वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले,अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
सारांश
- नेकपा एमालेले उपाध्यक्ष वामदेव गौतमको पराजयको कारण पत्ता लगाउन दुईवटा छानबिन समिति बनाएको छ ।
- स्थानीय तह निर्वाचनमा एमाले र माओवादी केन्द्रलाई प्राप्त मतका आधारमा बर्दिया–१ वाम गठबन्धनका लागि सुरक्षित क्षेत्र मानिन्थ्यो ।
- प्युठानमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई क्षेत्र छाड्नुपर्ने भएपछि गौतमले सुरक्षित क्षेत्रका रूपमा बर्दिया नै रोजेका थिए ।
नेकपा एमालेले उपाध्यक्ष वामदेव गौतमको पराजयको कारण पत्ता लगाउन दुईवटा छानबिन समिति बनाएको छ ।
स्थानीय तह निर्वाचनमा एमाले र माओवादी केन्द्रलाई प्राप्त मतका आधारमा बर्दिया–१ वाम गठबन्धनका लागि सुरक्षित क्षेत्र मानिन्थ्यो । प्युठानमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई क्षेत्र छाड्नुपर्ने भएपछि गौतमले सुरक्षित क्षेत्रका रूपमा बर्दिया नै रोजेका थिए । तर, प्रदेश सभाका दुवै क्षेत्रमा वाम गठबन्धनकै उम्मेदवार विजयी हुँदा गौतम भने उनीहरूले प्राप्त गरेभन्दा करिब ३ हजार कम मत पाएर पराजित भए ।
उपमहासचिव तथा ५ नम्बर प्रदेशका संयोजक विष्णु पौडेलको एकल निर्णयमा गत शनिबार तीन सदस्यीय प्रदेशस्तरीय छानबिन समिति बनेको हो । समितिमा वैकल्पिक पोलिटब्युरो सदस्य बैजनाथ थारू सदस्य तथा ५ नम्बर प्रदेश सचिव भूमिश्वर ढकाल र कार्यालय सचिव गोपाल भट्टराई सदस्य छन् ।समितिलाई छिटोभन्दा छिटो पराजयको कारणबारे सत्य–तथ्य छानबिन गर्ने जिम्मा दिइएको उपमहासचिव पौडेलले बताए । ‘उहाँहरूलाई छिटोभन्दा छिटो सत्य–तथ्य पत्ता लगाई गल्ती गर्नेलाई कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश दिइएको छ, पौडेलले भने, ‘समितिले प्रतिवेदन बुझाइसकेपछि वास्तविकता बाहिर आउने एवं गौतमले आसंका गर्दै आएका पार्टीभित्रैबाट अन्तर्घात गरेको प्रमाणित भएमा कारबाही शुरु गर्ने स्रोतले जनाएको छ ।
प्रतिक्रिया