अटो दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २२, २०७६
|
|
५८ पटक हेरिएको
Shares
अटो दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

सारांश

  • राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ ।
  • एक गम्भीर घाइते भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका पिपलटारी स्थायी ठेगाना भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका–९ का ४२ वर्षीय विश्वमणी भण्डारी र राप्ती नगरपालिका–९ की २५ वर्षीया मीना खड्का रहेका छन् ।

राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ । एक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका पिपलटारी स्थायी ठेगाना भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका–९ का ४२ वर्षीय विश्वमणी भण्डारी र राप्ती नगरपालिका–९ की २५ वर्षीया मीना खड्का रहेका छन् ।

उनीहरुको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । यस्तै मृत्यु हुनेमा राप्ती नगरपालिका–९ की ३२ वर्षीया माया तामाङ र खैरहनी नगरपालिका–३ की ३९ वर्षीया मनमाया नेपाली रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

घाइते हुनेमा अटोचालक खैरहनी नगरपालिका–३ का २६ वर्षीय मणिराम गिरी रहनुभएको छ । घाइते गिरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको अवस्था गम्भीर रहेको छ । शनिबार साँझ राप्ती नगरपालिका–४ चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ६४०९ नंको अटो राप्ती नगरपालिका–५ डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई पल्टिएको थियो । उनीहरु सामूहिक वनभोजका लागि गएको र फर्कने क्रममा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिया कप छनाेटः नेपालकाे खराब सुरुवात, अाेमानसँग ७ विकेटले पराजित !
एसिया कप छनाेटः नेपालकाे खराब सुरुवात, अाेमानसँग ७ विकेटले पराजित !
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल
प्रधानमन्त्री ओली : देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागे
प्रधानमन्त्री ओली : देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागे
पशुपतिमा आज महादीपदान, भोलि शतबीज छरिने
पशुपतिमा आज महादीपदान, भोलि शतबीज छरिने
गन्ध वा स्वाद थाहा नपाउनु कोरोना भाइरसको मुख्य लक्षण हो ?
गन्ध वा स्वाद थाहा नपाउनु कोरोना भाइरसको मुख्य लक्षण हो ?
एमालेका पूर्वकेन्द्रीय सदस्य चन्द्र माओवादी प्रवेश
एमालेका पूर्वकेन्द्रीय सदस्य चन्द्र माओवादी प्रवेश
सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह
सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह
घुस मागेका डिएसपी राई विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
घुस मागेका डिएसपी राई विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
मन्त्री ज्वालाद्वारा कार्यसम्पादन परिणाममुखी बनाउन निर्देशन
मन्त्री ज्वालाद्वारा कार्यसम्पादन परिणाममुखी बनाउन निर्देशन
थारु नाच संरक्षणमा युवा
थारु नाच संरक्षणमा युवा

तपाईंले छुटाउनुभयो कि?