदले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रकृया विपरीत गरी अनियिमतता गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

तत्कालिन महिला, बालबालिका तथा समाज कल्याण मन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष बद्री प्रसाद न्यौपानेसहितलाई भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

समाज कल्याण परिषद्लाई हालसम्म ३१ करोड ५२ लाख १७ हजार हानी नोक्सानी भएको देखिएको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । त्यत्ति नै मात्रामा बिगो माग दाबी गर्दै मुद्दा दर्ता भएको हो ।

समाज कल्याण परिषद्का तत्कालिन उपाध्यक्ष प्रमोद मेहता, तत्कालीन कोषाध्यक्ष कुञ्ज बिहारीप्रसाद चौधरी, समाज कल्याण परिषद्का तत्कालिन सदस्य हरि न्यौपाने, तत्कालीन सदस्य मोहनराज शर्मा, मदनकुमार लालकर्ण र समाज कल्याण परिषद्का तत्कालिन सदस्य-सचिव ई.रविन्द्रकुमार समेतको उपस्थितिमा सित्तैमा भृकुटीमण्डपको जग्गा दिने निर्णय गरेको थियो ।
संचालन समितिको वैठकले रविन्द्र गुरुङ्ग (वारेसकर्ता टेक बहादुर गुरुङ)लाई हालसम्म तिरिरहेको रकमलाई वृद्धि गरी मासिक ५ लाख ५५ हजार समय बढाई १५ वर्षको लागी फनपार्क मेला संचालन गर्न ठेक्कामा दिने निर्णय गरेको थियो ।

आपसी मिलेमतोमा टेन्डर नगरी बढावढ वा घटाघट गराई ठेक्कामा दिनुपर्ने नगरेको देखिएको अख्तियारको दाबी छ । पटकपटक एउटै व्यक्तिलाई म्याद थप गर्दै जाँदा स्वच्छ प्रतिस्पर्धा नभई राज्यलाई हानी नोक्सानी भएको देखिएको हुँदाप्रचलित दर, विगतको भाडादर आदिको आधारमा दर रेट निर्धारण गरी लागत अनुमान तयार गरी दिइएको छ ।

हेर्नुस्, कसलाई कति माग दाबी गरिएको छ…

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई पूर्व मन्त्रीको भ्रष्टाचार मुद्दा फैसला हुँदै
दुई पूर्व मन्त्रीको भ्रष्टाचार मुद्दा फैसला हुँदै
शहीदको बलिदानीबाट अहिलेको व्यवस्था स्थापित भएको हो : मुख्यमन्त्री गिरी
शहीदको बलिदानीबाट अहिलेको व्यवस्था स्थापित भएको हो : मुख्यमन्त्री गिरी
सिद्धार्थ बैंकका ग्राहकहरुलाई विराटनगरको ह्यारिसन प्यालेसमा विशेष छुट
सिद्धार्थ बैंकका ग्राहकहरुलाई विराटनगरको ह्यारिसन प्यालेसमा विशेष छुट
लोकमानलाई कालोमोसो दल्ने दुई युवा रिहापछि उनीहरुको अबिर यात्रा
लोकमानलाई कालोमोसो दल्ने दुई युवा रिहापछि उनीहरुको अबिर यात्रा
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच आज पनि झडप
चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच आज पनि झडप
नयाँ शक्तिले भन्यो–विप्लव समूह माथिको प्रतिबन्ध अनुचित
नयाँ शक्तिले भन्यो–विप्लव समूह माथिको प्रतिबन्ध अनुचित
हिमपातका कारण डोटीको जनजीवन प्रभावित
हिमपातका कारण डोटीको जनजीवन प्रभावित
बेलैमा जोगाऔ सुन्दर नगरी पर्यटकीय शहर पोखरा
बेलैमा जोगाऔ सुन्दर नगरी पर्यटकीय शहर पोखरा
राष्ट्रिय अनुसन्धान विभागका प्रहरी नायब उपरीक्षक  घाइते
राष्ट्रिय अनुसन्धान विभागका प्रहरी नायब उपरीक्षक घाइते

तपाईंले छुटाउनुभयो कि?