राहुल गान्धी काठमाडौं हुँदै मानसरोवर जाने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
६१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ १५,भदौ।
  • भारतीय कांग्रेस आईका नेता राहुल गान्धी नेपाल आएका छन्।
  • धार्मिक भ्रमणका लागि उनी नेपाल आएका छन्।

काठमाडौ १५,भदौ।भारतीय कांग्रेस आईका नेता राहुल गान्धी नेपाल आएका छन्। धार्मिक भ्रमणका लागि उनी नेपाल आएका छन्। गान्धी नियमित उडानमार्फत शुक्रबार दिउँसो आएका हुन्। उनी मानसरोवर जानका लागि नेपाल आएका हुन्। नेपालगञ्जबाट मुगु हुँदै मानसरोवर जान लागेका हुन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार कांग्रेस अध्यक्ष गान्धी मानसरोवर यात्राका लागि शुक्रबार काठमाडौं प्रस्थान गर्दैछन्। गान्धी १२ सेप्टेम्बरमा दिल्ली फर्कने कार्यक्रम रहेको कांग्रेसका अधिकारीहरुलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन्। तर, गान्धीको काठमाडौंमा बस्ने अवधि र मानसरोवरको भ्रमण तालिका भने सार्वजनिक गरिएको छैन।
गत २६ अप्रिलमा कर्नाटक विधानसभा चुनावको प्रचारका क्रममा गान्धी चढेको जहाजमा अचानक प्राविधिक गडबडी देखिएपछि आपतकालीन अवतरण गर्नु परेको थियो। त्यसको केही दिनपछि २९ अप्रिलमा दिल्लीमा आयोजित एक आमसभालाई सम्बोधन गर्दै गान्धीले उक्त घटनाले आफू भित्रैदेखि बिचलित भएको र त्यतिबेला कैलाश मानसरोवरको सम्झना आएको हुँदा पार्टीले अनुमति दिए राजनीतिक गतिविधिबाट करिब दुईसाताको छुट्टी लिएर चाँडै नै कैलाश मानसरोवारको यात्रामा जाने बताएका थिए।

संयोगले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नै भएका बेला उनी नेपाल आएका हुन्। बिम्स्टेक सम्मेलनमा भाग लिन नेपाल आएका मोदी आज नै स्वदेश फर्कदैछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

A Sample Commercial Agricultural Development Concept-Ganesh Shakya
A Sample Commercial Agricultural Development Concept-Ganesh Shakya
यसरि हुन्छ काठमाडौंमा आइपीएल सट्टेबाजी, बुक्की डन नागराजमाथि प्रहरीको निशाना
यसरि हुन्छ काठमाडौंमा आइपीएल सट्टेबाजी, बुक्की डन नागराजमाथि प्रहरीको निशाना
ओलीलाई भेट्न पुगे कमल थापा, विपक्षीको बैठकमा चलिरहँदा
ओलीलाई भेट्न पुगे कमल थापा, विपक्षीको बैठकमा चलिरहँदा
नेकपा भित्र राष्ट्रपतिको बढ्दो सक्रियता, बैठकमै गरिन हस्तक्षेप
नेकपा भित्र राष्ट्रपतिको बढ्दो सक्रियता, बैठकमै गरिन हस्तक्षेप
आजदेखि इम्बोसड प्रणाली शुरु: सरकारीमा अनिवार्य, निजीलाई स्वेच्छिक
आजदेखि इम्बोसड प्रणाली शुरु: सरकारीमा अनिवार्य, निजीलाई स्वेच्छिक
प्रदेश तहमा बर्न उपचार केन्द्र विस्तार गर्ने सरकारको नीति: विपन्नलाई १० प्रतिशत सहुलियत सेवा अनिवार्य
प्रदेश तहमा बर्न उपचार केन्द्र विस्तार गर्ने सरकारको नीति: विपन्नलाई १० प्रतिशत सहुलियत सेवा अनिवार्य
शुटिङका बेला हिरो-हिरोइनले होस गुमाएर बहकिएपछि‘……
शुटिङका बेला हिरो-हिरोइनले होस गुमाएर बहकिएपछि‘……
रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घन्टा सडकमा हिँडेकाे घटनाले भारत स्तब्ध
रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घन्टा सडकमा हिँडेकाे घटनाले भारत स्तब्ध
हेलिकप्टर दुर्घटनामा १३ जनाको मृत्यु
हेलिकप्टर दुर्घटनामा १३ जनाको मृत्यु
एउटा त्यस्तो गायक जो आफ्नो देशभन्दा चर्चित बन्यो
एउटा त्यस्तो गायक जो आफ्नो देशभन्दा चर्चित बन्यो

तपाईंले छुटाउनुभयो कि?