नेपाल अाइडलमा पराल उपहार पाए यी चार जनाले !

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २२, २०७५
|
|
५१ पटक हेरिएको
Shares
नेपाल अाइडलमा पराल उपहार पाए यी चार जनाले !

सारांश

  • काठमाण्डौ, २२ मंसिर ।
  • नेपाल आइडलमा  अब जम्मा चार जना प्रतिस्पर्धी बाँकी छन् ।
  • तर बिहिबार पाँच जनाले गित गाउँदाको क्षण अविष्मरणीय बन्यो ।

काठमाण्डौ, २२ मंसिर । नेपाल आइडलमा  अब जम्मा चार जना प्रतिस्पर्धी बाँकी छन् । तर बिहिबार पाँच जनाले गित गाउँदाको क्षण अविष्मरणीय बन्यो । विशेष गरी भर्सलटायर सिङ्गर भनेर चिनिएका विक्रम बरालको प्रस्तुति विशेष रह्यो । बरालले गित गाएर मात्रै  नेपाल आइडल विशेष रहेन । उनको गायकीलाई तीन जना जज र एक जना अतिथी गायकले खुलेर प्रशंसा गरे । अतिथीको रुपमा संगितकार अर्जुन पोखरेल उपस्थित थिए ।

बराललाई चार जनाले झण्डै १५ मिनेट प्रशंसा गरेको देखाइएको थियो । अनौठो त के रह्यो भने बराललाई जज न्यू बज्राचार्यले एक मुठा पराल उपहार दिए । बज्राचार्यले विक्रमसँगै अर्का जज कालिप्रसाद बास्कोटा, अमित बराल र एक गिटारिष्टलाई एकसाथ स्टेजमा बोलाएर संयुक्त रुपमा एक मुठा पराल उपहार दिएका हुन् । चारै जनाको कपालमा खैरो रंग मिसाइएकाले बज्राचार्यले संकेतस्वरुप पराल उपहार दिएका हुन् । जसलाई एकछिनको रमाइलोको रुपमा लिइएको थियो ।

आजको एपिसोडमा सुमित पाठकको आमा बोलको गितको प्रस्तुतिले सबैलाई रुवाएको थियो । गित गाइसकेपछि पाठकले आफ्नी आमा उपचारका क्रममा निधन भएको जानकारी गराएपछि कसैको आँखा पनि ओभानो रहन सकेन । पाठकले सबैलाई आमाको माया गर्न आग्रह पनि गरे । बिहिबारककाे अपिसोडमा अघिल्लोपटक बाहिरिएका पवन गिरी पनि उपस्थित थिए । उनलाई अष्ट्रेलियाबाट प्रशंसकले रकम र अमेरिकाबाट मायाको चिनोसहित गित रेकर्ड गर्ने प्रतिवद्धता व्यक्त गरेको सुनाइएको थियो । आइडलमा विक्रम, अमित, सुमितका साथमा अस्मिता अधिकारी र रवी ओड टप फाइभमा थिए । तर हिजाे शुक्रबार काे एपिसाेड बाट अमित बराल बाहिरि सकेका छन  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिब्बतको तिव्र इच्छा, नेपालमा चाँडै रेल गुडोस्
तिब्बतको तिव्र इच्छा, नेपालमा चाँडै रेल गुडोस्
चुनावको मतगणना हुनेबेला प्रधानमन्त्री मोदी गेरु वस्त्रमा गुफा पसे
चुनावको मतगणना हुनेबेला प्रधानमन्त्री मोदी गेरु वस्त्रमा गुफा पसे
वातावरण नजोगाए डाइनोसरको अवस्थामा पुग्ने खतरा : मन्त्री बाँस्कोटा
वातावरण नजोगाए डाइनोसरको अवस्थामा पुग्ने खतरा : मन्त्री बाँस्कोटा
डिजिटल नेपाल बनाउने महाभियानमा छौँ : प्रधानमन्त्री
डिजिटल नेपाल बनाउने महाभियानमा छौँ : प्रधानमन्त्री
निर्मला प्रकरण : एसपी डिल्लीराज विष्टको हुनसक्छ जेलको बास, कसरी ?
निर्मला प्रकरण : एसपी डिल्लीराज विष्टको हुनसक्छ जेलको बास, कसरी ?
यूएस-बंगला विमान दुर्घटना बिमा : १० करोडसम्म पाउने
यूएस-बंगला विमान दुर्घटना बिमा : १० करोडसम्म पाउने
प्रधानन्यायाधीश पराजुली ‘पदमुक्त’ भएपछि सर्वोच्चमा कामु जोशी, इजलास बहिष्कार गरेका न्यायाधीश फर्के
प्रधानन्यायाधीश पराजुली ‘पदमुक्त’ भएपछि सर्वोच्चमा कामु जोशी, इजलास बहिष्कार गरेका न्यायाधीश फर्के
राजनीतिमा बिपीको चरित्र अवलम्बन गर्नुपर्नेमा जोड
राजनीतिमा बिपीको चरित्र अवलम्बन गर्नुपर्नेमा जोड
बलात्कार,ह्त्या,हिंसा घटनाकाे बिराेधमा उदयपुरका महिलाहरुले बुजाए प्र.जी.अ.लाई ज्ञापनपत्र
बलात्कार,ह्त्या,हिंसा घटनाकाे बिराेधमा उदयपुरका महिलाहरुले बुजाए प्र.जी.अ.लाई ज्ञापनपत्र
चुनावी सुरक्षामा बाँके प्रहरीको आँखाः ३ अवैध हतियारसहित ५ समातिए
चुनावी सुरक्षामा बाँके प्रहरीको आँखाः ३ अवैध हतियारसहित ५ समातिए

तपाईंले छुटाउनुभयो कि?