सामाजिक सुरक्षा योजनामा १९६ रोजगार दाता सूचिकृत

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
६१ पटक हेरिएको
Shares
सामाजिक सुरक्षा योजनामा १९६ रोजगार दाता सूचिकृत

सारांश

  • काठमाडौं, २१ मंसिर।
  • योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सुभारम्भ भएसँगै रोजगार दाताले योजनामा सूचिकृत प्रकृया सुरु गरिसकेका छन्।
  •   मंसीर ११ गतेबाट शुभारम्भ भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा मंसीर २० गतेसम्म १९६ वटा रोजगार दाता सूचिकृत भइसकेका छन्।

काठमाडौं, २१ मंसिर। योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सुभारम्भ भएसँगै रोजगार दाताले योजनामा सूचिकृत प्रकृया सुरु गरिसकेका छन्।  मंसीर ११ गतेबाट शुभारम्भ भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा मंसीर २० गतेसम्म १९६ वटा रोजगार दाता सूचिकृत भइसकेका छन्। योजनाको छोटो अवधिमा नै रोजगार दाता कम्पनीको सहभागिता निकै उत्साहजनक भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव नारायण रेग्मीले जनाए।

‘रोजगार दाता सामाजिक सुरक्षा योजनामा सहभागि हुन अनलाइन पद्धति अपनाइएकोले अझ सहज र तीव्र हुन्छ भन्ने विश्वास लिएका छौँ,’ उनले भने। सामाजिक सुरक्षा योजना योगदानमा आधारित सामाजिक सुरक्षा भएकोले यसमा जुनसुकै उद्योग, कम्पनी वा संघसस्था र विभिन्न स्वरोजगार कार्यमा आबद्ध व्यक्तिसमेत सामेल हुन सक्नेछन्।  सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रममा बोल्दै सामाजिक सुरक्षा कोषका निर्देशक शंकर नेपालले सामाजिक सुरक्षा कोषमा साना तथा ठूला सबै प्रतिष्ठान सहभागी हुन सक्ने बताए।  निर्देशक नेपालले सामाजिक सुरक्षा योजना उपत्यकामा मात्र नभएर देशका सम्पूण स्थानीय तहबाट समेत रोजगार दाताहरु सूचिकरण गराउने बताए।
सामाजिक सुरक्षा योजनामा रोजगार दाता सूचिकरण भएको ३ महिना भित्रमा उक्त रोजगार दातासँग आबद्ध सबै श्रमिकसमेत सूचिकरण गरिसक्नुपर्ने प्रावधान छ।

कोषमा आबद्ध भएसँगै निजी क्षेत्रमा आबद्ध श्रमिकलेसमेत निवृतिभरण पाउने व्यबस्था सुरु हुन्छ। सामाजिक सुरक्षा योजनामा सूचिकृत भएका संस्था वा कम्पनीमा कार्यरत श्रमिकको ज्याला, सेवा सुविधा समेत सरकारले तोके बमोजिम नै हुने व्यबस्था छ।  श्रमिकले सरकारले तोकेको न्यूनतम पारिश्रमिकको ११ प्रतिशत रकम बराबर योगदान गर्नुपर्ने हुन्छ। जसमा रोजगार दाताले श्रमिकको पारिश्रमिकको २० प्रतिशत बराबर रकम थपेर मासिक रुपमा कोषमा जम्मा गर्नुपर्ने हुन्छ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना भएकोले योगदान नगर्नेले यो सुविधा पाउँदैनन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विधानमा सहमति जुटाउँदै कांग्रेस
विधानमा सहमति जुटाउँदै कांग्रेस
प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट २९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट २९ जनाले लिए उम्मेदवारी फिर्ता
हारलाई जितमा बदलेका मनोज अधिकारी: दुर्घटनापछि फेरि उभिएको प्रेरणादायी कथा
हारलाई जितमा बदलेका मनोज अधिकारी: दुर्घटनापछि फेरि उभिएको प्रेरणादायी कथा
यसरी उल्टियो मन्त्रिपरिषद् निर्णय : सार्वजनिक पदधारण गरेको व्यक्तिले सम्पत्ति गोप्य राख्न नपाउने
यसरी उल्टियो मन्त्रिपरिषद् निर्णय : सार्वजनिक पदधारण गरेको व्यक्तिले सम्पत्ति गोप्य राख्न नपाउने
क्यानडाबाट एनआरएनए महिला संयोजकमा गायिका देविका केसीको उम्मेदवारी
क्यानडाबाट एनआरएनए महिला संयोजकमा गायिका देविका केसीको उम्मेदवारी
आगलागी हुँदा धनमाल क्षति
आगलागी हुँदा धनमाल क्षति
श्रीलंका संकट : शान्ति कायम गर्न सेना प्रमुखले खोजे जनताको समर्थन
श्रीलंका संकट : शान्ति कायम गर्न सेना प्रमुखले खोजे जनताको समर्थन
बोक्सीको आरोपमा कुटपिट
बोक्सीको आरोपमा कुटपिट
रंगेली अस्पतालमा प्रसूति शल्यक्रिया तयारी पूरा
रंगेली अस्पतालमा प्रसूति शल्यक्रिया तयारी पूरा
प्रधानमन्त्री ओलीले सोधे गृहमन्त्री थापालाई स्पष्टिकरण
प्रधानमन्त्री ओलीले सोधे गृहमन्त्री थापालाई स्पष्टिकरण

तपाईंले छुटाउनुभयो कि?