सत्तामा बसेसर बदनामी कमाएपछि कांग्रेस–माओवादी गठबन्धनले चुनावमा मतदातालाई बाँड्न राज्यकोषबाट ८ अर्व ७१ करोड रुपैयाँ गाउँमा पठाएका छन्

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ ८, २०७४
|
|
६२ पटक हेरिएको
Shares
सत्तामा बसेसर बदनामी कमाएपछि कांग्रेस–माओवादी गठबन्धनले चुनावमा मतदातालाई बाँड्न राज्यकोषबाट ८ अर्व ७१ करोड रुपैयाँ  गाउँमा पठाएका छन्

सारांश

  • कांग्रेस–माओवादीका लागि मतदाता किन्न राज्यकोषको ८ अर्व ७१ करोड निकासा कार्यान्वयन गर्न नमान्ने कर्मचारीलाई सरुवा .
  •  निर्वाचन आयोगले रोक लगाए पनि कांग्रेस–माओवादीले निर्वाचनको मौन अवधीमा मतदातालाई बाँड्न राज्यकोषको अर्वाैं रकम दुरुपयोग गर्न लागेका हुन् ।
  •   द्वन्द्व पीडितका नाममा रकम निकासा गरी चुनावी प्रयोजनमा तजविजी वितरणका गर्न राज्यकोषको सम्पत्ती कांग्रेस र माओवादीले चुनावमा खर्च गर्न लागेका हुन् ।

