तोडफोडमा संलग्न ९ जना प्रहरी नियन्त्रणमा
सारांश
- माधव बेल्वासे कपिलवस्तु चन्द्रौटा श्रावण २५ कपिलवस्तुको महराजगञ्ज नगरपालिका ७ लेङ्गडास्थित साहिल मुसलमानको घरमा तोडफोड भएको छ ।
- दुई दिनअघि महराजगञ्ज नगरपालिका ६, जिग्नाकी १८ वर्षीय शीला कुर्मी र महराजगञ्ज ७, लेङ्गडाका ३० वर्षे साहिल मुसलमानको मन मिलेर भागेपछि केटी पक्षले यस्तो उद्धन्द मच्चाएको कृष्णनगर प्रहरीले जनाएको छ ।
- छोरी भगाएको निहुँमा ठूलो संख्यामा गएको हूलले केटाको घरमा तोडफोड गरी क्षति पु¥याएको वताइएको छ ।
माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा श्रावण २५
कपिलवस्तुको महराजगञ्ज नगरपालिका ७ लेङ्गडास्थित साहिल मुसलमानको घरमा तोडफोड भएको छ । दुई दिनअघि महराजगञ्ज नगरपालिका ६, जिग्नाकी १८ वर्षीय शीला कुर्मी र महराजगञ्ज ७, लेङ्गडाका ३० वर्षे साहिल मुसलमानको मन मिलेर भागेपछि केटी पक्षले यस्तो उद्धन्द मच्चाएको कृष्णनगर प्रहरीले जनाएको छ । छोरी भगाएको निहुँमा ठूलो संख्यामा गएको हूलले केटाको घरमा तोडफोड गरी क्षति पु¥याएको वताइएको छ । घरभित्र गई भाँडाकुँडा, खाद्यान्न, पम्पसेट लगायतका सामान तोडफोड र नोक्सान गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।समूहले नगद, सुन, चाँदी समेत लुटेको पीडितले जनाएका छन् । तोडफोडबाट झण्डै ३ लाखको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । तोडफोडमा संलग्न ९ जनालाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो ।प्रहरीलाई समेत केटि पक्षकाले हातपात गर्न खोजेको बोगटी वताउनुभयो ।घरबाट भागेका केटा र केटी दुवै अहिलेसम्म परिवारको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।
Khadendra Thapa
यहराम हो किटिलाइ केटा मन परो केटालाइकेटिमन परो खातेहो केटाको घरतोडफोड गने तिमी हरुकोहो तेरो बाउ सारुकखान लेनि हिद्व केटि लगेकोछत एक बाउले जन म दियको होभने सारुक खानको घरतोडफोडगरेर देखावत खातेका भस मासुरहो