त्रिचालीस हजारलाई स्मार्ट लाइसेन्स

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १०, २०७५
|
|
५४ पटक हेरिएको
Shares
त्रिचालीस हजारलाई स्मार्ट लाइसेन्स

सारांश

  • कैलाली, १० मङ्सिर , आर्थिक वर्ष २०७४÷७५ को साउन महीनादेखि वितरण शुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झण्डै ४३ हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ ।
  • सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख विसनसिङ थापाले चालु आव २०७५÷७६ को कात्तिक मसान्तसम्म स्मार्ट लाइसेन्सका लागि करीब ६७ हजार जनाले आवेदन दिएका थिए ।
  • सोही अवधिसम्म ४२ हजार आठ सय ७६ थान लाइसेन्स वितरण गरिएको छ ।

कैलाली, १० मङ्सिर , आर्थिक वर्ष २०७४÷७५ को साउन महीनादेखि वितरण शुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झण्डै ४३ हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ ।

सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख विसनसिङ थापाले चालु आव २०७५÷७६ को कात्तिक मसान्तसम्म स्मार्ट लाइसेन्सका लागि करीब ६७ हजार जनाले आवेदन दिएका थिए । सोही अवधिसम्म ४२ हजार आठ सय ७६ थान लाइसेन्स वितरण गरिएको छ । उहाँले शुरुआतमा लाइसेन्स नवीकरण गर्नेलाई मात्र स्मार्ट लाइसेन्स वितरण गरिँदै आए पनि हाल भने नयाँ लाइसेन्सका लागि आवेदन दिने, प्रतिलिपी बनाउने, थप सवारी चालक अनुमति पत्र बनाउने लगायतलाई स्मार्ट लाइसेन्स वितरण गरिँदै आएको बताउनुभयो ।

त्यसैगरी सेती अञ्चल यातायात कार्यालयले चालु आवमा हालसम्म झण्डै रु १२ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयले सवारीसाधन कर, चालक अनुमति पत्र दस्तुर, सवारी दर्ता किताब सम्बन्धी दस्तुर, यातायात क्षेत्रको आम्दानी, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने कर लगायतका राजश्व शीर्षकबाट रु १२ करोड ३८ लाख ७५ हजार राजश्व सङ्कलन गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै
सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै
पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप कमल थापाले बोहरामाथि थोपर्दै
पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप कमल थापाले बोहरामाथि थोपर्दै
एक दिवसीय क्रिकेटः नेपालको सानदार जित
एक दिवसीय क्रिकेटः नेपालको सानदार जित
प्रदेश २ को मुख्यमन्त्री फेर्ने हल्ला के हो ?
प्रदेश २ को मुख्यमन्त्री फेर्ने हल्ला के हो ?
भेडीखर्के साइँलाको शालिक अनावरण
भेडीखर्के साइँलाको शालिक अनावरण
अमेरिकी राष्ट्रपति ट्रम्प र इरानी राष्ट्रपति हसन रौहानीबीच भेटवार्ता हुने !
जसपाको प्रतिबद्धता पत्र सार्वजनिक, १० प्रदेश प्रस्ताव (पूर्णपाठ)
जसपाको प्रतिबद्धता पत्र सार्वजनिक, १० प्रदेश प्रस्ताव (पूर्णपाठ)
यो सरकार असफल भए हामी पनि सकिन्छौँः प्रम ओली
यो सरकार असफल भए हामी पनि सकिन्छौँः प्रम ओली
नेपाली सीमा अतिक्रमणप्रति तरुण दलको ध्यानाकर्षण
नेपाली सीमा अतिक्रमणप्रति तरुण दलको ध्यानाकर्षण
लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा
लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा

तपाईंले छुटाउनुभयो कि?