कतार नेपाली एकता समाजको अध्यक्षमा हेमन्त वाइबा

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १०, २०७५
|
|
५२ पटक हेरिएको
Shares
कतार नेपाली एकता समाजको अध्यक्षमा हेमन्त वाइबा

सारांश

  • उद्धव मगर दोहो (कतार), कतार नेपाली एकता समाजको अध्यक्षमा हेमन्त वाइबा चयन भएका छन् ।
  • समाजको भर्खरै सम्पन्न पाँचौं राष्ट्रिय सम्मेलनले वाइबाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो ।
  • केन्द्रीय कार्यसमितिमा अध्यक्ष हेमन्त वाइबा (काभ्रेपलाञ्चोक), प्रथम उपाध्यक्ष धनबहादुर परियार (तनहुँ), द्वितीय उपाध्यक्ष अमिना खान (काठमाडौं), महासचिव खिम बुढा मगर (बाग्लुङ), सचिव विष्णु थापा (गुल्मी) र कोषाध्यक्ष रामइन्दल थिङ (सर्लाही) चुनिएका छन् ।

उद्धव मगर

दोहो (कतार), कतार नेपाली एकता समाजको अध्यक्षमा हेमन्त वाइबा चयन भएका छन् । समाजको भर्खरै सम्पन्न पाँचौं राष्ट्रिय सम्मेलनले वाइबाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो ।

केन्द्रीय कार्यसमितिमा अध्यक्ष हेमन्त वाइबा (काभ्रेपलाञ्चोक), प्रथम उपाध्यक्ष धनबहादुर परियार (तनहुँ), द्वितीय उपाध्यक्ष अमिना खान (काठमाडौं), महासचिव खिम बुढा मगर (बाग्लुङ), सचिव विष्णु थापा (गुल्मी) र कोषाध्यक्ष रामइन्दल थिङ (सर्लाही) चुनिएका छन् । केन्द्रीय कार्यसमितिका सदस्यहरुमा लुमाकान्त पुन मगर (दाङ), टुकनाथ शर्मा (बारा), लमण कोइराला (तनहुँ), जानुका बस्नेत (ललितपुर), टुकबहादर थापा (ओखलढुङ्गा), रामप्रसाद पराजुली (अर्घाखाँची), कमल आचार्य (दाङ), बलदेव राना (प्यूठान) र सूर्य सुवेदी (दाङ) चुनिएका छन् ।

त्यसैगरी बैकल्पिक सदस्यहरुमा हरिप्रसाद शर्मा (चितवन), थम्मन थापा (बाग्लुङ), खगेश्वर भुसाल (अर्घाखाची), गेजमान विक (प्यूठान), गिरी काउछा (बाग्लुङ) र मीनराज पुन मगर (दाङ) चुनिएका छन् । त्यस्तै, सल्लाहाकारहरुमा हेम बस्नेत (दाङ), ईश्वरी थापा (गुल्मी), अमर विक (बाग्लुङ), सत्यबहादुर पुनमगर (दाङ), हेमबहादुुर थापा (गुल्मी), हुमाकान्त आचार्य (दाङ) र उद्धव मगर (रामेछाप) रहेका छन् ।

पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भव्य समारोहबीच उद्घाटन गरेका थिए । राष्ट्रिय सम्मेलनको बन्दशत्रले नयाँ कार्यसमितिको चयन गरेको हो ।

 

 

 

 

 

 

https://abhiyanpost.com/2018/08/22/85376/

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?