महिला सञ्जालद्वारा दाेषीलाई शीघ्र छानबिन गरी कारवाही गर्न माग

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण १६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
महिला सञ्जालद्वारा दाेषीलाई शीघ्र छानबिन गरी कारवाही गर्न माग

सारांश

  • काठमाडौँ, १६ साउन ।
  • अन्तरपार्टी महिला सञ्जालले कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ निवासी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घट्नाको शीघ्र छानबिन गरी दोषीलाई कडा सजाय गर्न माग गरेको छ ।
  • घटना भएको एकसाता बितिसक्दा पनि स्थानीय प्रशासनले घटनाका अपराधी पत्ता लगाउन नसकेको र घटनाप्रति गम्भीरता नदेखाएको भन्दै सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौँ, १६ साउन । अन्तरपार्टी महिला सञ्जालले कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ निवासी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घट्नाको शीघ्र छानबिन गरी दोषीलाई कडा सजाय गर्न माग गरेको छ । घटना भएको एकसाता बितिसक्दा पनि स्थानीय प्रशासनले घटनाका अपराधी पत्ता लगाउन नसकेको र घटनाप्रति गम्भीरता नदेखाएको भन्दै सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गत बिहीबार बिहान ११ बजे साथीको घरमा गएकी उक्त बालिकाको शुक्रबार भिमदत्त पन्त नगरपालिका–१८ निमखुखेडास्थित उखुबारीमा शव फेला परेको थियो । सञ्जालद्वारा जारी विज्ञप्तिमा घटनाको छानबिन गरी अपराधीपत्ता लगाई सर्वस्वहरणसहित आजीवन कारबासको सजाय गर्न माग गरिएको छ । सञ्जालका अध्यक्ष नीलम बर्मा र महासचिव कल्याणी रिजालद्वारा विज्ञप्तिमा बलात्कृत बालिकाका आफन्तलाई उचित क्षतिपूर्ति दिन सरकारसँग अपिल गर्दै बालिकाप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

सञ्जालले महिला तथा बालबालिकामाथि हिंसा र अपराधका घटना बढेको भन्दै सुरक्षा व्यवस्था मजबुत बनाई शान्तिपूर्ण जीवनयापनको वातावरण सिर्जना गर्न सरकार समक्ष माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?