जिप दुर्घटनामा चालकको मृत्यु
सारांश
- काठमाडौं २२ साउन ।
- अर्घाखाँचीको सन्धिखर्कमा जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
- अर्घाखाँची नगरपालिका-४ मा हिजो सोमबार बेलुकी जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
काठमाडौं २२ साउन । अर्घाखाँचीको सन्धिखर्कमा जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । अर्घाखाँची नगरपालिका-४ मा हिजो सोमबार बेलुकी जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा जिपका चालक स्थानीय ३६ बर्षीय सन्तोष भुषालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भुषालले चलाएको लु १ ज १७७० नम्बरको जिप हिजो बेलुकी सवा ८ बजे सडकबाट अन्दाजी ४० मिटर तल खसेको थियो ।
उनको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया