तीजको दर खाँदा ५० भन्दा बढी बिरामी

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र २३, २०७५
|
|
५९ पटक हेरिएको
Shares
तीजको दर खाँदा ५० भन्दा बढी बिरामी

सारांश

  • बनेपा,२३ भदाै।
  •  पाँचखाल नगरपालिका–१२ काँसकोटमा तीजको दर खाँदा ५० भन्दा बढी बिरामी भएको प्रहरीले जनाएको छ ।
  • स्थानीय ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्था लि ले शनिबार तीज विशेष दर खाने कार्यक्रम आयोजना गरी २०० जनालाई दर खुवाएको थियो ।

बनेपा,२३ भदाै। पाँचखाल नगरपालिका–१२ काँसकोटमा तीजको दर खाँदा ५० भन्दा बढी बिरामी भएको प्रहरीले जनाएको छ । स्थानीय ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्था लि ले शनिबार तीज विशेष दर खाने कार्यक्रम आयोजना गरी २०० जनालाई दर खुवाएको थियो ।

विषाक्त खानाका कारण बिरामी भएका उनीहरूको स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार विषाक्त खानाबाट अहिलेसम्ममा ५० जनालाई उपचारका लागि अस्पताल ल्याउनेक्रम जारी रहेको र बिरामी अझै बढ्ने देखिएको छ । बिरामीमध्ये बालबालिका बढी सिकिस्त रहेको जनाइएको छ ।

बिरामीको सङ्ख्या बढ्दै गएको र विशेषगरी बालबालिका सिकिस्त रहेको भन्ने जानकारी आएका कारण दुबै अस्पतालमा द्रुत गतिमा सेवा प्रवाह गर्नका लागि चिकित्सको टोलीलाई आग्रह गरिसकिएको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउन ७ गते बुधवारको राशिफल यस्तो छ
साउन ७ गते बुधवारको राशिफल यस्तो छ
दुई अधिकृत घुस लिँदैगर्दा पक्राउ
भरतपुर मतगणना विवाद : सर्वोच्चमा आज पनि बहस हुँदै
भरतपुर मतगणना विवाद : सर्वोच्चमा आज पनि बहस हुँदै
सामाजिक सुरक्षा वितरण र नागरिकता किर्ते गरेको आरोपमा वडा अध्यक्ष कारागार चलान
सामाजिक सुरक्षा वितरण र नागरिकता किर्ते गरेको आरोपमा वडा अध्यक्ष कारागार चलान
वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले,अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले,अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
गगन थापाको गर्जनलाई ध्वस्त बनाउने गरी यसरी संसदमै गरे परराष्ट्रमन्त्रीले जवाफी फायरिंग  !
गगन थापाको गर्जनलाई ध्वस्त बनाउने गरी यसरी संसदमै गरे परराष्ट्रमन्त्रीले जवाफी फायरिंग !
पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव
पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव
नयाँ वर्षको सुरुवात रक्तदान कार्यक्रम गर्दै ब्लडपल
नयाँ वर्षको सुरुवात रक्तदान कार्यक्रम गर्दै ब्लडपल
हिमपातले विकास निर्माणका काम प्रभावित
हिमपातले विकास निर्माणका काम प्रभावित
चाकडीको चरमरूप ! एनटीभी डुबाउने खेल, बेकम्माको प्रत्यक्ष प्रसारण तयारी !!
चाकडीको चरमरूप ! एनटीभी डुबाउने खेल, बेकम्माको प्रत्यक्ष प्रसारण तयारी !!

तपाईंले छुटाउनुभयो कि?