मालीको राष्ट्रपतिमा केइटा पुनः निर्वाचित

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १, २०७५
|
|
६५ पटक हेरिएको
Shares
मालीको राष्ट्रपतिमा केइटा पुनः निर्वाचित

सारांश

  • बामाको, माली, ३१ साउन  ।
  • मालीका राष्ट्रपति इब्राहिम बाउबाकर केइटा थप एक कार्यकालका लागि फेरी निर्वाचित बताएका छन् ।
  • आगामी पाँच बर्ष पनि राष्ट्रपति नै रहनेगरी भारी मत अन्तरले उहाँ पुनः निर्वाचित हुनुभएको यहाँको निर्वाचन कार्यालयले बिहीबार जनाएको छ ।

बामाको, माली, ३१ साउन  । मालीका राष्ट्रपति इब्राहिम बाउबाकर केइटा थप एक कार्यकालका लागि फेरी निर्वाचित बताएका छन् ।आगामी पाँच बर्ष पनि राष्ट्रपति नै रहनेगरी भारी मत अन्तरले उहाँ पुनः निर्वाचित हुनुभएको यहाँको निर्वाचन कार्यालयले बिहीबार जनाएको छ ।
विदेशी पर्यबेक्षकहरुको कडा निगरानीकाबीच भएको निर्वाचनबाट ७३ बर्षीय केइटाले ६७।१७ प्रतिशत मत आफ्नो पक्षमा पारेका छन् ।

गत आइतबार भएको निर्वाचनमा उहाँका प्रतिद्वन्द्वी तथा पूर्व अर्थमन्त्री सौमैला सिसेले ३२।८३ प्रतिशत मत ल्याएका छन् ।सन् २०१३ मा पनि केइटासँग प्रतिस्पर्धा गर्नुभएका ६८ बर्षीय सिसेले त्यतिबेला ३४।५ प्रतिशत मत पाएका थिए ।भूपरिवेष्ठित मुलुक मालीमा झण्डै २० प्रकारका आदीवासीहरूको मुख्य बसोबास रहेको छ ।

उनीहरूबीचमा द्वन्द्वपनि रहेको छ ।द्वन्द्वहरूमा पनि यस बर्ष मात्रै सयौँ मानिसको मृत्यु भएको थियो । निर्वाचनका बेला द्वन्द्वको विषयलाई नै विपक्षीहरूले मुख्य मुद्दा बनाएका थिए ।निर्वाचनमा पराजित भएको प्रतिपक्षी समूहहरूले भने नतिजा अस्वीकार गर्ने बताएका छन् । निर्वाचन परिणाम विश्वसनीय नभएको विपक्षीहरुको दावी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतको प्रस्ताव ‘सुविधाको गाडीको साटो एम्बुलेन्स किनौ’
कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतको प्रस्ताव ‘सुविधाको गाडीको साटो एम्बुलेन्स किनौ’
देव कर्नरको २० औँ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १ सय २६ जनाले गरे रक्तदान
देव कर्नरको २० औँ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १ सय २६ जनाले गरे रक्तदान
श्रीलङ्काली राष्ट्रपति सिरिसेना स्वयम्भू भ्रमणमा जाने !
श्रीलङ्काली राष्ट्रपति सिरिसेना स्वयम्भू भ्रमणमा जाने !
पोखराको चोरसाँघुमा सेती नदीमाथि बनेको पक्की पुलको उद्घाटन
पोखराको चोरसाँघुमा सेती नदीमाथि बनेको पक्की पुलको उद्घाटन
घाँस काट्दा भीरबाट लडेर महिलाको मृत्यु
त्रिविमा गैर राजनीतिक नेतृत्त्व माग गर्दै सडकमा बहस
त्रिविमा गैर राजनीतिक नेतृत्त्व माग गर्दै सडकमा बहस
ओली-दाहाल वार्तामा पौडेल र शर्मा पनि सहभागी
ओली-दाहाल वार्तामा पौडेल र शर्मा पनि सहभागी
आखिर ओली र प्रचण्ड कुन ठाउँमा बसेर गोप्य वार्ता  गर्दैछन् ?
आखिर ओली र प्रचण्ड कुन ठाउँमा बसेर गोप्य वार्ता गर्दैछन् ?
राष्ट्रपति पौडेलबाट विभिन्न व्यक्ति विभूषित
राष्ट्रपति पौडेलबाट विभिन्न व्यक्ति विभूषित
इजरायलको आक्रमणमा दुई इरानी सेनाको मृत्यु
इजरायलको आक्रमणमा दुई इरानी सेनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?