संयुक्त राष्ट्र संघीय आचारसंहिता पालना गर्न माग

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण २३, २०७५
|
|
५० पटक हेरिएको
Shares
संयुक्त राष्ट्र संघीय आचारसंहिता पालना गर्न माग

सारांश

  • काठमाडौँ, २३ साउन ।
  • देशका विभिन्न भागमा भएका बलात्कार, अपहरण, छुवाछूत र महिलामाथि हुने हिंसाका घटनाप्रति मानव अधिकार तथा शान्ति समाजले चिन्ता व्यक्त गरेको छ ।
  • घटनाका दोषीलाई कानूनी कारवाही गरी शान्ति, न्याय र सुशासनलाई प्रत्याभूत गर्न सरकारसँग माग गरेको समाजका महासचिव उत्तम पुडासैनीले आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँ, २३ साउन । देशका विभिन्न भागमा भएका बलात्कार, अपहरण, छुवाछूत र महिलामाथि हुने हिंसाका घटनाप्रति मानव अधिकार तथा शान्ति समाजले चिन्ता व्यक्त गरेको छ । घटनाका दोषीलाई कानूनी कारवाही गरी शान्ति, न्याय र सुशासनलाई प्रत्याभूत गर्न सरकारसँग माग गरेको समाजका महासचिव उत्तम पुडासैनीले आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । दण्डहीनताको निरन्तरताका कारण यस्ता घटना बढ्दै गएकाले दोषी जोसुकै भए पनि कानूनी कारवाहीको दायरामा ल्याउन पनि समाजले माग गरेको छ ।

अपहरणको एउटा घटनामा कानून कार्यान्वयन गर्ने निकाय विधिको शासनको मान्यता विपरीत गैरन्यायिक हत्यामा संलग्न भएको आशंका विभिन्न कोणबाट उठिरहेकाले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै विज्ञप्तिमा कानून कार्यान्वयन गर्ने अधिकारीका लागि जारी भएको राष्ट्रसंघीय आचारसंहिताको पूर्ण पालना गर्न र जस्तोसुकै अवस्थामा पनि मानव अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वविद्यालयले सर्वसाधारणलाई सर्वसुलभ सेवा दिने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री
विश्वविद्यालयले सर्वसाधारणलाई सर्वसुलभ सेवा दिने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री
धनौजी र रामनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी
धनौजी र रामनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी
लामिछानेसहित तीनजनाको अनुसन्धान सकियो, आज मुद्दा दर्ता गरिने
लामिछानेसहित तीनजनाको अनुसन्धान सकियो, आज मुद्दा दर्ता गरिने
अाइतबार सार्वजनिक बिदा !
अाइतबार सार्वजनिक बिदा !
काठमाडौं-१६ का वडा अध्यक्ष रिजालको निधन
काठमाडौं-१६ का वडा अध्यक्ष रिजालको निधन
यसरी खस्यो प्रशान्त महासागरमा हवाइजहाज, सबै यात्रु सकुशल उद्दार
यसरी खस्यो प्रशान्त महासागरमा हवाइजहाज, सबै यात्रु सकुशल उद्दार
विभाजन रोक्न प्रचण्डले ओलीसँग निर्णायक वार्ता गर्ने
संवैधानिक निकायका रिक्त पदका लागि १५ दिने सूचना निकाल्ने
संवैधानिक निकायका रिक्त पदका लागि १५ दिने सूचना निकाल्ने
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई
रास्वपाले भन्यो-रवि लामिछानेको डायरी प्रहरीले हिरासतबाटै गायब बनायो
रास्वपाले भन्यो-रवि लामिछानेको डायरी प्रहरीले हिरासतबाटै गायब बनायो

तपाईंले छुटाउनुभयो कि?