यस्ताे छ चिनियाँ सपनामा हिडेका देशहरुको अवस्था

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण २६, २०७५
|
|
६४ पटक हेरिएको
Shares

सारांश

  • चीनका राष्ट्रपती शि जिनपिङले वान बेल्ट वान रोड परियोजनालाई प्रोजेक्ट अफ दि सेञ्चुरी भनेका थिए ।
  • चीनको वान बेल्ट वान रोड परियोजनामा ७८ देश सामेल छन् ।
  • यो विश्वकै महत्वकांक्षी विकास परियोजना हो ।

चीनका राष्ट्रपती शि जिनपिङले वान बेल्ट वान रोड परियोजनालाई प्रोजेक्ट अफ दि सेञ्चुरी भनेका थिए । चीनको वान बेल्ट वान रोड परियोजनामा ७८ देश सामेल छन् । यो विश्वकै महत्वकांक्षी विकास परियोजना हो । आलोचकहरुका अनुसार यो परियोजनामा सामेल देश चिनियाँ ऋणमा डुबेका छन् । पाकिस्तान, श्रीलंका, मोटेनेग्रो, लाओश र मलेशिया चिनियाँ कर्जामा डुबेका छन् ।

यी देशहरुमा चिनियाँ ऋणमा भईहरुको काम निकै गोप्य राखिएको छ । यी देशमा वान बेल्ट वान रोडका लागि कति लगानी भईहरेको छ भनेर समेत सार्वजनिक गरिएको छैन । वान बेल्ट वान रोड परियोजनामा सामेल धेरै देशको अर्थव्यवस्था पहिलेदेखि नै कमजोर थियो । क्रेडिट रेटिङ एजेन्सी मूडीका अनुसार वान बेल्ट वान रोड परियोजना सञ्चालन हुने ७८ देशहरुको अर्थव्यवस्था लगानी गर्न योग्य छैन ।

पाकिस्तान

उदाहरणको लागि ओईसीडी र्याङ्कीङमा पाकिस्तान सातौं स्थानमा परेको छ । पाकिस्तान यही महिनाभित्र अन्तर्राष्ट्रिय मुद्रा कोषमा बेलआउटका लागि निवेदन पठाउने तयारी गरिरहेको छ । चाईना–पाकिस्तान करिडोर अन्र्तगत चीनले पाकिस्तानमा ६० अर्ब डलर बराबरको रकम लगानी गरेको छ । चिनियाँ ऋण चुक्ता गर्दैमा पाकिस्तानको विदेशी मुद्रा सञ्चय सकिएको छ ।

कम्बोडिया पनि तनाबमा

पाकिस्तानपछि कम्बोडियापनि यही परियोजनाका कारण आर्थिक संकटमा फसेको छ । वान बेल्ट वान रोड परियोजनाका लागि कम्बोडियाले भारी मात्रामा समान आयात गरेको छ । जसका कारण उसको व्यापार घाटा १० प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, श्रीलंकालेपनि आर्थिक कठिनाई भोग्नुपरेपछि पहिले नै हम्बानटोटा बन्दरगाहा चीनलाई सुम्पिएको थियो । मोटेन्ग्रोलेपनि चीनबाट यही परियोजनाको लागि भन्दै ८ सय ९ मिलियन युरो ऋण लिएको थियो । यही ऋणका कारण उसको क्रेडिट रेटिङ कमजोर भएको छ । यता, लाओसले पनि चीनसंग रेल निर्माणमा सम्झौता गरेको छ । ६ अर्ब डलरको यो सम्झौता लाओसको जीडीपीको ४० प्रतिशत हिस्सा हो ।

यति मात्रै होइन चीनबाहिर काम गरिरहेका ठूला चिनियाँ कम्पनीपनि घाटामा चलिरहेका छन् । फाईनान्सीयलको एक अध्ययनका अनुसार चीन बाहिर काम गरिरहेको १० ठूला कम्पनी घाटामा चलिरहेका छन् । (एजेन्सीहरुबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेनमार्गका युवराज फ्रेडरिक औपचारिक रुपमा राजा घोषित
डेनमार्गका युवराज फ्रेडरिक औपचारिक रुपमा राजा घोषित
मोडेल एवं सञ्चारकर्मी एलिना थपलियाको म्युजिक भिडियो सार्वजनिक
मोडेल एवं सञ्चारकर्मी एलिना थपलियाको म्युजिक भिडियो सार्वजनिक
बर्दियालाई बाढीबाट जोगाउने नेता गौतमको भनाइ
बर्दियालाई बाढीबाट जोगाउने नेता गौतमको भनाइ
धर्ना बस्दाबस्दा निर्मला पन्तका बुबाको मानसिक सन्तुलन खराब
धर्ना बस्दाबस्दा निर्मला पन्तका बुबाको मानसिक सन्तुलन खराब
भूकम्पः मृतक र घाइते परिवारको जीवनयापन कठिन
भूकम्पः मृतक र घाइते परिवारको जीवनयापन कठिन
बक्यौता रकम तिर्न प्राधिकरणको आग्रह, कसले कति बाँकी तिर्न ?
बक्यौता रकम तिर्न प्राधिकरणको आग्रह, कसले कति बाँकी तिर्न ?
१४ पूर्वप्रधानन्यायाधीशले फिर्ता गरेनन् सरकारी गाडी ,कल्याण श्रेष्ठको सबैभन्दा महंगो
१४ पूर्वप्रधानन्यायाधीशले फिर्ता गरेनन् सरकारी गाडी ,कल्याण श्रेष्ठको सबैभन्दा महंगो
दोस्रोपटक भोट हालेपछि मतदाताले भने : हाम्रो मत खेर नजाओस्
दोस्रोपटक भोट हालेपछि मतदाताले भने : हाम्रो मत खेर नजाओस्
भद्रपुर नगरपालिकाको ४ मा माओवादी र ५ मा काँग्रेस विजयी
भद्रपुर नगरपालिकाको ४ मा माओवादी र ५ मा काँग्रेस विजयी
कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन
कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन

तपाईंले छुटाउनुभयो कि?