पच्चीस वर्ष कै सबैभन्दा ठूलो सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २०, २०७५
|
|
६० पटक हेरिएको
Shares
पच्चीस वर्ष कै सबैभन्दा ठूलो सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु

सारांश

  • जापान-२०,भदौ.
  • जापानमा सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन्।
  • यहाँको प्रमुख विमानस्थलमा भएको ठूलो क्षतिका कारण हजारौं मानिस अलपत्र परेका छन्।

जापान-२०,भदौ. जापानमा सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन्। यहाँको प्रमुख विमानस्थलमा भएको ठूलो क्षतिका कारण हजारौं मानिस अलपत्र परेका छन्।

जेबी नाम दिइएको आँधी मङ्गलबार दिउँसो जापानको पश्चिमी तटीय क्षेत्रमा प्रवेश गरेको थियो। ठूलो वर्षा सहित आएको सो आँधीको गति २ सय १६ किलोमिटर प्रतिघण्टा रहेको स्थानीय मौसम विज्ञान विभागले जनाएको छ। सामुद्रिक टापुजस्तो ठाउँमा निर्माण गरिएको कानसाई अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने एउटा पुलमा नराम्रोसँग क्षति पुगेको छ। यातायात मन्त्रालयका एक अधिकारीका अनुसार उक्त विमानस्थलमा करिब तीन हजार यात्रु अलपत्र अवस्थामा छन्।

बुधबार बिहान विमानस्थलमा अलपत्र यात्रुहरुलाई नजिकको कोबेमा स्थानान्तरण गरिएको छ। तर दैनिक ४ सयभन्दा बढी उडान भर्ने यो विमानस्थल पुनः चालू हुनेबारे अझै भन्न नसकिने अधिकारीहरुको भनाइ छ। विमानस्थलमा रातभर विद्युत सेवा कटौती गरिएको थियो। यहाँ अति गर्मी थियो,’ उद्धार गरिएकी एक महिलाले भनिन्। ‘आँधीबाट यो स्तरको क्षति भएको यसअघि मलाई कहिल्यै थाहा थिएन।’

अमेरिकामा पनि आँधीको त्रास 

अमेरिकी तटीय इलाकाबाट मङ्गलबार राति आएको गोर्डोन नामको आँधी अमेरिकाको अलाबामा र मिसिसीपी राज्यमा फैलिएको छ। अधिकारीहरुले दुबै राज्यका साथै लुजियाना राज्यको न्यू अर्लिएन्समा आपतकालीन स्थितिको घोषणा गरेका छन्। लुजियाना राज्यमा सन् २००५ मा आएको आँधीका कारण जनधनको व्यापक क्षति भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ महिनाकालागि विद्यालय बन्द
६ महिनाकालागि विद्यालय बन्द
देशको बेईज्जत गरेपछी डा सोमलाललाई एमाले र मजदुर किसान पार्टिले दिए यस्तोअल्टिमेटम
देशको बेईज्जत गरेपछी डा सोमलाललाई एमाले र मजदुर किसान पार्टिले दिए यस्तोअल्टिमेटम
सीपीएलः सन्दिपले लिए तीन विकेट, वर्षाले खेल रोकियो
सीपीएलः सन्दिपले लिए तीन विकेट, वर्षाले खेल रोकियो
अमेरिकामा प्रधानमन्त्री ओलीले यी ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसंग भेट्दै
अमेरिकामा प्रधानमन्त्री ओलीले यी ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसंग भेट्दै
एमसीसीमा सहयोग गर्नेलाई धन्यवाद दिदै सरकारले सुनायो मन्त्रिपरिषद बैठकको निर्णय
एमसीसीमा सहयोग गर्नेलाई धन्यवाद दिदै सरकारले सुनायो मन्त्रिपरिषद बैठकको निर्णय
कृषिको यान्त्रिकीकरणमा जोड दिनुपर्छः कृषि राज्यमन्त्री प्रसाईं
कृषिको यान्त्रिकीकरणमा जोड दिनुपर्छः कृषि राज्यमन्त्री प्रसाईं
स्थानीय निर्वाचनको मतगणनास्थलमा सीसीटीभी राखिने
स्थानीय निर्वाचनको मतगणनास्थलमा सीसीटीभी राखिने
अझै सम्पन्न भएन शीतभण्डार
अझै सम्पन्न भएन शीतभण्डार
सरकारको काम देख्न नसकेर विरोधी हतास बनेको : नेता नेपाल
सरकारको काम देख्न नसकेर विरोधी हतास बनेको : नेता नेपाल
१० दिनदेखि हराएका ३ जना किशोरी भेटिएनन्

तपाईंले छुटाउनुभयो कि?