नेकपा केन्द्रीय सचिवालय बैठकका यी हुन् तीन एजेण्डा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर ६, २०७५
|
|
५८ पटक हेरिएको
Shares
नेकपा केन्द्रीय सचिवालय बैठकका यी हुन् तीन एजेण्डा

सारांश

  • काठमाडाै, ६ मंसिर ।
  •   लामो समयपछि नेकपा केन्द्रीय सचिवालयको बैठक आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ।
  • तत्काल बैठक नबसे बैठकको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गर्ने स्थायी समितिका सदस्यहरुको चेतावनीपछि आज बैठक बस्न लागेको हो।

काठमाडाै, ६ मंसिर ।  लामो समयपछि नेकपा केन्द्रीय सचिवालयको बैठक आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। तत्काल बैठक नबसे बैठकको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गर्ने स्थायी समितिका सदस्यहरुको चेतावनीपछि आज बैठक बस्न लागेको हो। आजको बैठकका मुख्य दुई एजेण्डाहरुमा ‘सांगठनिक एकताको कामलाई चाँडो भन्दा चाँडो टुङ्ग्याउने र सरकारको समीक्षा गर्ने’ भन्ने छन्। यद्यपी बिहीबार पार्टीका केही युवा नेताहरुले बुझाएको ज्ञापनपत्रपनि आजको बैठकको एजेण्डामा थपिनेछन्।

केन्द्रीय सदस्य डा बिजय पौडेलको नेतृत्वमा १८ जना युवा केन्द्रीय सदस्यहरुले ८ बुँदे ज्ञापन पत्र महासचिव बिष्णु पौडेलमार्फत् बुझाएका थिए। उनीहरुले बुझाएको ज्ञापन पत्रमा पोलिटव्यूरो तत्काल गठन गरिनुपर्ने र नियमित रुपमा बैठक बोलाइनु पर्ने, पार्टी सचिवालायलाई सर्वैसर्वा बनाउन नहुने’ माग गरिएको छ। यसैगरी, ‘छिटो छरितो प्रक्रियाबाट पार्टी एकिकरणका काम टुङ्ग्याउनु पर्ने, सरकार र संसदीय दल सञ्चालनबारे, सुशासन कायम गर्नेबारे’ भन्ने माग पनि उनीहरुको छ।

‘सादा जीवनशैली र आचरणबारे’ र ‘बैचारिक दिशाबोधबारे’ भन्ने विषयलाई पनि उनीहरुले आफ्नो मागपत्रमा समावेश गरेका छन्। पौडेलको अगुवाईमा मागपत्र राख्ने केन्द्रीय सदस्यहरुमा, जगन्नाथ खतिवडा, शत्रुघन महतो, ममत गिरी, जयन्ती राई, गरिमा शाह, निरज आचार्य, भाष्कर काफ्ले छन्। यसैगरी केन्द्रीय सदस्यहरु रामकुमारी झाँक्री, प्रेमलकुमार खनाल, माधव अर्याल, विजय गुरुङ, तुलबहादुर गुरुङ, यदुबंश झा, रचना खड्का, बिरोध खतिवडा र रबिन कोइराला छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव कायमै, यस्तो रहनेछ आजको मौसम
देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव कायमै, यस्तो रहनेछ आजको मौसम
धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको निशानामा सनातन धर्म : अध्यक्ष थापा
धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको निशानामा सनातन धर्म : अध्यक्ष थापा
दैलेखमा प्रहरी र जुवाडेबिच झडप, ४ राउण्ड हवाई फायर
दैलेखमा प्रहरी र जुवाडेबिच झडप, ४ राउण्ड हवाई फायर
नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना: अध्यक्ष दाहाल
नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना: अध्यक्ष दाहाल
मंसिर २८ गते आइतवारको राशिफल यस्तो छ
मंसिर २८ गते आइतवारको राशिफल यस्तो छ
अपडेट: काठमाडौ क्षेत्र नं.१ मा प्रकाशमानसिंह अगाडि, मिश्रले पछ्याउँदै
अपडेट: काठमाडौ क्षेत्र नं.१ मा प्रकाशमानसिंह अगाडि, मिश्रले पछ्याउँदै
मुलुकको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण
मुलुकको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण
अमेरिका भ्रमण सफल भएको छ – परराष्ट्रमन्त्री ज्ञवाली
अमेरिका भ्रमण सफल भएको छ – परराष्ट्रमन्त्री ज्ञवाली
भारतमा एटिएम ह्याक, नेपालमा भारु साट्नेको भीड
भारतमा एटिएम ह्याक, नेपालमा भारु साट्नेको भीड
उपप्रधानमन्त्री श्रेष्ठद्वारा जीपलाइन उद्घाटन
उपप्रधानमन्त्री श्रेष्ठद्वारा जीपलाइन उद्घाटन

तपाईंले छुटाउनुभयो कि?