सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुन्छ : मन्त्री शर्मा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ११, २०८०
|
|
५९ पटक हेरिएको
Shares
सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुन्छ : मन्त्री शर्मा

सारांश

  • काठमाडौँ ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुने बताएका छन् ।
  • सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले आज यहाँ आयोजना गरेको गोष्ठीमा उनले सार्वजनिक सरोकारका विषयमा जति बढी जानकारी प्राप्त हुन्छ त्यती बढी जनता सशक्त हुने बताए ।

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुने बताएका छन् ।
सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले आज यहाँ आयोजना गरेको गोष्ठीमा उनले सार्वजनिक सरोकारका विषयमा जति बढी जानकारी प्राप्त हुन्छ त्यती बढी जनता सशक्त हुने बताए ।

मन्त्री शर्माले भने, “सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुन्छ । यसले सार्वजनिक सरोकारका सबै विषयमा जनताको पहुच पु-याउन सहयोग गर्छ ।” सूचनाको हक जनतालाई सशक्त र लोकतन्त्रलाई बलियो बनाउने माध्यम भएकाले यसको प्रयोगलाई जनस्तरसम्म पु-याउनु आजको आवश्यकता रहेकामा उनको जोड थियो ।

सूचनाको हकलाई संविधानमा मौलिक हककारुपमा व्यवस्था गरिएको र यसको कार्यान्वयनका लागि सूचनाको हकसम्बन्धी ऐन रहेको जानकारी गराउँदै मन्त्री शर्माले ऐनको मुख्य उद्देश्य जनतालाई बलियो बनाउनु हो भने ।

“अनलाइन स्पेसको वृद्धिसँगै एकातिर सूचना सङ्कलन, भण्डारण र प्रवाहमा सहजता आएको छ भने अर्कातिर सूचना प्रविधिको प्रणालीमाथिको अनाधिकृत पहुच दुरुपयोगको समस्याका कारण सूचनाको सुरक्षामा चुनौती थपिएको छ”, मन्त्री शर्माले भने । यसका लागि सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरेको उनले उल्लेख गरेका छन् ।

सो अवसरमा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आयोग सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि यसलाई पूर्णरुपमा अनलाइनमा लैजान प्रयासरत रहेको बताउँदै आयोगले सूचना मागकर्ता र सार्वजनिक निकायका लागि सहयोगी पुस्तिका बनाएको उल्लेख गरेका छन् । उक्त पुस्तिकालाई आगामी दिनमा स्थानीय भाषामा पनि प्रकाशन गर्ने योजना रहेको उनले सुनाए ।

प्रमुख सूचना आयुक्त गुरुङले सूचनाको हकलाई पूर्ण समावेशी बनाउन लागेको बताउँदै यसले कार्यान्वयनमा प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले ‘अनलाइन स्पेस र सूचनाको हक अवसर र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी मन्त्रालयका सहसचिव अनिलकुमार दत्त, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा र आयोगका आयुक्त रत्नप्रसाद मैनलीले टिप्पणी गरेका थिए । कार्यक्रममा मन्त्री शर्माले आयोगले सूचना मागकर्ता र सार्वजनिक निकायका लागि सहयोगी पुस्तिका विमोचन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुँगे महादेवको मूर्ति जाने पुल पुनःनिर्माण हुँदै
जुँगे महादेवको मूर्ति जाने पुल पुनःनिर्माण हुँदै
नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ – मुख्य प्रशिक्षक केसी
नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ – मुख्य प्रशिक्षक केसी
Minister Baskota sees need of controlling over-exploitation of natural resources
Minister Baskota sees need of controlling over-exploitation of natural resources
राजधानी नबनाउने संकेत पाएपछि दाङवासीहरु कडा आन्दोलनमा
राजधानी नबनाउने संकेत पाएपछि दाङवासीहरु कडा आन्दोलनमा
दाङको दूरदर्शी योजनाको खाका कोर्न केन्द्रदेखि गाउँसम्मका जनप्रतिनिधिहरु एकै थलोमा
दाङको दूरदर्शी योजनाको खाका कोर्न केन्द्रदेखि गाउँसम्मका जनप्रतिनिधिहरु एकै थलोमा
महिला तथा सामाजिक मामिला समिति सदस्यमा कंसाकार
महिला तथा सामाजिक मामिला समिति सदस्यमा कंसाकार
घाइते भएका बालक बचाउन बुबाले गरेआग्रह, कसैले गरेनन सहयोग !
घाइते भएका बालक बचाउन बुबाले गरेआग्रह, कसैले गरेनन सहयोग !
पेट्रोलियम पदार्थको आयात घट्यो
पेट्रोलियम पदार्थको आयात घट्यो
परीक्षाको तनाव नदिइ हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ : महामन्त्री थापा
परीक्षाको तनाव नदिइ हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ : महामन्त्री थापा
गोरखाली सैनिकमाथि हुँदै आएको विभेदविरुद्ध लडिरहने चेतावनी
गोरखाली सैनिकमाथि हुँदै आएको विभेदविरुद्ध लडिरहने चेतावनी

तपाईंले छुटाउनुभयो कि?