नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना हो ः मुख्यमन्त्री भट्ट

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १, २०७५
|
|
५८ पटक हेरिएको
Shares
नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना हो ः मुख्यमन्त्री भट्ट

सारांश

  • धनगढी, १ भदौ ,।
  • आजबाट लागू भएको मुलुकी देवानी तथा फौजदारीसम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा कानूनी राज्य स्थापना हुनेमा जोड दिइएको छ ।
  • मुलुकी देवानी फौज्दारीसम्बन्धी संहिता लागू भएको अवस्थामा प्रदेश नं ७, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तरक्रियाका वक्ताहरुले नयाँ कानूनलाई हरेक व्यक्तिले आ–आफ्नो नैतिकता र आचरणसँग जोड्दै सफल कार्यान्वयन गर्ने÷गराउनेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याए ।

धनगढी, १ भदौ ,।आजबाट लागू भएको मुलुकी देवानी तथा फौजदारीसम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा कानूनी राज्य स्थापना हुनेमा जोड दिइएको छ । मुलुकी देवानी फौज्दारीसम्बन्धी संहिता लागू भएको अवस्थामा प्रदेश नं ७, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तरक्रियाका वक्ताहरुले नयाँ कानूनलाई हरेक व्यक्तिले आ–आफ्नो नैतिकता र आचरणसँग जोड्दै सफल कार्यान्वयन गर्ने÷गराउनेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाली समाजको रुपान्तरणका लागि यो कानून ऐतिहासिक घटना भएको उल्लेख गर्दै भनसुन र आफ्नो इच्छानुसार कानूनको कार्यान्वयन गर्ने गराउने विगतको प्रवृत्तिको यो कानूनले अन्त्य गराउने विश्वास व्यक्त गरे। “सकारात्मक सोच राखेर कानून पालना गर्ने भूमिका निर्वाह गर्नु सबै नागरिकको कर्तव्य हो”, मुख्यमन्त्री भट्टले भने ।

प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले नयाँ कानूनको कार्यान्वयनका लागि यसमा भएका कानूनी व्यवस्थाको प्रचारप्रसार र सचेतना गराउनु आवश्यक रहेको बताए ।कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री पठानसिं बोहरा, मुख्य न्यायाधिवक्ता, प्रमुख सचिव, प्रदेशसभाका सदस्यलगायतले पनि नयाँ कानूनको कार्यान्वयनमा जोड दिए  । यो ऐन कार्यान्वयनमा आएसँगै विसं १९१० मा निर्माण गरिएको मुलुकी ऐन प्रतिस्थापन भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यि हुन नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक
यि हुन नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक
बुधवार २ सय १० कोरोना संक्रमित थपिए, १४६ डिस्चार्ज
ग्रहणका समयमा के गर्नुहुन्छ,  के गर्नुहुदैन ?
ग्रहणका समयमा के गर्नुहुन्छ, के गर्नुहुदैन ?
स्पेनिस सुपर कपको उपाधि रियल म्याड्रिडलाई
स्पेनिस सुपर कपको उपाधि रियल म्याड्रिडलाई
दिगो विकास लक्ष्य पूरा गर्न युवाहरुको भूमिका महत्वपूर्ण : सभामुख
दिगो विकास लक्ष्य पूरा गर्न युवाहरुको भूमिका महत्वपूर्ण : सभामुख
पोखरा निर्विवाद प्रदेश राजधानी- अखण्ड र एकीकृत बनाउने उद्घोष
पोखरा निर्विवाद प्रदेश राजधानी- अखण्ड र एकीकृत बनाउने उद्घोष
विश्वकपमा छनोटमा अर्जेन्टिनाको झिनो सम्भावना
विश्वकपमा छनोटमा अर्जेन्टिनाको झिनो सम्भावना
प्रहरी इन्काउन्टरमा अहिलेसम्म को को मारिए ? के भन्छन् मानवअधिकारकर्मी…
प्रहरी इन्काउन्टरमा अहिलेसम्म को को मारिए ? के भन्छन् मानवअधिकारकर्मी…
सुनको भाउ तोलामा ४०० रुपैयाँले वृद्धि, प्रतितोला ९३ हजार ५०० रुपैयाँ
सुनको भाउ तोलामा ४०० रुपैयाँले वृद्धि, प्रतितोला ९३ हजार ५०० रुपैयाँ
मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित र गतिशील तुल्याइनेछ : उपप्रधानमन्त्री खड्का
मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित र गतिशील तुल्याइनेछ : उपप्रधानमन्त्री खड्का

तपाईंले छुटाउनुभयो कि?