कर्मचारीहरुको पेन्सन घट्ने , राजिनामा दिनेहरुलाई धक्का
सारांश
- काठमाडौं, २६ असार।
- अर्थ मन्त्रालयले गरेको प्रस्ताव संसदले स्वीकृत गरेमा आगामी दिनमा कर्मचारीहरुको पेन्सन घट्ने भएको छ ।
- अर्थ मन्त्रालयले पेन्सन घटाउने प्रस्ताव अघि सारेको छ ।
काठमाडौं, २६ असार। अर्थ मन्त्रालयले गरेको प्रस्ताव संसदले स्वीकृत गरेमा आगामी दिनमा कर्मचारीहरुको पेन्सन घट्ने भएको छ ।
अर्थ मन्त्रालयले पेन्सन घटाउने प्रस्ताव अघि सारेको छ ।
संघीय निजामती ऐनमार्फत् अर्थले यस्तो प्रस्ताव गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐनको विधेयकमा राय मागेकोमा अर्थले पेन्सन घटाउने प्रस्ताव गरेको छ।
तलब बृद्धि हुँदा बढाएको रकमको हाल ६५ प्रतिशत पेन्सनवालाको पनि बढ्छ । त्यसलाई सामान्य प्रशासन मन्त्रालयले ७५ प्रतिशत बनाउने प्रस्ताव गरेको थियो । तर, त्यसलाई अर्थ मन्त्रालयले ५० प्रतिशतमा झार्न राय दिएको छ । आर्थिक विषयसँग सम्बन्धित विषय भएकाले यसमा अर्थ मन्त्रालयको राय लागू हुने सम्भावना छ ।
त्यस्तै अर्थको अर्काे प्रावधानअनुसार पेन्सन रकममा पनि कर लाग्नेछ । हाल पेन्सनमा कर लाग्दैन । तर, अर्थले आयकरअनुसार पेन्सनबाट पनि तलबबाट जस्तै कर काट्ने प्रस्ताव गरेको छ । कर्मचारीले नरुचाए पनि यो प्रस्तावलाई धेरैले रुचाएका छन् । किनकि पेन्सनवालालाई आयकरमा छुट दिनु गलत थियो । पेन्सनसहित अवकाशको बेलामा पाउने रकमबाट आयकरबाट पैसा काट्दा राज्यकोषमा थप राजश्व संकलन हुने छ ।
राजिनामा दिनेहरुलाई धक्का
पेन्सनको अवधि पुगेपछि कतिपय कर्मचारीहरु राजिनामा दिएर अन्यत्र जागिर खान जान्छन् । त्यसलाई निरुत्साहित गर्न सरकारले अवकाशको उमेरपछि मात्र पेन्सन पाउने छन् ।
अर्थ मन्त्रालयको प्रावधानअनुसार अवकाशको उमेरहद ६० वर्ष छ र कसैले ५५ वर्षमै राजिनामा दिन्छ भने ऊ ६० वर्ष उमेर पुगेपछि मात्र अवकाश पाउनेछ । अर्थको यो प्रस्तावलाई पनि धेरैले रुचाएका छन् । पेन्सन भार घटाउन अर्थले यस्तो प्रस्ताव गरेको हो । अर्थले अवकाशको उमेरहद पनि ६० वर्ष बनाउन प्रस्ताव गरेको छ । अहिले देशलाई अनुभवी कर्मचारी चाहिएको र ६० वर्ष उमेरहद बनाउँदा पेन्सनभार पनि कम पर्ने भएकाले अर्थ मन्त्रालयले यस्तो प्रस्ताव गरेको हो ।
अर्थ मन्त्रालयले राय दिएपछि कानुन मन्त्रालयले त्यसमा राय दिएको छैन । कानुनले राय दिएलगत्तै सामान्य प्रशासन मन्त्रालयले मस्यौदा प्रधानमन्त्री कार्यालयमा पठाउने तयारी गरेको छ ।
Ganesh Shakya
जागिरबाट अबकास हुने बितिकै गाेलि ठाेकने कानुन बनाउनु । अनि पेन्सन सेनसनकाे लफदानै चट हुनेछ । बुढाे नेताहरूलाई भएभरकाे सुविधा ठपनु पर्छ ।
Gajendra Shrestha
Bises senako sipahiko chai 16 year banaunu parxa
Coomal Sanzoo
साला चोर हो जसले जिन्दगि भर तेहि पेन्सनको आशामा सम्पुर्ण जीवन समर्पित गर्छ उसैलाई उपहास नेतालाई चाहि भए भरको सरकारि सुभिधा लाज लाग्दैन भ्रष्टाचारि हो