विश्वकप फुटबल २०१८: ओली–देउवा फ्रान्सकाे पक्ष, प्रचण्ड–रामचन्द्र कुन टिमकाे पक्ष ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ३१, २०७५
|
|
७५ पटक हेरिएको
Shares
विश्वकप फुटबल २०१८: ओली–देउवा फ्रान्सकाे पक्ष,  प्रचण्ड–रामचन्द्र कुन टिमकाे पक्ष ?

सारांश

  • काठमाडौं, ३१ असार ।
  • रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा हुने खेलमा फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्दैछन् ।
  • फाईनल खेलको प्रभाव नेपालमा पनि दहाेरि परेको छ ।

काठमाडौं, ३१ असार । रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा हुने खेलमा फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्दैछन् । फाईनल खेलको प्रभाव नेपालमा पनि दहाेरि परेको छ । प्रधानमन्त्री, विभिन्न पार्टीका नेताहरु र मन्त्रीहरु समेतले आज साँझ हुने विश्वकप फाईनल धुमधामसँग हेर्ने मनशाय बनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज हुने विश्वकप फुटबलको फाईनलमा फ्रान्सको समर्थन गर्ने भएका छन् । त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल भने क्रोशियाको समर्थक बनेका छन् । नेताहरुले आज हुने फाईनल खेल आ–आफ्नो निवासमा परिवारका सदस्यहरुसँग बसेर हेर्ने मनशाय बनाएका छन् । नेपालमा फाईनल खेल विभिन्न क्लबमा बसेर हेर्नेहरुको संख्या ठूलो छ ।

सेमिफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स तथा इङ्गल्याण्डलार्ई पाखा लगाउँदै क्रोएसिया फाइनलमा पुगेका हुन् । फ्रान्सले विश्वकप फुटबलको फाईनल खेल्न लागेको यो तेस्रो पटक हो । सन् १९९८ मा आफ्नै देशमा भएको विश्वकपको उपाधि जितेको फ्रान्स सन् २००६ मा जर्मनीमा भएको विश्वकपको फाईनलमा ईटालीसँग पराजित भएको थियो । उता क्रोएसिया पहिलो पटक फाईनलमा पुगेको हो । सन १९९८ को विश्वकपमा पहिलो पटक सहभागिता जनाउँदा क्रोएसिया तेस्रो भएको थियो।

यसपटक उपाधि जित्दै ईतिहास रच्ने क्रोएसियाको लक्ष्य छ । आजको खेलमा फ्रान्सका लागि एन्टोनियो ग्रेजम्यान र किलियन एम्बाप्पे तथा क्रोएसियाका लागि लुका मोड्रिच र ईभान पेरिसिचको प्रदर्शन निर्णायक हुनेछ । फ्रान्स क्रोएसिया अहिलेसम्म ५ पटक आमने सामने भएका छन् ।

जसमा फ्रान्सले ३ खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएको छ । जारी विश्वकपमा दुबै टोली अहिलेसम्म अपराजित छन् । क्रोएसियाले फाइनलसम्म आईपुग्दा सबै ६ खेल जितेको छ भने फ्रान्सले ५ खेल जित्दै समुहको एक खेल बराबरी गरेको छ ।

(https://www.disabilityhelpcenter.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता पाउँदा ज्येष्ठ नागरिक खुशी
वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता पाउँदा ज्येष्ठ नागरिक खुशी
अनिल झाले राजेन्द्र महतोसँग पूरानो रिसिईबी साँध्ने
अनिल झाले राजेन्द्र महतोसँग पूरानो रिसिईबी साँध्ने
धादिङको ज्वालामुखीमा बोलेरो दुर्घटना, १३ जना घाईते
धादिङको ज्वालामुखीमा बोलेरो दुर्घटना, १३ जना घाईते
अनिलकिशोरको नेतृत्वमा युवक संघको नयाँ केन्द्रीय समिति
अनिलकिशोरको नेतृत्वमा युवक संघको नयाँ केन्द्रीय समिति
भक्तपुरका मानन्धर समुदाय लक्षित क्षमता अभिवृद्धि तालिम सम्पन्न
भक्तपुरका मानन्धर समुदाय लक्षित क्षमता अभिवृद्धि तालिम सम्पन्न
ऐश्वर्यासँग काम गर्न चाहने यी हलिउड अभिनेता !
ऐश्वर्यासँग काम गर्न चाहने यी हलिउड अभिनेता !
TV actress Jaswir Kaur mother passes away!
TV actress Jaswir Kaur mother passes away!
नेपालमा ‘ह्यासट्याग मि टू’: कैलाश सिराेहियालार्इ मेन्सन गर्दै कान्तिपुरकर्मीले यस्तो लेखेपछि…
नेपालमा ‘ह्यासट्याग मि टू’: कैलाश सिराेहियालार्इ मेन्सन गर्दै कान्तिपुरकर्मीले यस्तो लेखेपछि…
प्रेम आलेजस्तै काम गर्न मन्त्रीहरुलाई माधव नेपालको निर्देशन
प्रचण्ड भन्छन्ः हिजो ह्रस्व-दीर्घमा पनि लड्यौँ, अब ड्याम्मै सरप्राइज दिन्छौँ

तपाईंले छुटाउनुभयो कि?