चिनीया राष्ट्रपति रसिया शिखर बैठकमा सहभागी हुने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
५१ पटक हेरिएको
Shares
चिनीया राष्ट्रपति रसिया शिखर बैठकमा सहभागी हुने

सारांश

  • बेइजिङ, २२ भदौ ।
  • चिनीया राष्ट्रपति सी जिनपिङ अर्को साता रसियामा आयोजना हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुनुहुने चिनीया विदेश मन्त्रालयले जनाएको छ ।
  • जापान र दक्षिण कोरियाका प्रधानमन्त्रीहरु पनि सहभागी हुने उक्त सम्मेलनमा उत्तर कोरियाली नेता कीम जोङ उनलाई पनि आमन्त्रण गरिएको छ ।

बेइजिङ, २२ भदौ । चिनीया राष्ट्रपति सी जिनपिङ अर्को साता रसियामा आयोजना हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुनुहुने चिनीया विदेश मन्त्रालयले जनाएको छ । जापान र दक्षिण कोरियाका प्रधानमन्त्रीहरु पनि सहभागी हुने उक्त सम्मेलनमा उत्तर कोरियाली नेता कीम जोङ उनलाई पनि आमन्त्रण गरिएको छ ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता कीमलाई रुसको भ्लाडिभोस्टकमा आयोजना हुने पूर्वी आर्थिक मञ्चमा सहभागी हुन आमन्त्रण गर्नुभएको छ । सम्मेलन यही सेप्टेम्बर ११–१३ मा हुँदैछ ।

कीमले भने सहभागिताका बारेमा घोषणा गर्नुभएको छैन, तर उहाँको सहभागिताले अन्तर्राष्ट्रिय जगतमा प्योङयाङको उपस्थिति बलियो हुनेछ ।चिनीया अधिकारीहरुले सम्मेलनका क्रममा राष्ट्रपति सी जिनपिङले अरु नेताहरुसँग अलगअलग भेटघाट गर्ने नगर्ने स्पष्ट भइनसकेको बताए ।चीनका विदेश सहायक मन्त्री झाङ हानहुइले अरु मुलुकबाट भेटघाटको प्रस्ताव आए त्यसलाई सकारात्मक लिइने संवाददाताहरुलाई बताउनुभयो । यसै वर्ष उत्तर कोरियाली नेता कीमसँग राष्ट्रपति सीले तीन पटक भेट गर्नुभएको छ ।

राष्ट्रपति सीले चिनीया वरिष्ट सांसद ली झान्सुलाई यही साता उत्तर कोरियाको ७०औं वार्षिकोत्सवमा सहभागी हुन प्योङयाङ पठाउनुभएको छ । यो वार्षिकोत्सवमा चिनीया राष्ट्रपति सहभागी हुने धेरैले अनुमान लगाएका थिए ।उत्तर कोरियाका सन्दर्भमा “रोलर–कोस्टर कुटनीति” अवलम्बन गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मात्र उत्तर कोरियाको आणविक निःशस्त्रीकरणसम्बन्धी वार्ता जीवितै रहेको सङ्केत गर्नुभएको छ ।

राष्ट्रपति सी भ्लाडिभोस्टकमा मङ्गलबार र बुधबार रहनुहुनेछ । रसियाले आयोजना गरेको वार्षिक आर्थिक मञ्चको बैठकमा चिनीया नेताको यो पहिलो सहभागिता हो ।बैठकमा चीन र जापानबीच सन् २०१२ देखि बिग्रिएको सम्बन्धमा केही सुधार आएको छ । हालैका महिनाहरुमा दुबै पक्षबीच उच्चस्तरको भ्रमण हुनेक्रम सुरु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?