लोक सेवा आयोगको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २७, २०७६
|
|
३८ पटक हेरिएको
Shares
लोक सेवा आयोगको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन

सारांश

  • काठमाडौं।
  • विवादस्पद बनेको लोकसेवा आयोगको कर्मचारी भर्ना आह्वान सम्बन्धी विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था समितिले निर्देशन दिएको छ।
  • लोक सेवा आयोगले स्थानीय तहकालागि १ हजार भन्दा बढी कर्मचारी भर्नाकालागि विज्ञापन आह्वान गरेको थियो।

काठमाडौं। विवादस्पद बनेको लोकसेवा आयोगको कर्मचारी भर्ना आह्वान सम्बन्धी विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था समितिले निर्देशन दिएको छ। लोक सेवा आयोगले स्थानीय तहकालागि १ हजार भन्दा बढी कर्मचारी भर्नाकालागि विज्ञापन आह्वान गरेको थियो। सोमबार समितिले संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितसँग छलफल गरेपछि लोक सेवा आयोगको विज्ञापन संविधानको भावना र मर्म विपरित रहेको भन्दै रद्द गर्न निर्देशन दिएको हो। समितिले संविधानको धारा २९३ अनुसार आयोगकलाई विज्ञापन रद्द गर्न निर्देशन दिने निर्णय गरेको हो।

उक्त धारामा संसदीय समितिले संवैधानिक आयोगहरुलाई निर्देशन दिन सक्ने व्यवस्था गरिएको छ।
समितिले प्रदेश र स्थानीय तहको संगठन र व्यवस्थापन सर्वेक्षण गरी वास्तविक दरबन्दीको संख्या यकिन गरपछि मात्र समानुपातिक समावेशीको सिद्धान्तका आधारमा विज्ञापन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो।

लोक सेवा आयोगले कर्मचारी भर्ना सम्बन्धी विज्ञापन आह्वान गरेपछि संसदमा त्यसको चर्को विरोध भएको थियो। प्रतिपक्षसँगै सत्तारुढ दलका सांसदलेसमेत आयोगको विज्ञापन प्रति आपत्ति जनाएका थिए।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विश्व हात धुने दिवस
आज विश्व हात धुने दिवस
जीवनभर एउटा कोट लगाउने ‘सर्वहारा’ चन्द्रदेवमाथि अख्तियारको आरोप हाँस्यास्पद(डा. सुरेन्द्र केसी)
जीवनभर एउटा कोट लगाउने ‘सर्वहारा’ चन्द्रदेवमाथि अख्तियारको आरोप हाँस्यास्पद(डा. सुरेन्द्र केसी)
उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइन
उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइन
घोराही सिमेण्टको सगरमाथा ब्राण्ड गुणस्तरहीन, बिक्रीवितरण रोक्न पत्राचार
घोराही सिमेण्टको सगरमाथा ब्राण्ड गुणस्तरहीन, बिक्रीवितरण रोक्न पत्राचार
बागमती प्रदेशसभा : प्रदेशसभाको बैठकबाट विधेयक पारित हुन कठिनाइ
बागमती प्रदेशसभा : प्रदेशसभाको बैठकबाट विधेयक पारित हुन कठिनाइ
इस्तानबुल विमानस्थलमा आन्दोलनपछि १६० श्रमिक रिहा
इस्तानबुल विमानस्थलमा आन्दोलनपछि १६० श्रमिक रिहा
प्रधानमन्त्री ओलीको शल्यक्रिया सुरु
प्रधानमन्त्री ओलीको शल्यक्रिया सुरु
पर्यटन प्रवद्र्धनको लागि मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर युनिभर्स हुने
पर्यटन प्रवद्र्धनको लागि मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर युनिभर्स हुने
कतारमा ६ सय बढी नेपाली अलपत्र
कतारमा ६ सय बढी नेपाली अलपत्र
माघीकै दिन सेती खोँचमा बिलायो सुरक्षित मानिएको एटिआर
माघीकै दिन सेती खोँचमा बिलायो सुरक्षित मानिएको एटिआर