सरकारी कर्मचारीसहित नौजना जुवाडे पक्राउ

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २९, २०७४
|
|
३५ पटक हेरिएको
Shares
सरकारी कर्मचारीसहित नौजना जुवाडे पक्राउ

सारांश

  • डडेल्धुरा ।
  • डडेल्धुरा जिल्ला सदरमुकामस्थित एक होटेलबाट प्रहरीले नौजना जुवाडे पक्राउ गरेको छ ।
  • शनिबार अमरगढी नगरपालिका–५ कीर्तिपुर नजिकै रहेको मित्र होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभएको छ ।

डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकामस्थित एक होटेलबाट प्रहरीले नौजना जुवाडे पक्राउ गरेको छ ।

शनिबार अमरगढी नगरपालिका–५ कीर्तिपुर नजिकै रहेको मित्र होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभएको छ ।

जुवा खेलिरहेको अवस्थामा जिप्रका डडेल्धुराको विशेष टोलीले उनीहरुको साथबाट रु चार हजार ७० समेत फेला पारेको हो । पक्राउ पर्नेमध्ये अधिकांश व्यक्ति जिल्लाका सरकारी कार्यालयका कर्मचारी रहेको नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो । जुवाडेलाई प्रहरीले नियन्त्रणमा राखी थप अनुसन्धान थालेको छ ।

चाडपर्व नजिकिएसँगै डडेल्धुराको बागबजारमा खुलेआम जुवातास खेल्ने र खेलाउनेको संख्या बढेको पाइन्छ । पछिल्लो समयमा प्रहरीले जुवातास नियन्त्रणमा सक्रियता बढाएको छ ।

जिप्रका डडेल्धुराले जिल्लाका विभिन्न स्थानमा दैनिक भइरहेको लाखौँको जुवातास नियन्त्रणमा आफ्नो सक्रियता बढाएको हो । जिल्लाका विभिन्न स्थानमा दैनिक सादा पोशाकका प्रहरी खटाइएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो ।

जिल्लाका ग्रामीण भेगमा रहेका प्रहरी चौकीलाई पनि जुवातास नियन्त्रणमा आफ्नो सक्रियता बढाउन निर्देशन दिइएको जिप्रका डडेल्धुराले जनाएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपराध महाशाखाको ‘हिट लिस्टमा’ यि गुण्डा नाइकेहरु , पुर्व एआइजीका पार्टनर पनि सुचीमा
अपराध महाशाखाको ‘हिट लिस्टमा’ यि गुण्डा नाइकेहरु , पुर्व एआइजीका पार्टनर पनि सुचीमा
पहिराेले अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन
पहिराेले अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन
शिकारीले हानेको गोली लागेर घाइते किशोरीको मृत्यु
शिकारीले हानेको गोली लागेर घाइते किशोरीको मृत्यु
प्राधिकरणमा थप दुईसहित चार भवन खाली गराइयो, चीनबाट फर्कनेलाई नगरकोटमा पनि राखिने
प्राधिकरणमा थप दुईसहित चार भवन खाली गराइयो, चीनबाट फर्कनेलाई नगरकोटमा पनि राखिने
पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी पक्राउ
गीत लेखेर बाँच्न सकिन्छ तर साेंच व्यावसाहिक हुनुपर्छ ः गीतकार थापा मगर
गीत लेखेर बाँच्न सकिन्छ तर साेंच व्यावसाहिक हुनुपर्छ ः गीतकार थापा मगर
पहिले नेताहरु नारायणहिटी जान्थे, अहिले दिल्ली पानी पँधेरो : चित्रबहादुर केसी
पहिले नेताहरु नारायणहिटी जान्थे, अहिले दिल्ली पानी पँधेरो : चित्रबहादुर केसी
ओलीसँग खटपट, नेपालसँग नजिक प्रचण्ड
ओलीसँग खटपट, नेपालसँग नजिक प्रचण्ड
भीम रावलसँग कड्किए ओली- ‘आत्मालोचना कुनै पनि हालतमा गर्दिनँ’
भीम रावलसँग कड्किए ओली- ‘आत्मालोचना कुनै पनि हालतमा गर्दिनँ’
प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा प्रवचन दिने
प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा प्रवचन दिने

तपाईंले छुटाउनुभयो कि?