नगरपालिकाकाे लागी किनेकाे मोटरसाईकललाई चाउमिन बेच्ने काममा प्रयोग गरेपछि …

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र १८, २०७५
|
|
६० पटक हेरिएको
Shares
नगरपालिकाकाे लागी किनेकाे मोटरसाईकललाई चाउमिन बेच्ने काममा प्रयोग गरेपछि …

सारांश

  • काठमाडाै, १८ भदाै ।
  • सुर्खेतको पश्चिममा पर्ने पञ्चपुरी नगरपालिकाका एक कर्मचारीले सरकारी मोटरसाईकललाई चाउमिन बेच्ने काममा प्रयोग गरेको पाइएको छ।
  • नगरपालिकाले खरिद गरेको मोटरसाईकल नगरपालिकामा खानेपानी सहायक प्राविधिकका रूपमा कार्यरत कर्मचारी यामराज जोशीले चाउमिन लोड गरेको अवस्थामा शुक्रबार वीरेन्द्रनगरमा फेला परेको हो।

काठमाडाै, १८ भदाै । सुर्खेतको पश्चिममा पर्ने पञ्चपुरी नगरपालिकाका एक कर्मचारीले सरकारी मोटरसाईकललाई चाउमिन बेच्ने काममा प्रयोग गरेको पाइएको छ। नगरपालिकाले खरिद गरेको मोटरसाईकल नगरपालिकामा खानेपानी सहायक प्राविधिकका रूपमा कार्यरत कर्मचारी यामराज जोशीले चाउमिन लोड गरेको अवस्थामा शुक्रबार वीरेन्द्रनगरमा फेला परेको हो।

जनताको कामकाजमा छरितो होस भनेर नगरपालिकाले जोशीलाई चलाउन दिएको भे १ ब १२२५ नम्बरको सरकारी नम्बर प्लेटसहितको मोटरसाईकलमा खाजा पसलहरुमा पुर्‍याउने चाउमिन लोड गरिएको अवस्थामा फेला परेको हो । जनताको काम छिटो छरितो होस भन्ने उद्देश्यले कार्यालयले जोशीलाई मोटरसाईकल दिएको भए पनि उनले वीरेन्द्रनगरमा चाउमिन बेच्न प्रयोग गर्दै आएको पाइएको छ।

यसका साथै उक्त मोटरसाईकल गाउँमा घाँस बोक्न, चाउमिन बोक्न तथा नयाँलाई सिकाउन प्रयोग हुँदै आएको र सरकारी कामकाजमा प्रयोग नभएको स्थानीयले बताएका छन् ।उक्त मोटरसाईकल पञ्चपुरी नगरपालिकाले २ महिना अघिमात्र खरिद् गरेको थियो ।सरकारी मोटरसाईकलको निजी काममा प्रयोग भएको पाइएपछि पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाले ती कर्मचारीलाई कारबाही गरिने बताए। मोटरसाईकल दुरूपयोग गर्ने प्राविधिक कर्मचारी जोशीलाई तत्काल स्पष्टीकरणसहित कारबाहीको प्रक्रिया अगाडि बढाइने उनले बताए। ‘राज्यको सम्पत्ति दुरुपयोग गर्ने अधिकार कसैलाई पनि छैन,’ मेयर थापाले सेतोपाटीसँग भने, ‘मोटरसाईकल तत्काल कार्यालयमा ल्याउन निर्देशन दिएको छु, कारबाहीको लागि प्रक्रिया अगि बढाउँछौँ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका चार र लोसपाका एक मन्त्रीले लिए शपथ
मधेसमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका चार र लोसपाका एक मन्त्रीले लिए शपथ
Japan’s oldest person Chiyo Miyako dies at 117
Japan’s oldest person Chiyo Miyako dies at 117
कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, एमालेका कार्कीलाई नियुक्त गर्न परमादेश
कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, एमालेका कार्कीलाई नियुक्त गर्न परमादेश
एक वर्षमा साढे ३२ हजारले बढ्यो सुन
एक वर्षमा साढे ३२ हजारले बढ्यो सुन
नायक सनी देवल साढे ८२ हजार मत अन्तरले बिजयी
नायक सनी देवल साढे ८२ हजार मत अन्तरले बिजयी
सरकार र राहत शिक्षकबीच मिल्यो कुरा, आन्दोलन स्थगित
सरकार र राहत शिक्षकबीच मिल्यो कुरा, आन्दोलन स्थगित
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा
माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसामू अघि सार्यो १२ बुँदे माग, पूरै तलब नदिए अख्तियार जाने चेतावनी
माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसामू अघि सार्यो १२ बुँदे माग, पूरै तलब नदिए अख्तियार जाने चेतावनी
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
आङटावा शेर्पाविरुद्ध ५ जनाको किटानी जाहेरी
आङटावा शेर्पाविरुद्ध ५ जनाको किटानी जाहेरी

तपाईंले छुटाउनुभयो कि?