मस्र्याङ्दीबाट विद्युत् उत्पादन घट्यो

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष १४, २०७५
|
|
३५ पटक हेरिएको
Shares
मस्र्याङ्दीबाट विद्युत् उत्पादन घट्यो

सारांश

  • काठमाडौँ,१४ पुस ।
  • उनानसत्तरी मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ ।
  • सुख्खायाम लागेका कारण तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको उक्त आयोजनाको विद्युत् उत्पादन घटेको हो ।

काठमाडौँ,१४ पुस । उनानसत्तरी मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । सुख्खायाम लागेका कारण तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको उक्त आयोजनाको विद्युत् उत्पादन घटेको हो ।

आयोजनाका प्रमुख बद्रीप्रसाद फुँयालले आयोजनाबाट हाल ४० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुख्खायाम लागेसँगै नदीमा पानीको बहाव कम भएकाले विद्युत् उत्पादन घटेको छ ।”

आयोजना प्रमुख फुँयालका अनुसार कात्तिक महीनाको दोस्रो साताबाट विद्युत् उत्पादन कम हुनथालेको हो । आयोजनामा २३÷२३ मेगावाट क्षमताको तीन टर्वाइन रहे पनि ४० मेगावाट मात्रै विद्युत् उत्पादन भएको छ ।

‘रन टु रिभर’ भएका कारणले नदीमा पानीको बहाव कम हुने बित्तिकै विद्युत् उत्पादन क्षमतामा कमी आउने तर जलाशययुक्त आयोजनामा भने जुनसुकै समयमा पनि समस्या नहुने उहाँको भनाइ थियो ।

आयोजनाबाट विद्युत् उत्पादन यथावत हुन वैशाख महीनाको अन्तिमसम्म लाग्ने जनाइएको छ । फागुन चैतमा वायुमण्डलको तापक्रम बढेर हिमाल पग्लिएपछि पानीको बहाव बढेर विद्युत् उत्पादनमा वृद्धि आउने आयोजना प्रमुख फुँयालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वैशाखको अन्तिमदेखि जेठको पहिलो साताबाट मात्रै कूल क्षमता बमोजिमको विद्युत् उत्पादन हुनेछ ।” उक्त आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँस्थित स्युचाटार र चितवनको भरतपुर शवस्टेशनबाट केन्द्रीय प्रसारणमा जोडिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी
बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी
कांग्रेस बिरुद्ध कुनै पनि कार्य गरेमा साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिने
कांग्रेस बिरुद्ध कुनै पनि कार्य गरेमा साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिने
यु १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित
यु १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित
सिरहामा मतदाता शिक्षा शुरु
सिरहामा मतदाता शिक्षा शुरु
पार्टी विभाजन रोक्ने हदैसम्म लचिलो बन्ने नेकपा निर्णय
पार्टी विभाजन रोक्ने हदैसम्म लचिलो बन्ने नेकपा निर्णय
जनकपुर–जयनगर रेल्वे माघ अन्तिमदेखि सञ्चालनमा आउँदै
जनकपुर–जयनगर रेल्वे माघ अन्तिमदेखि सञ्चालनमा आउँदै
एक दशकमा पनि निर्माण सम्पन्न भएन बालाजु–त्रिशूली सडक
एक दशकमा पनि निर्माण सम्पन्न भएन बालाजु–त्रिशूली सडक
मधेसका जनतालाई मतदानबाट वञ्चित नगर : नेता पोखरेल
मधेसका जनतालाई मतदानबाट वञ्चित नगर : नेता पोखरेल
प्रहरी महानिरीक्षक कार्की थाइल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनबाट स्वदेश फर्किए
प्रहरी महानिरीक्षक कार्की थाइल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनबाट स्वदेश फर्किए
Скачать Leon на Андроид Бесплатно Приложение Букмекерской Конторы Леон

तपाईंले छुटाउनुभयो कि?