कांग्रेस–माओवादीका लागि मतदाता किन्न राज्यकोषको ८ अर्व ७१ करोड निकासा कार्यान्वयन गर्न नमान्ने कर्मचारीलाई सरुवा .  निर्वाचन आयोगले रोक लगाए पनि कांग्रेस–माओवादीले निर्वाचनको मौन अवधीमा मतदातालाई बाँड्न राज्यकोषको अर्वाैं रकम दुरुपयोग गर्न लागेका हुन् ।  द्वन्द्व पीडितका नाममा रकम निकासा गरी चुनावी प्रयोजनमा तजविजी वितरणका गर्न राज्यकोषको सम्पत्ती कांग्रेस र माओवादीले चुनावमा खर्च गर्न लागेका हुन् । शान्ति मन्त्रालयअन्तर्गतको राहत तथा पुनस्स्थापना एकाइ मार्फत उक्त रकम निकासाका लागि अख्तियारी दिएको हो । निर्वाचन आयोगले यसअघि नै पत्राचार गरी त्यसले निर्वाचन आचारर संहिता उल्लंघन हुने भन्दै रोक लगाएको थियो ।  द्वन्द्व पीडितका नाममा रकम खर्च गर्ने वताए पनि स्थानीय तवरमा सत्तारुढ कांग्रेस र माओवादीका चुनावी अभियन्ता मार्फत उक्त रकम परिचालित हुनेछ । अघिल्लो चरणको चुनावमा पनि सत्तारुढ कांग्रेस माओवादीले मतदाता किन्न राज्यकोषको अर्वाैं रुपैयाँ खर्च गरेका थिए । अघिल्लो चरणको चुनावका लागि निकासा गरिएको रकमको ठूलो हिस्सा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाली छोरी उम्मेदवार भएको भरतपुर महानगरपालिकामा मतदाता किन्न खर्च गरिएको थियो ।   यति धेरै रकम वितरण गर्दा चुनावमा असर पर्ने र निर्वाचन आचारसंहिताविपरीत हुने भन्दै तत्काललाई स्थगित गर्न कर्मचारी वृत्तबाट आवाज उठेको भए पनि मन्त्रालयले प्राविधिक समस्या दर्शाई रकम निकासा गर्न अख्तियारी दिएको हो । चुनावका बेला मतदाता किन्न राज्यको अर्वाैं रकम खर्च गर्ने कांग्रेस र माओवादीले चुनाव नभएका बेला भने विकासका कार्यक्रममा भन्दा प्रशासनिक सेटिङ मार्फत राज्यस्रोतको दुरुपयोग गर्ने काममा प्राथमिकता दिंदै आएका थिए । त्यसै कारण मतदाता चिढिएको विश्लेषण गरी उनीहरुले चुनावमा मतदाता किन्न ८ अर्व ७१ करोड द्वन्द्व पीडितका नाममा निकासा गरेका हुन् ।  सशस्त्र युद्धबाट प्रभावित नागरिकलाई पीडाबाट मुक्त गर्न भन्दा पनि शान्ति प्रक्रियाका नाममा आफ्ना कार्यकर्तालाई राज्यको रकम भरिपुरण गराउने नीति यसअघि माओवादीले अपनाउँदै आएको थियो । जोसँग् सत्ता साझेदारी गरे पनि विकास निर्माणको प्राथमिकतामा मतलव नगरी द्वन्द्व पीडितका नाममा रकम छुट्याउनु पर्ने उसको प्रमुख माग हुँदै आएको थियो । द्वन्द्व पीडितका नाममा छुट्याएको रकम मात्रै होइन पूर्व लडाकुका नाममा छुट्याएको रकम समेत माओवादी नेताहरुले भ्रष्टाचार गर्दै आएका थिए ।  यसअघि सर्वसाधारण मृतकमध्ये १३ हजार ४ सय २८ परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ सरकारले वितरण गरिसकेको छ । त्यसमा प्रतिपरिवार थप ५ लाख रुपैयाँ थपी १० लाख दिइने निर्णय यस पटक गरिएको हो । विभिन्न जिल्लामा सूचीकृत विस्थापितहरूका नाममा १ अर्ब ४४ करोड रुपैयाँ वितरण गरिने उनीहरुले वताएका छन् । यसअघि पनि विस्थापितमध्येका आंशिक परिवारलाई सरकारले रकम उपलब्ध गराएको थियो । सबै शीर्षकमा गरी कुल ८ अर्ब ७१ करोड ६२ लाख १० हजार रुपैयाँ निकासा गर्ने निर्णय भएको हो । चुनाव अघि नै वितरण गर्न नसके पनि रकम निकासा गर्ने निर्णयले मतदातामा मनोवैज्ञानिक प्रभाव पर्ने विश्लेषण गरी गठबन्धन सरकारले राज्यको रकम पार्टीका लागि मतदाता किन्न खर्च गर्ने निर्णय गरेका हुन् ।  ‘रकम पठाउन अर्थ मन्त्रालयले शान्ति मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । शान्तिलाई एकाइमार्फत अख्तियारी पठाउन भनेपछि हामीले त्यसलाई कार्यान्वयन गरेका हौं,’ शान्ति मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले सञ्चार माध्यमहरुमा प्रतिक्रिया दिएका छन् । उक्त रकम स्वीकृत गर्ने निर्णय पुष्पकमल दाहाल नेतृत्वको सरकारले फागुन २५ गते नै गरेको थियो । तर, आयोगले निर्वाचन आचारसंहिता प्रभावित हुने भन्दै त्यसको कार्यान्वयन रोकेको थियो । सत्ताधारी दलले रकम दुरुपयोग गर्ने आशंकाले उक्त रकम जिल्ला पठाउन कर्मचारीले सुरुमा आनाकानी गरेका थिए । यसअघि प्रमुख रहेका एकाइ प्रमुख हरिकृष्ण ज्ञवालीले अख्तियारी प्रदान गर्न आनाकानी गरेकै कारण उनको सरुवा गरिएको थियो । मृतक र बेपत्ता परिवारका नाममा निकासा हुने रकम अनियमितता हुने, तिनका नाममा माओवादी केन्द्रले कार्यकर्ताको भरणपोषण गर्ने आरोप यसअघि पनि प्रतिपक्षी दलहरूले लगाउँदै आएका थिए । ‘यति ठूलो रकम यही बेला वितरण गर्न लाग्नु पनि शंकास्पद छ । पीडितका नाममा राज्यकोष दोहनको काम रोकिनुपर्छ भनी हामीले उठाएको आवाज सुनुवाइ भएन,’ मन्त्रालयका एक अधिकारीले भने । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९ महिनामा डाटा सेवाग्राहि २०.५१ प्रतिशतले वृद्धि
९ महिनामा डाटा सेवाग्राहि २०.५१ प्रतिशतले वृद्धि
सुन तोलाको ९०० ले घट्यो, प्रतितोला ७२ हजार ६०० कायम
सुन तोलाको ९०० ले घट्यो, प्रतितोला ७२ हजार ६०० कायम
जापानलाई चीन र उत्तर काेरियाबाट खतरा, प्रतिरक्षा बजेटमा गर्याे वृद्धि !
जापानलाई चीन र उत्तर काेरियाबाट खतरा, प्रतिरक्षा बजेटमा गर्याे वृद्धि !
यसकारण रियल म्याड्रिडलाई ‘बाइबाई’ गर्दै रोनाल्डो
यसकारण रियल म्याड्रिडलाई ‘बाइबाई’ गर्दै रोनाल्डो
भवन निर्माणका लागि यस्तो थियो एमालेको योजना
भवन निर्माणका लागि यस्तो थियो एमालेको योजना
मुस्ताङमा बाम गठबन्धनका उम्मेदवार विजयी
मुस्ताङमा बाम गठबन्धनका उम्मेदवार विजयी
बालुवाटारमा ओलीलाई प्रचण्डले भने ‘भारतले होइन मैले मागेको हो राजिनामा’
बालुवाटारमा ओलीलाई प्रचण्डले भने ‘भारतले होइन मैले मागेको हो राजिनामा’
प्रचण्डलाई भेटेर वर्षमानले भने,‘प्रधानमन्त्रिले यस्तैगरि पेल्दै जाने हो भने हामी काम गर्न सक्दैनौं,
प्रचण्डलाई भेटेर वर्षमानले भने,‘प्रधानमन्त्रिले यस्तैगरि पेल्दै जाने हो भने हामी काम गर्न सक्दैनौं,
टीआरसी विधेयक आउँदो अधिवेशनबाट पारित गर्ने तयारी
टीआरसी विधेयक आउँदो अधिवेशनबाट पारित गर्ने तयारी
रोनाल्डोको दुई गोलसँगै पोर्चुगल लक्जमबर्गसँग ६-० को जीतमा
रोनाल्डोको दुई गोलसँगै पोर्चुगल लक्जमबर्गसँग ६-० को जीतमा

तपाईंले छुटाउनुभयो कि?