सगरमाथामा कीर्तिमानको ओइरो, केके भयो अहिलेसम्म ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ९, २०७६
|
|
५३ पटक हेरिएको
Shares
सगरमाथामा कीर्तिमानको ओइरो, केके भयो अहिलेसम्म ?

सारांश

  • वैशाख ९, काठमाण्डौ ।
  • विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण सहज छैन ।
  • तर यो हिमाल आरोहणमा धेरै कीर्तिमान कायम भएका छन् ।

वैशाख ९, काठमाण्डौ । विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण सहज छैन । तर यो हिमाल आरोहणमा धेरै कीर्तिमान कायम भएका छन् । आरोहण गर्ने र रेकर्ड कायम गर्ने क्रम बढीरहेको छ । कोही अक्सिजन बिना त कोही छिटो आरोहण लगायत विविध तरिकाले आरोहण गरेर विश्व किर्तिमान कायम भईरहेका छन ।बर्षेनी करीब ५०० जना आरोहीले सगरमाथा आरोहण गर्ने क्रममा विभिन्न किर्तिमानहरु कायम भएका छन । पछील्लो उदारहणलाई लिने हो भने सगरमाथा आरोही कामी रिता शेर्पाले सर्वा्धिक २४औं पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व रेकर्ड राखेका छन् ।४९ वर्षे शेर्पाले आफ्नै रेकर्ड उछिन्दै मंगलबार बिहान आरोहण गरेका हुन् । यससँगै शेर्पाले पछिल्लो एक सातामै दुई पटक सगरमाथा आरोहण समेत गरे । यो पनि अर्को रेकर्ड हो । सन १९५३ मे २५ तारिखमा नेपाली तेन्जिङ नोर्गे र न्युजिल्याण्डका एडमण्ड हिलारिले पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए ।

त्यसपश्चात अहिले सम्म करीब ६००० भन्दा धेरै पर्वतारोहीले सगरमाथाको आरोहण गरेका छन । सगरमाथाको आरोहण गर्न सुरु भएको ६६ बर्ष बित्दा अहिले सम्म धेरै नै रेकर्डहरु कायम भएका छन । पर्यटन विभागका अनुसार कोही मनोरन्जनका लागि कोही साहसिक यात्रााको लागि त कोही रेकर्ड राख्न कै लागि सगरमाथा आरोहण गर्ने गर्छन् ।पहिले पहिले अपाङ्ग तथा फरक क्षमता भएका ब्यक्तिलाई आरोहण गर्न नदिएपनी पछीलो समय सर्वोच्च अदालतले सबैको लागि खुल गरिदिनु भन्ने आदेश दिएपछी स्वास्थ्य स्थिती ठीक भएको अवस्थामा सगरमाथाको चढ्नको लागि अनुमती दिईएको हो ।

सगरमाथा आरोहणमा सबैभन्दा बुढो उमेर, सबैभन्दा सानो उमेर र सबैभन्दा धेरै पटक, सबैभन्दा छोटो समयमा, विना अक्सिजन समेत सगरमाथा आरोहण गरेका उदारण भइसकेका छन् । सबैभन्दा छिटो अक्सिजनसहित आरोहण गर्ने नेपालका पेम्बादोर्जे शेर्पाले ८ घण्टा १० मिनेटमा सगरमाथाको आरोहन गरेका थिए ।त्यस्तै अक्सिजनबिना नै सबैभन्दा छिटो आरोहण गर्ने नेपाल कै काजी शेर्पाले २० घण्टा २४ मिनेटमा सगरमाथाको आरोहण गरेका थिए । सबैभन्दा कम उमेरमा अमेरिकाका जोडान रोमारियोले १३ वर्ष १० महिना १० दिनमा सगरमाथा चढेर रेकर्ड राखेका थिए भने सबैभन्दा बढी उमेरमा जापानका युचिरो मिउराले ८० वर्ष २२४ दिनको हुँदा सफल आरोहण गरेर रेकर्ड राखेका थिए । त्यस्तै सबै भन्दा कम उमेर सगरमाथा आरोहण गर्ने महिलामा नेपालकी मिङ किपाले रेकर्ड राखेकी छिन् । उनी १५ बर्षकी हुँदा सगरमाथाको सफल आरोहण गरेकी थीईन ।

सगरमाथामा सवैभन्दा धेरै समय बस्ने रेकर्ड नेपालका बाबुछिरी शेर्पाले कायम गरेका छन । उनी सगरमाथाको चुचुरोमा छ घण्टा बसेका थिए ।आरोहण सुरु भएदेखि हाल सम्म करीब ३०० आरोहीले ज्यान गुमाई सकेका छन् । हैलेको तथ्यान्कलाई आधार मान्ने हो भने वार्षिक करिब १५ जना आरोहिले ज्यान गुमाउने गरेका छन । नेपालमा हिम शिखर आरोहण गर्ने दुई सिजनमध्ये अप्रिल, मे र जुनलाई मुख्य सिजन मानिन्छ । आरोहणका लागि युरोपियन, अमेरिकनलगायत एसियन मुलुकबाट समेत आउने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साहुको रिसले छोरा मारेर प्रहरीसँगै आफैले बालक खोजेजस्तो गर्दै सघाएपछि…
साहुको रिसले छोरा मारेर प्रहरीसँगै आफैले बालक खोजेजस्तो गर्दै सघाएपछि…
माया पिरतीका यादहरु झल्किने गीत  “यी आँखाले” सार्वजनिक
माया पिरतीका यादहरु झल्किने गीत “यी आँखाले” सार्वजनिक
जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र
जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र
रुकुमको जिल्ला सदरमुकाम विवादः युद्धकालकै झल्को दिने प्रदर्शन
रुकुमको जिल्ला सदरमुकाम विवादः युद्धकालकै झल्को दिने प्रदर्शन
संसद पुनःस्थापना नभई चुनाव भए के होला
संसद पुनःस्थापना नभई चुनाव भए के होला
भक्तपुरमा महेश बस्नेतको घरदैलो (फोटो फिचर)
भक्तपुरमा महेश बस्नेतको घरदैलो (फोटो फिचर)
वार्ता समिति गठन भएपछि कर्मचारीहरुको आन्दोलन स्थगित
वार्ता समिति गठन भएपछि कर्मचारीहरुको आन्दोलन स्थगित
मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
राष्ट्रपति पौडेलद्वारा मिटरब्याज सम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति पौडेलद्वारा मिटरब्याज सम्बन्धी विधेयक प्रमाणीकरण
सिरहाका होटल सञ्चालक पक्राउ
सिरहाका होटल सञ्चालक पक्राउ

तपाईंले छुटाउनुभयो कि?