जापानले नेपाललाई एक अर्ब ८५ कराेड दिने !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
५५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ८ कात्तिक ।
  • जापान सरकारले भूकम्पबाट भत्केकोे सिन्धुली सडक मर्मतसम्भार गर्न रु एक अर्ब ८५ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
  • अनुदान सहयोगसम्बन्धी सम्झौता तथा समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरे ।

काठमाडौँ, ८ कात्तिक । जापान सरकारले भूकम्पबाट भत्केकोे सिन्धुली सडक मर्मतसम्भार गर्न रु एक अर्ब ८५ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौता तथा समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरे ।

पूर्वी तराईलाई राजधानी काठमाडौँसँग जोड्ने एकसय ६० किलोमिटर लामो सिन्धुली सडक जापानी अनुदानमा निर्माण भएको हो । बीस वर्षमा पूरा भएको उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको एक महिनापछिको भूकम्पले प्रभावित भएको थियो । आगामी एक वर्षमा मर्मतसम्भारको काम पूरा गर्ने लक्ष्यका साथ आगामी माघदेखि कार्यसञ्चालन हुने अर्थ मन्त्रालयले बताएको छ ।

कार्यक्रममा राजदूत साइगोले नेपालको कृषि उत्पादनलाई बजारसम्म पु¥याउने, बालबालिकालाई विद्यालय तथा पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण सिन्धुली सडक पुनर्निर्माणमा जापानले पुनः सघाएको बताउनुभयो । सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासमा जापानबाट निरन्तर सहायता प्राप्त भएकामा हार्दिक आभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारीमा चोरी गर्ने पक्राउ
सहकारीमा चोरी गर्ने पक्राउ
माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट चयन
माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट चयन
अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता गर्ने तयारी
अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता गर्ने तयारी
प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्न : बाँस्कोटामाथि छानबिन किन ढिलाई ? हामीभित्र को-को पर्छ ? (भिडियोसहित)
प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्न : बाँस्कोटामाथि छानबिन किन ढिलाई ? हामीभित्र को-को पर्छ ? (भिडियोसहित)
मैनालीसँगै नख्खु जेल ब्रेक गर्ने पूर्व सभासद घिमिरे काठमाडौंबाट बेपत्ता
मैनालीसँगै नख्खु जेल ब्रेक गर्ने पूर्व सभासद घिमिरे काठमाडौंबाट बेपत्ता
इलाम-२ मा माधव-झलनाथका उम्मेद्वार जितबहादुरको हरिबिजोग, जम्मा ४०८ मत पाए
इलाम-२ मा माधव-झलनाथका उम्मेद्वार जितबहादुरको हरिबिजोग, जम्मा ४०८ मत पाए
सरकारी कर्मचारीसहित नौजना जुवाडे पक्राउ
सरकारी कर्मचारीसहित नौजना जुवाडे पक्राउ
सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउँछौः शाह
सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउँछौः शाह
Border Trade between China and Nepal was restricted by political and security issues
दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा २५ जना घाइते

तपाईंले छुटाउनुभयो कि?