पोखरा प्रिमियर लिग: धनगढी एक्सपर्ट्सकाे सनसनिपुण जित

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १६, २०७५
|
|
५५ पटक हेरिएको
Shares
पोखरा प्रिमियर लिग:  धनगढी एक्सपर्ट्सकाे सनसनिपुण जित

सारांश

  • काठमाडौं, १६ कात्तिक ।
  • पोखरा पल्टनविरुद्ध सनसनीपूर्ण जित हात पार्दै धनगढी एक्सपर्ट्स पोखरा प्रिमियर लिग (पीपीएल) को अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ ।
  • धनगढीको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अविस्मरणीय पारी खेले ।

काठमाडौं, १६ कात्तिक । पोखरा पल्टनविरुद्ध सनसनीपूर्ण जित हात पार्दै धनगढी एक्सपर्ट्स पोखरा प्रिमियर लिग (पीपीएल) को अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ । धनगढीको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अविस्मरणीय पारी खेले । लगभग हारको संघारमा पुगेको धनगढीलाई ब्यूँताउने क्रममा ऐरीले २६ बलमा ४९ रन बनाए जसमा ४ छक्का र ४ चौका समावेश थिए । अन्तिम ओभरमा धनगढीलाई १४ रन आवश्यक थियो । स्ट्राइकमा थिए दीपेन्द्र । महबुब आलमले फ्याकेको पहिलो बल वाइड भयो ।

दोस्रो बलमा दीपेन्द्रको मिस हिट छक्कामा परिणत भयो । अन्तिम दुई बलमा चार रन चाहिँदा दीपेन्द्रले कभरतर्फ चौका प्रहार गर्दै टिमलाई दुई विकेटको जित दिलाए । आजको म्याच धनगढीका लागि गर वा मरको थियो । हारेको भए उपाधि होडबाट लगभग बाहिरने अवस्थामा रहेको धनगढीका लागि यो जित निकै महत्वपूर्ण छ । यद्यपि, प्लेअफमा उसको स्थान अझै सुरक्षित भइसकेको छैन । यसका लागि अन्य टिमहरुको नतिजा कुर्नुपर्ने छ । धनगढीका लागि पिटर टे्रगोले पनि विष्फोटक ब्याटिङ गर्दै अर्धशतकीय इनिङ खेलेका थिए । उनले ३४ बलको सामाना गर्दै ५ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै, ओपनर शुभेन्दु पाण्डेले २२ रन बनाए ।

बलिङतर्फ पोखराका राशिद खानले ४ विकेट लिए । उनले ४ ओभरमा २४ रन खर्चेका थिए । त्यस्तै, विक्रम भुसाल र ललितनारायण राजवंशीले समान २-२ विकेट लिए । पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा पल्टनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएपछि धनगढीले मध्यम स्कोरको चुनौती पाएको थियो । पोखराको लागि रोहित कुमार पौडेलले इनिङ्स उकास्न खोजेका थिए । उनले २१ बलमा ३१ रन बनाए । पोखराका लागि रविइन्दर सिंहले २८, आशिफ शेखले २३, राशिद खानले अविजित १५ र कप्तान शरद भेषवाकरले १४ रन बनाए ।

४ रन हुदा पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको पोखराले ४८ रन हुदा दोस्रो विकेटको रुपमा रविइन्दरलाई गुमाएको थियो । तेस्रो विकेटको रुपमा ४८ रन हुदा नै मेहबुब आलम शुन्य रनमा आउट भएपछि पोखरा दबाबमा आएको थियो ।एक्स्पर्ट धनगढीका लागि कमलसिंह ऐरीले ४ विकेट लिए ।

जितसँगै धनगढीले आफ्नो ५ खेल खेल्दै शीर्ष स्थानमा उक्लिएको छ भने प्ले अफमा पुग्ने सम्भावनालाई पनि बलियो बनाएको छ । यता, पोखराको पनि शीर्ष तीनमा पुग्ने सम्भावना कायमै रहेको छ । लिगको शीर्ष स्थानमा पुग्ने टिम फाइनलमा प्रवेश गर्ने छ भने दोस्रो र तेस्रोले प्ले अफ खेल्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माइकल आँधी: फ्लोरिडा वरपर सतर्कता
तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने
तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने
पूर्वराजपरिवारका तीन गाडी प्रदर्शनमा राखियो
पूर्वराजपरिवारका तीन गाडी प्रदर्शनमा राखियो
प्रविधिको दुरुपयोग गरी प्रश्नपत्र बाहिर ल्याउने समूह साइबर ब्युरोको नियन्त्रणमा, शिक्षा मन्त्रीद्वारा  अनुसन्धानको निर्देशन
प्रविधिको दुरुपयोग गरी प्रश्नपत्र बाहिर ल्याउने समूह साइबर ब्युरोको नियन्त्रणमा, शिक्षा मन्त्रीद्वारा अनुसन्धानको निर्देशन
पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडक दुईतर्फी खुल्यो
पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडक दुईतर्फी खुल्यो
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदै, सुरक्षा प्राविधिक जाँचपछि पूर्ण सञ्चालनमा आउने
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदै, सुरक्षा प्राविधिक जाँचपछि पूर्ण सञ्चालनमा आउने
ओली सरकारको एक वर्ष ‘कुरामा नम्बर वान, काममा जिरो’ : डा. महत
ओली सरकारको एक वर्ष ‘कुरामा नम्बर वान, काममा जिरो’ : डा. महत
लमजुङका कोरोना संक्रमित काठमाडौँको यो स्थानमा रहेको खुलासा
How an M&A Data Bedroom Can Make Mergers and Purchases Safer
डा. केसी विरुद्धको मुद्दा मिश्र र चासिलेको बेञ्चमा
डा. केसी विरुद्धको मुद्दा मिश्र र चासिलेको बेञ्चमा

तपाईंले छुटाउनुभयो कि?