अन्त:त सहमतिबाट पछि हट्याे भारत !

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २९, २०७५
|
|
५७ पटक हेरिएको
Shares
अन्त:त सहमतिबाट पछि हट्याे भारत !

सारांश

  • काठमाडौं,२९ असाेज ।
  • आगामी वर्षदेखि सञ्चालनमा आउने भैरहवा विमानस्थल तथा हाल काठमाडौं विमानस्थलका लागि सहज पर्ने गरी हवाई रुट दिन भारतले अस्वीकार गरेको छ ।
  • नेपाललाई चार वटा हवाई रुट खुल्ला गर्ने सम्बन्धमा यसअघि काठमाडौंमा भएको वार्तामा आनाकानी गरेको भारतले यस पटक नयाँदिल्ली वार्तामा हवाई रुट दिन नसकिने अडान दिएको छ ।

काठमाडौं,२९ असाेज । आगामी वर्षदेखि सञ्चालनमा आउने भैरहवा विमानस्थल तथा हाल काठमाडौं विमानस्थलका लागि सहज पर्ने गरी हवाई रुट दिन भारतले अस्वीकार गरेको छ । नेपाललाई चार वटा हवाई रुट खुल्ला गर्ने सम्बन्धमा यसअघि काठमाडौंमा भएको वार्तामा आनाकानी गरेको भारतले यस पटक नयाँदिल्ली वार्तामा हवाई रुट दिन नसकिने अडान दिएको छ ।

नेपाललाई चारवटा हवाई रुट थप्ने सम्बन्धमा गृहकार्य गर्ने सहमति जनाएको भारतले यस पटक आफ्नो पूर्व सहमतिबाट पछि हटेको छ । प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँदिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि रित्तै स्वदेश फर्केका छन् । सूत्रका अनुसार भारतीय प्राविधिकले डिफेन्स (सैन्य) कारण देखाउँदै रुट दिन नसकिने अडान राखेर फर्काएको छ ।

गत बैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको  नेपालको भ्रमणको क्रममा दुई देशका प्रधानमन्त्रीले वैशाख २९ गतेमा जारी संयुक्त वक्तव्यमा हवाई रुट थप्ने विषय उल्लेख थियो । सहमति विपरित भारतीय पक्ष पछि हटेपछि हवाई रुट थप्ने विषय अन्योलमा परेको छ ।

(https://mva.la)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी–पहिरोले पाँच प्रमुख सडकखण्डमा यातायात अवरुद्ध
बाढी–पहिरोले पाँच प्रमुख सडकखण्डमा यातायात अवरुद्ध
‘पिर’ गीतबारे प्रकाश सपूतको प्रस्टीकरण- ‘मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ? समीक्षा गरिरहेको छु’
‘पिर’ गीतबारे प्रकाश सपूतको प्रस्टीकरण- ‘मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ? समीक्षा गरिरहेको छु’
एक अर्ब ६२ करोड राजश्व मदिरा उद्याेगबाट मात्र !
एक अर्ब ६२ करोड राजश्व मदिरा उद्याेगबाट मात्र !
गाईजात्राकाे पहिलाे दिन भक्तपुरमा भव्यताका साथ मनाइँदै !
गाईजात्राकाे पहिलाे दिन भक्तपुरमा भव्यताका साथ मनाइँदै !
जुम्लामा १९ करोड राजश्व सङ्कलन
जुम्लामा १९ करोड राजश्व सङ्कलन
कालिका एफएममा प्रचण्डको समाचार प्रसारणमा रोक !
कालिका एफएममा प्रचण्डको समाचार प्रसारणमा रोक !
‘सामुदायिक वनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ ’
‘सामुदायिक वनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ ’
शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउन लिङ्देलकाे माग
शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउन लिङ्देलकाे माग
ओली-प्रचण्ड बीच कुरा मिलाउने प्रयास फेरि विफल, एक-अर्कामाथि कारबाहीसम्मको तयारी
ओली-प्रचण्ड बीच कुरा मिलाउने प्रयास फेरि विफल, एक-अर्कामाथि कारबाहीसम्मको तयारी
विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्छ: प्रम ओली
विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्छ: प्रम ओली

तपाईंले छुटाउनुभयो कि?